कलैया : प्रहरीलाई घुस दिन प्रहरी कार्यालयमा पुगेका एक जनालाई बारा प्रहरीले पक्राँउ गरेका छन् । पक्राँउ पर्नेमा पर्सा जिल्ला वीरगंज महानगरपालिका वडा नम्बर २२ का ३५ बर्षिय उपेन्द्र यादव रहेको प्रहरी प्रवक्ता रंजित सिह राठोरले जानकारी दिए ।
ईलका प्रहरी कार्यालय जीतपुरमा गई प्रहरीलाई यादवले कुखुरा भारतवाट ल्याई नेपालको विभिन्न ठाँउमा बेच्ने गरेको छु । सहज रुपमा कुखुरा ल्याउने काम मिलाई दिनका लागि पाकेटवाट रु १० हजार रुपैया निकालेर दिदा निजलाई पक्राँउ गर्नुपरेको सई सागर राणाले बताए ।
यादवले पैसा सबैलाई चाहिन्छ त्यही भएर तपाई हामी मिल्नु पर्दछ भनेर प्रहरीलाई नै प्रलोलनमा पार्न खाजेको राणाको आरोप रहेको छ । तपाईहरु पैसा नखाए पनि म कुखुराको चल्ला भारतवाट ल्याई नेपालमा बेच्ने काम जारी राख्छु भनेर प्रहरीलाई नै धम्काउने काम यादवले गरेको थियो प्रहरी प्रवतmा राठौरले बताए । पक्राँउ परेको यादवलाई नियन्त्रणमा राखी थप अनुसंनधान जारी रहेको प्रहरीले जनाएको छ ।