१५ बुँदे घोषणापत्र जारी गर्दै थरुहट थारुवान राष्ट्रिय सम्मेलन सम्पन्न
वीरगंज संजाल
९ भाद्र २०७६, सोमबार १६:४०
५१३५
काठमाडौं : टीकापुरमा थरुहट थारुवान राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। १५ बुँदे घोषणा पत्र जारी गर्दै थरुहट राष्ट्रिय सम्मेलन सोमबार सम्पन्न भएको हो। ७ भदौँदेखि सुरु भएको सम्मेलनले सशक्त आन्दोलन,थरुहट/थारुवानको आगामी कार्यदिशा सहितको १५ बुँदे टीकापुर घोषणापत्र जारी गरेको हो।
सम्मेलनबाट थरुहट थारुवान राष्ट्रिय मोर्चा केन्द्रीय संयोजक समिति समेत गठन गरिएको छ। लक्ष्मण थारुको संयोजकत्वमा १०१ सदस्यीय राष्ट्रिय मोर्चा केन्द्रीय संयोजक समिति गठन गरेको हो। नेपाल आदिवासी जनजाति महासंघ कञ्चनपुरका अध्यक्ष समेत रहेका थरुहट राष्ट्रिय मोर्चा केन्द्रीय सदस्य प्रेमबती रानाले सम्मेलन भव्य रूपमा सम्पन्न भएको बताइन्।
उनका अनुसार बन्र्दशत्रमा विभिन्न जिल्लाबाट आएका सहभागीले आ–आफ्नो धारणा राखेका थिए। केन्द्रीय सदस्य रानाका अनुसार सम्मेलनले पुुनः थरुहट आन्दोलनलाई नयाँ उचाइमा पु¥याउनुको साथै पहिचान पक्षधरलाई एकता बद्ध गरेको छ। बिग्रिएको भनिएको टीकापुरको सामाजिक सद्भाव मजबुत भएको र सद्भाव कायम गर्न राज्यले नै तदारुकता अपनाउन पर्ने सम्मेलनले पुष्टि गरेको घोषणापत्रमा उल्लेख छ।
घोषणापत्रमा तराई मधेशमा जारी आन्दोलनपछि छानबिन गर्न गठित गिरिशचन्द्र लाल सहितको विभिन्न प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई आग्रह गरेको छ। साथै घोषणा पत्रमा थरुहट शहीद परिवार, घाइते, राजबन्दी तथा परिवारको भरण पोषण तथा आश्रित बालबालिकाको शिक्षा दीक्षाको लागि थरुहट मुठीदान अभियान चलाउने उल्लेख गरिएको छ।
सम्मेलनले ३ चरणको आन्दोलनको गर्ने तय गरेको छ। पहिलो चरण अन्तर्गत तराई जिल्लामा प्रचारात्क तथा संगठन विस्तारको कार्यक्रम अगाडि बढाउने भएको छ। दोसो चरणमा मोर्चाले कोणसभा, विरोधसभार्,र्याली, जनप्रदर्शनका कार्यक्रमलाई तराईका जिल्लामा सशक्त रूपमा सञ्चालन गर्ने रणनीति तय गरेको छ।
सोहीबीचमा तराईको जिल्लाको १० ठाउँमा आमसभा गर्ने जनाएको छ। मोर्चाले संविधान जारी भएको असोज ३ गतेलाई कालो दिनको रूपमा मनाउने जनाएको छ। संविधानमा रहेका असहमति र विरोध रहेका धारा र उपधारालाई तराईका जिल्लामा विभिन्न कार्यक्रम गरी जलाएर कालो दिन मनाउने र सो दिन मोर्चाले थरुहट युवा दस्ता समेत प्रदर्शन गर्ने जनाइएको छ।
मोर्चाले आफ्नो तेस्रो चरणको कार्यक्रम अन्तर्गत थारु बहुल क्षेत्रमा लाठी जुुलुुश, मसाल जुुलुुश प्रदर्शन गर्ने, सरकारलाई असहयोग आन्दोलन गर्ने अभियान सञ्चालन गर्ने भएको छ ।