काठमाडौं : प्रहरीले कागेश्वरी–मनहरा नगरपालिका–७ बाट आज लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–८ का २७ वर्षीय अनिल बोहोरा र सोही ठाउँका ३२ वर्षीय विनोद बोहरा छन्।
महानगरीय प्रहरी प्रभाग काँडाघारीको टोलीले जाँच गर्ने क्रममा उनीहरुका साथबाट लागुऔषध बरामद गरेको हो। यसैबीच बैंकिङ कसुर मुद्दाका फरार काठमाडौँ तारकेश्वर नगरपालिका–११ का ५५ वर्षीय प्रभातविक्रम थापालाई पक्राउ गरी जेल चलान गरिएको छ।
सो मुद्दामा उच्च अदालत पाटनको २०७५ चैत ४ गतेको फैसलाले उनलाई १५ दिन कैद र रु आठ लाख ५० हजार जरिवाना गरिएको थियो। फरार रहेका थापालाई गल्कोपाखाबाट पक्राउ गरी सोमबार काठमाडौँ जिल्ला अदालत समक्ष पेश गरिएको थियो।
अदालतको आदेशअनुसार थापालाई कैद भुक्तानीका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए।