• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    उमेर नपुग्दै विवाह : परिपक्वतासंँगै सम्बन्धविच्छेद

  • वीरगंज संजाल
  • Aug 30, 2019, 4:56 am
  • ३७०९

    गाउँकै राजबहादुर थापासँग १३ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिइन्, रोल्पा सुनील स्मृति गाउँपालिका–६, गजुलकी निर्मला थापा । अहिले उनको उमेर २० वर्ष पुग्यो । चार वर्षीया एक छोरीसहितको असल परिवार थियो थापा, दम्पतीको । थापा दम्पतीमा विस्तारै वेमेल बढ्दै गयो । राजबहादुरले श्रीमतीलाई अनावश्यक आशंका गर्ने, कुटपिट गर्ने र खान लाउन नदिने गर्न थाले । सँगै बसेर बाँकी जीवन जीउन नसक्ने निष्कर्षमा पुगेपछि थापा दम्पती एक्ला एक्लै बस्न थाले । निर्मला सदरमुकाम लिवाङ आई ज्याला मजदूरी गरेर पेट पाल्नुपर्ने बाध्यतामा पुगिन् ।

    रोल्पा नगरपालिका–९, ह्वामाकी मिना डाँगीले १६ वर्षमा विवाह गरिन् । विवाह गरेको एक वर्षमा जेठो र अर्को एक वर्षपछि कान्छो छोरा जन्मिए । दुई छोरा जन्माउँदा उनको उमेर १८ वर्षमात्रै भएको थियो । अहिले उनको उमेर २० वर्ष भयो । यतिबेला उनीसँग न छोरा छन् न त श्रीमान् नै । श्रीमानले दिनहुँ कुटपिट गर्ने र खान लाउनसमेत नदिएपछि सम्बन्ध टाढिँदै गयो । परिवारिक अवस्था राम्रो नहुँदा दुई छोरालाई राम्रोसँग रेखदेख पुग्न सकेन । फलतः तीन वर्ष पूरा भएका जेठो छोरा गौरवको मृत्यु भयो ।

    उनी अहिले सदरमुकाम लिवाङमा एकल जीवन बिताउँदै मजदूरी गरेर जीविका चलाइरहेकी छन् ।

    जिल्लामा सम्बन्धविच्छेदका प्रतिनिधि घटना हुन् यी । जिल्ला अदालतमा गत वर्ष दर्ता भएका मुद्दामध्ये ५३ प्रतिशत बढी मुद्दा सम्बन्धविच्छेदका थिए । गत आर्थिक वर्ष अदालतमा ३९९ मुद्दा दर्ता भएका थिए । त्यसरी दर्ता भएका मुद्दामध्ये झण्डै आधाभन्दा बढीअर्थात् २१७ मुद्दा सम्बन्धविच्छेदका थिए । सम्बन्धविच्छेदका यस्ता घटना सकेसम्म गाउँघरमै मिलाउने भएकाले यसको यकिन सङ्ख्या योभन्दा अझ धेरै हुनसक्ने अनुमान गरिएको छ ।

    जिल्लामा १६ वर्षीय किशोरकिशोरीदेखि ७१ वर्षीय वृद्धवृद्धाले समेत सम्बन्धविच्छेद गरिरहेका छन् । बितेका तीन वर्षको तथ्याङ्क हेर्दा पनि जिल्लामा सम्बन्धविच्छेदको मात्रा दिनानुदिन वृद्धि हुँदै गएको देखिन्छ । अदालतमा आर्थिक वर्ष २०७२÷०७३ मा १२४ मुद्दा मात्रै सम्बन्धविच्छेदका दर्ता भएका थिए । आव २०७४÷०७५ यो सङ्ख्या बढेर दोब्बर पुगेको थियो । उक्त आव २२७ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । अघिल्लो आवमा २१७ जनाले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराएको अदालतको अभिलेखमा उल्लेख छ ।

    यसरी दर्ता भएका मुद्दामध्ये सबैजसो श्रीमान्ले मादक पदार्थ सेवन गरी कुटपिट गरेको, खान लाउन नदिने, माइती जाँदासमेत खोज खबर नगरेकाजस्ता आरोपसहितका मुद्दा पर्ने गरेको अदालतका श्रेष्तेदार कीर्तिबहादुर बस्नेतले जानकारी दिए । सम्बन्धविच्छेदका मुद्दामध्ये अधिकांश मुद्दा श्रीमान् विदेश रहेका महिलाले दिने गरेका बताइएको छ । लामो समयसम्म श्रीमान् घर नआउँदा श्रीमतीले अर्कैसँग सम्बन्ध राख्दा यस्तो समस्या देखिने गरेको बताइन्छ ।

    देखा सिकी गर्ने प्रवृत्ति, सामाजिक सञ्जालको दुरुपयोगजस्ता कारणले पनि सम्बन्धविच्छेदको घटना बढेको हुनसक्छ रोल्पा जिल्ला अदालतका मेलमिलापकर्ता तीर्था आचार्यले बताइन् । उमेर नपुग्दै आदर्श जीवनको परिकल्पनासँगै अपरिपक्व निर्णयले बालविवाह गर्ने उमेर छिपिएसँगैको परिपक्वताले सम्बन्धविच्छेद गर्ने गरेको उनको भनाइ छ ।

    वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताका कारण लामो समयसम्म श्रीमान् श्रीमतीको भेटघाट नहुनु, चेनताको अभाव, अशिक्षा र गरीबीले जिल्लामा सम्बन्धविच्छेदलाई मलजल गरिरहेको आचार्यले बताइन् । न्यायालय वा कानून व्यवसायीसमक्ष आफ्ना कुरा अभिव्यक्त गर्न नसक्ने भएकाले उनीहरु सहयोगीका साथ उजुरी गर्न आउने गरेका बताइन्छ ।

    सम्बन्धविच्छेदमा अग्रसर हुँदै पुरुष

    महिलाले मात्रै सम्बन्धविच्छेद गर्ने विगतको परम्परालाई तोड्दै पुरुषसमेत सम्बन्धविच्छेदमा लालायित हुने गरेका देखिएको छ । पछिल्लो पटक तर्जुमा गरिएको मुलुकी संहिताले पुरुषले समेत सम्बन्धविच्छेदको उजुरी दिन पाउने कानूनी व्यवस्था गरेसँगै जिल्लामा सङ्ख्या पनि बढ्दै जान थालेको छ । अघिल्लो आवको भदौ १ गतेदेखि असार मसान्तसम्म जिल्लामा २६ पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दायर गरेको अदालतले जनाएको छ ।
    सम्बन्धविच्छेदका लागि मुद्दा बोकेर अदालत जाने पुरुषले श्रीमतीले घरको चल सम्पती हिनामिना गरेको, परपुरुषसँग सम्बन्ध राखेकोजस्ता आरोप लगाउने गरेका छन् । यसरी सम्बन्धविच्छेद गर्ने पुरुषमध्ये अधिकांश समय घर बाहिर हुने देखिने गरेको बताइन्छ ।

    आत्मनिर्भरताको खोजीमा

    सम्बन्धविच्छेद पछि महिलाको दैनिकी अत्यन्तै चुनौतीपूर्ण हुने गरेको छ । सम्बन्धविच्छेद पछि सामाजिक दृष्टिकोणमा पनि बदलाव देखिने गर्दछ । घर बिग्रेको छोरी भन्दै माइतमा पनि फरक व्यवहार हुने गरेको पीडित महिलाको अनुभव छ ।

    महिला हिंसा लुकाउन हुँदैन भन्ने जागरण तथा महिला सशक्तीकरणका कारण जिल्लामा सम्बन्धविच्छेद बढ्दै गएको बताइएको छ । श्रीमानले सामान्य हिंसा गर्दा सहदै आएका महिला श्रीमान्को अत्याचार बढेपछि भने अदालतबाट सम्बन्धविच्छेद गर्न बाध्य हुने गरेको मेलमिलापकर्ता आचार्यले बताइन् । मादकपदार्थ सेवन गर्ने, परस्त्रीसँग सम्बन्ध भएका तथा घरमा पालनपोषण नगरेका कारण सम्बन्ध बिग्रिएकाले सम्बन्धविच्छेद गर्ने गरेको आचार्यले बताइन् ।

    यस्ता पीडित महिलालाई सामाजिक र आर्थिक सशक्तीकरणका कार्यक्रम सञ्चालन गरी राज्यले सहयोग गर्नुपर्ने मानव अधिकारका लागि एकल महिला समूहका अध्यक्ष तुलसा आचार्यले बताइन् । सानै उमेरमा विवाह गर्ने अनि उमेर छिपिँदै गएपछि पारिवारिक समस्या देखाएर सम्बन्धविच्छेद गर्नेको मात्रामा कमी आउन नसकेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग
  • अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी
  • बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय
  • बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    News

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    News

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    News

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    News

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑