• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगञ्ज नगर प्रमुख सरावगीविरुद्ध राजपाको प्रदर्शन

  • वीरगंज संजाल
  • Aug 28, 2019, 4:40 pm
  • ४२४३

    वीरगञ्ज नगर प्रमुख सरावगीविरुद्ध राजपाको प्रदर्शन

    वीरगञ्ज : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले वीरगञ्जका नगर प्रमुख विजय कुमार सरावगीविरुद्ध प्रदर्शन गरेको छ । पाँच वर्षे कार्यकालमा दुई वर्ष वितिसक्दा पनि नगरको विकास र नगरवासीको हितमा काम गर्न नसकेको भन्दै राजपाले नगर प्रमुख सरावगीको विरोधमा प्रदर्शन गरेको हो ।

    विरोध प्रदर्शनमा सहभागि राजपाका नेता कार्यकर्ताहरुले मेयर सरावगीविरुद्ध चर्को नाराबाजी समेत गरेका छन् । उनीहरुले मेयर सरावगीको व्यांङ्गत्मक तरिकाले बनाइएको तस्वीर समेत सार्वजनिक गर्दै विरोध जनाएका थिए ।

    राजपाका युवाहरुले लिँदिन भन्दाभन्दै, लिए मेयरले करोडौँको कार, बिर्से यिनले सबै आफ्ना विचार, आज होइन भोली गर्छु विकास, यही भन्दै गर्दछन् व्यापक भ्रष्टचार त्यसैगरी युवाहरु बेरोजगार, खेलकुदको नाममा हुँदैछ व्यापार, मनोरञ्जन र कलाको महानगरले गर्दैछ तिरस्कार लेखेका विरोधका कविताहरु र प्लेकार्ड मार्फत प्रर्दशन गरेका थिए ।

    लालबंगला परिसरबाट हजारौँको संख्यामा राजपाले निकालेको विरोध जुलुसले नगरका मुख्य भागको परिक्रममा गरी महानगरपालिकामा पुगेर सरावगीलाई ज्ञापन पत्र बुझाएको छ ।

    सो ज्ञापन पत्रमा दुई वर्षको कार्यकालमा वीरगञ्ज महानगरमा भौतिक विकास निर्माणका काम नभएको, कर्मचारी तन्त्रका बेला सुरु भएका विकास निर्माणका योजनाहरु पनि अहिले अलपत्र पारिएको, महानगरको सामुदायिक विद्यालयमा सुधार गर्नुको सट्टा नगर प्रमुख सरावगीले हस्तक्षेप गरी झन धराशायी बनाएको, नगरवासीलाई सेवा सुविधा दिनको सट्टा करको भार मात्रै थोपार्ने काम गरिएको आरोप राजपाले लगाएको छ ।

    जनताले तिरेको करबाट विकास निर्माणको काम गर्नुको सट्टा नगर प्रमुखले आफ्ना लागि करोडौँ मूल्यको दुई वटा सुविधा सम्पन्न गाडी खरिद गरेको, नगर क्षेत्रभित्र विद्यमान छाडा चौपया नियन्त्रण नगरिएको, महागनगरको सरसफाई नगरपालिका आफैले नगरी नीजी कम्पनिलाई ठेक्कामा दिएर त्यस बापत नगरवासीसँग अतिरिक्त कर असुली रहेको, दातृ निकायको ऋण अनुदान र सहयोगमा भइरहेका विकासका काममा भ्रष्टचार र कमीशनको चलखेल भइरहेको आरोप पनि राजपाले लगाएको छ ।

    नगर प्रमुख सरावगीलाई ज्ञापन पत्र बुझाएपछि राजपाले महानगरपालिकाको मुल प्रवेशद्वारमै कोणसभा पनि गरेको थियो । कोणसभालाई सम्बोधन गर्दै राजपाका महासचिव राजेशमान सिंहले अहिले सम्मको दुई वर्षको कार्यकालमा नगर प्रमुख सरावगीले आफ्नो र आफ्ना पार्टीका नेता कार्यकर्ताको गोजी भर्ने बाहेक नगर र नगरवासीको हितमा केही पनि काम गर्न नसकेको आरोप लगाए ।

    नगर प्रमुख सरावगीलाई लक्षित गर्दै सिंहले भने–‘चुनावका बेला तपाइले जनता सामु गरेका वाचा पूरा गर्नुस्, त्यसमा हामी पनि साथ दिन्छौ । तर, यदि जनता सामु गरिएको वाचा पूरा गर्नु भएन भने राजपाका नेता कार्यकर्ताले ‘जस्तो देवता त्यस्तै पुजा’ गर्न पनि जानेका छन् ।’

    कोणसभालाई सम्बोधन गर्दै राजपाका सहमहासचिव निजामुदिन समानीले व्यपारिक क्षेत्रबाट आएका नगर प्रमुख सरावगीले जनप्रतिनिधीको भूमीका निर्वाह गर्न नसकेको बताए । उनले नगर र नगरवासीको हितमा काम गर्नुको सट्टा नगर प्रमुख सरावगी आफ्नो व्यक्तिगत स्वार्थमा मात्र अल्झिएका कारण उनकै दलका नेताहरुले पनि उनको काम र कार्यशैलीबाट सन्तुष्ट नभएर विरोध गर्न थालेको बताए ।

    राजपाकी केन्द्रिय सदस्य रम्भा मिश्राले पनि व्यपारीले जनताको पिरमर्का बुझन नसक्ने भन्दै नगर प्रमुख सरावगी पनि व्यपारि नै भएकाले उनले नगरवासीको हितमा काम गर्न नसकेको आरोप लगाइन् । कोणसभामा पार्टीका जिल्ला अध्यक्ष प्रेम पटेल, मदन यादव, राजपा नेता राजेश साह, युवा नेता ईल्याकत अलि लगायतले नगर प्रमुख सरावगीको काम कारवाहीको आलोचना गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग
  • अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी
  • बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय
  • बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    News

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    News

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    News

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    News

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑