देशभर आंशिकदेखि सामान्य बदली, मेघ गर्जन र चट्टयाङ्गसहित वर्षा हुने सम्भावना
वीरगंज संजाल
१३ भाद्र २०७६, शुक्रबार ०१:५५
५७५५
काठमाडौं : मनसुनी न्यून चापीय रेखा औसत स्थान भन्दा केहि दक्षिणतर्फ रहेको कारण हाल देशका धेरै जसो भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबार बिहान दैनिक बुलेटिन जारी गर्दै महाशाखाले देशभरी आंशिकदेखि सामान्य बदली रही पूर्व र मध्य केही स्थानहरुमा तथा पश्चिमका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ ।
आगामी तीन दिनको मौसम भदौ १३ गते (शुक्रबार) दिउँसो : देशभरी आंशिकदेखि सामान्य बदली रही पूर्व र मध्य केही स्थानहरुमा तथा पश्चिमका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।
राति : देशभरी आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।
भदौ १४ गते (शनिबार) दिउँसो : देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।
राति : देशभरी आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । साथै मध्य र पश्चिमका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
भदौ १५ गते (आइबार) दिउँसो : देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।
राति : देशभरी सामान्य बदली रही पूर्व र मध्य थोरै स्थानहरुमा तथा पश्चिमका केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।
यसैगरी देशभरी आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित वर्षा हुने सम्भावना रहेकोले मेघगर्जन र चट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।