विकास नगरेको भन्दै मेयर सरावगी बिरुद्ध नेविसंघद्धारा विरोध प्रदर्शन,
वीरगंज संजाल
१० भाद्र २०७६, मंगलवार १७:२३
६५६१
सडक मर्मत, सम्भार नभए कडा आन्दोलन गर्ने चेतावनी नेपाल विद्यार्थी संघ पर्साले घण्टाघरदेखि पावरहाउससम्मको सडक यथासिघ्र मर्मत सम्भार विरोध प्रदर्शन गरेको छ । वीरगंजको घण्टाघरदेखि पावरहाउससम्मको सडक खाल्टो खुल्टो र जिर्ण अवस्थामा रहेकोले पटक पटक दुर्घटना भई जनताले सास्ती खेप्न बाध्य भएको भन्दै उक्त सडक मर्मत सम्भार गर्न वीरगंज महानगरपालिकाको बिरुद्धमा विरोध प्रदर्शन गरेका हुन ।
चुनावको बेला मेयर सरावगीले ठुल–ठुल्ला सपना देखाएको तर जनहितको लागी केही काम नगरेको आरोप लगाउदै नेविसंघका विधार्थीहरुले सडक मर्मत स्रम्भारको गर्न जोडदार मांग गरेका छन् । नेपाल विद्यार्थी संघ पर्साका जिल्ला सचिब समीर मन्सुरीको सभापतित्वमा भएको प्रदर्शन वीरगंजको घण्टाघरदेखि पावरहाउस चौकसम्म ¥याली निकालिएको थियो ।
नेबि संघका जिल्ला सभापती बिकास तिवारीले तत्काल सडक मर्मत सम्भार नभए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् । कार्यक्रममा नेविसंघका जिल्ला उपाध्यक्ष बाल्मिली यादब। शेष हजारा साबिर अन्सारी जिल्ला सह सचिब रमेश यादव, सेराज अन्सारी, राजेश पतेल, जिल्ला कोषा–अध्यक्ष नेहा मिश्रा, जिल्ला सदस्य भोला पतेल, अर्जुन गुप्ता पृती गुप्ता, ठाराका इकाइ उपाध्यक्ष समीर हुसेन,सदस्य राहुल गुप्ता लगायतको उपस्थिति थियो ।