• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ५ लाख धरौटी बुझाएर छुटे रवि लामिछाने

  • वीरगंज संजाल
  • ९ भाद्र २०७६, सोमबार १६:५६
  • ५१३१

    काठमाडौं । पूर्व सहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन दिएको अभियोगमा पक्राउ परेका  टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पाँच लाख धरौटीमा छुटेका छन् ।

    सोमबार जिल्ला अदालत, चितवनमा थुनछेक बहस सकिएपछि न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले लामिछानेलाई  ५ लाख , सञ्चारकर्मी युवराज कँडेललाई  ३ लाख र नर्स अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो ।

    लामिछाने र कँडेल सोमबार नै अदालतले तोकेको धरौटी रकम बुझाएर रिहा भएका छन् । रिहा भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै लामिछानेले आफूप्रति सहानुभूति जनाउने सबैलाई धन्यवाद दिएका छन् ।

    यो पनि पढ्नुस्

    रवि लामिछाने प्रकरणः चितवनमा धरौटी, बानेश्वरमा अविर यात्रारवि लामिछानेले पुडासैनी मृत्युबारे सार्वजनिक रुपमा बाेल्न नपाउनेरवि लामिछानेको सम्पत्ति खोज्दै प्रहरी

    लामिछानेलाई ५ लाख धरौटी माग्नुको अर्थ

    पुडासैनीको आत्महत्या गर्न दुरुत्साहन दिएको मुद्दा खेपिरहेका टेलिभिजन प्रस्तोता रवि लामिछानले अभियोग स्वीकार गरेका छैनन् । उनी निर्दोष रहेको भन्दै मुद्दा चलेको जिल्ला चितवनमा मात्र होइन, काठमाडौं र देशका विभिन्न स्थानमा प्रदर्शन भयो । कलाकारहरु मदनकृष्ण श्रेेष्ठ, हरिवंश अचार्यदेखि दीपराज गिरीसम्म चितवन पुगेर रविलाई भेटेनन् मात्र, उनी निर्दोष भएको दाबी गरे ।

    उनका वकिल र समर्थकको दाबी थियो, यो घटनामा रविको कुनै सलग्नता छैन, साधारण तारेखमा छोड्नुपर्छ ।

    तर सोमबार साँझ जिल्ला न्यायाधीश रावलको एकल इजलासले आदेश सुनायो, रवि लामिछानेलाई ५ लाख, युवराज कँडेललाई तीन लाख धरौटीमा छाड्नू ।

    साथै रवि ‘जनतासँग सिधा कुरा’को कार्यक्रम प्रस्तोता समेत भएकाले उनले यो मुद्दामा जोडिएका प्रहरी,अभियुक्त, वकिल, मुद्दाका साक्षी लगायतसँग कुराकानी गरेर कार्यक्रम चलाउने, फेसबुक लाइभ वा ट्वीटरमा विचार वा प्रतिक्रिया दिन रोक लगाएको छ । साथै स्वास्थ्य उपचारका लागि विदेश जानु परेमा अदालतको अनुमति लिनुपर्ने शर्त पनि अदालतले राखेको छ ।

    अदालतले फौजदारी कार्यविधि संहिताको दफा ६८ अनुसार धरौटी माग गरिएको बताएको छ ।

    के छ दफा ६८ मा ? यो दफामा अधियुक्तसँग धरौट वा जमानत वा बैंक जमानत लिने व्यवस्था छ, जसमा भनिएको छ, (१) दफा ६७ को अवस्थामा हुने बाहेक कुनै अभियुक्त उपरको अभियोग प्रमाणित हुने मनासिब आधार भएमा अदालतले निजसँग धरौटी, जमानत वा बैंक ग्यारेन्टी लिई तारिखमा राख्न सक्नेछ ।’

    यो पनि पढ्नुहोसपुडासैनी आत्महत्या प्रकरणमा ‘युट्युब ट्रायल’ को अभ्यास

    दफा ६७ ले जन्मकैद वा ३ वर्षभन्दा बढी सजाय हुने कसूरको अभियोग लागेको अभियुक्त तत्काल प्राप्त प्रमाणबाट कसूरदार देखिने भएमा वा कसूरदार हो भन्ने विश्वास गर्ने कुनै मनासिब आधार भएमा पुर्पक्षको लागि थुनामा राखिने व्यवस्था छ ।

    यसले के प्रष्ट हुन्छ भने पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन दिएको अभियोगमा मुद्दामा रवि लामिछानेसहित तीनै जना निर्दोष सावित भएका होइनन् ।

    उनीहरुमाथि लागेको अभियोग प्रमाणित हुने मनासिब आधार तर भोलि अभियोग प्रमाणित हुँदा पनि तीन वर्षभन्दा बढी कैद सजाय नहुने देखिएको मात्र हो ।

    धरौटीमा छुटेपछि पनि उनले बाँकी कानूनी प्रक्रियाको सामना गर्नुपर्छ ।

    निषेधाज्ञाका बीच झडप

    लामिछाने समर्थकले उनी पक्राउ परेदेखि नै प्रदर्शन जारी राखेका थिए । आइतबार उनी छुट्न सक्ने भन्दै पुगेका सयौं समर्थकसँग झडप हुँदै केही घाइते पनि भए । त्यही कारण सोमबार हुनसक्ने सम्भावित चुनौतिलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय, चितवनले निषेधाज्ञा जारी गरेको थियो ।

    बिहान ६ बजेबाट अर्को सूचना जारी नभएसम्म हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले ५ जनाभन्दा बढी एकै ठाउँमा भेला हुन नपाइने पनि निर्देशन जारी गरिएको थियो । निषेधाज्ञा लागू हुने चार किल्ला समेत तोकिएको थियो ।

    जसअनुसार, पूर्वतर्फ बाइपास सडकतर्फ आन्तरिक राजश्व कायर्मलयको चोकदेखि घरेलु कार्यालयको चोकसम्म, पश्चिमतर्फ लोकमार्गको सप्तगण्डकी अस्पताल चोकदेखि चौबिसकोठी चोकसम्म र उत्तरतर्फ बाइपास सडकको अन्तरिक राजश्व कार्यालय चोकदेखि भरतपुर अस्पताल, पुरानो मेडिकल कलेजज जाने चोक, नारायणी मावि, कृषि ज्ञान केन्द्र हुँदै पूर्वपश्चिम लोकमार्गको चौबिसकोठी चोकसम्म निषेधाज्ञा जारी गरिएको थियो ।

    त्यस्तै, दक्षिणतर्फ बाइवपास सडकतर्फ घरेलु कार्यालयको चोकदेखि दूरसञ्चार चोक हुँदै पूर्व पश्चिम लोकमार्गतर्फ सप्तगण्डकी अस्पताल चोकसम्म पनि निषेधित क्षेत्र घोषणा गरिएको थियो ।

    सोमबार लामिछाने समर्थकले निषेधित क्षेत्रमा प्रवेश नगरे पनि बाहिर निकालिएको मोटरसाइकल र्‍यालीका क्रममा सार्वजनिक यातायातमा तोडफोड गरेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले अनलाइनखबरलाई बताए ।

    उनले भने, ‘तोडफोडमा संलग्न केही व्यक्तिलाई नियन्त्रणमा समेत लिएका छौं ।’ लामिछाने समर्थकले केही स्थानमा आगजनी समेत गरेका थिए ।

    के हो पुडासैनी प्रकरण ?

    पत्रकार शालिकराम पुडासैनी, लामिछाने प्रस्तोता रहेको ‘सिधा कुरा जनतासँग’का पूर्वसंवाददाता हुन् । हालै न्यूज २४ छाडेर उनी माउन्टेन टेलिभिजमा गएका उनी २० साउनमा चितवनको एक होटलमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

    आत्महत्या गर्नुपूर्व उनले लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको भन्दै आफ्नो मोबाइलमा रेकर्ड गराएको भिडियो बाहिरिएपछि प्रहरीले ३० साउनमा तीनैजनालाई पक्राउ गरेको हो ।

    यसअघि जिल्ला प्रहरी कार्यालय, चितवनले १० दिनसम्म अनुसन्धान गरेर आइतबार रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । कार्यालयले अनुसन्धान प्रतिवेदनको अध्ययन सोही दिन सकेर जिल्ला अदालत, चितवनमा आत्महत्या दुत्साहनको मुद्दा दर्ता गराएको थियो ।

    मुलुकी अपराध संहिताको दफा १८५ अनुसार लगाइएको आत्महत्या दुरुत्साहनको कसूर प्रमाणित भए ५० हजारसम्म जरिवाना, ५ वर्षसम्म जेल वा दुवै हुन सक्छ ।

    अदालतको आदेश

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ
  • सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर
  • एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न
  • नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

    खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

    एउटै पान नम्बरबाट दुईभन्दा बढी व्यवसाय सञ्चालन नगर्न अनुगमन समितिको निर्देशन

    कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २२ वर्षपछि पक्राउ

    भारतको हसन जिल्लामा ४० दिनभित्र हृदयघातबाट २१ जनाको मृत्यु, छानबिन सुरु

    नेपालका हिमताल विस्फोटन रोक्न ७ अर्बको परियोजना स्वीकृत

    जलवायु संकटले मानिसको जनजीवनमा गम्भीर खतरा : राष्ट्र संघ

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

    खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    News

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    News

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    News

    नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

    News

    खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑