• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बाराको एक उद्योगको तीनवटा कन्टेनर कोलकातामा समातियो, समातिए पछि गलत धन्दाको रहस्य खुल्दै

  • वीरगंज संजाल
  • ८ भाद्र २०७६, आईतवार ०४:४७
  • ५१०१

    वीरगञ्ज । बाराको एउटा छाला उद्योगले झूटो विवरण पेश गरेर वीरगञ्जबाट निकासी गरेको छाला भारतको कोलकाता बन्दरगाहमा समातिएको छ । चिनियाँ लगानीको होङ हुई टेनरिज प्रालिले वीरगञ्जको सुक्खा बन्दरगाह भन्सारमा प्रशोधित छाला (क्रस्ट लेदर) घोषणा गरेर निकासी गरेको तीन कन्टेनर छाला कोलकाता बन्दरगाह भन्सारले नियन्त्रणमा लिएर कारबाही अघि बढाएपछि यस्तो रहस्य खुलेको हो ।

    उद्योगले गत २१ जुनमा सुक्खा बन्दरगाह भन्सारमा पेश गरेको ‘कस्टम ट्रान्जिट डिक्लियरेन्स’ (सीटीडी) मा क्रस्ट लेदर उल्लेख गरेर कोलकाता हुँदै इन्डोनेशिया पठाउन लागेको छाला कोलकाता भन्सारले परीक्षण गराउँदा ‘र स्किन प्रोडक्ट’ (कच्चा छाला) भएको फेला परेको छ । कोलकातास्थित सेन्ट्रल लेदर रिसर्च इन्स्टिच्युटमा तीन ओटै कन्टेनरबाट छालाको नमूना परीक्षण गरिएको थियो । गलत घोषणामा निकासी गर्न लागेको थाहा पाएपछि कोलकाता भन्सारले कारबाही प्रक्रिया अघि बढाएको हो ।

    उद्योगले ९७ हजार ५०० वर्गफीट (५९ हजार ३९० मेट्रिक टन) छाला पठाएको थियो । गलत सीटीडीबाट छाला निकासी गरेपछि सुक्खा बन्दरगाह भन्सार प्रशासन अप्ठ्यारोमा परेको छ । कोलकाता भन्सारले भारतीय महावाणिज्य दूतावास वीरगञ्जमार्फत बन्दरगाह भन्सारलाई पत्राचार गरेको छ । छाला फर्काउने सम्बन्धमा महावाणिज्य दूतावासले पत्र पठाएको सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले जानकारी दिए ।

    भारतीय पक्षले नेपालका सरोकारवाला निकायलाई यसबारेमा लिखित जानकारी गराएको भन्सार स्रोतले बतायो । घोषणाभन्दा फरक गुणस्तरको छाला बरामद भएपछि त्यसलाई नेपाल फर्काउने वा जफत गर्ने प्रक्रियामा पहल थालेको हो । उद्योगले अर्धप्रशोधित (वेट ब्लु) क्रस्ट, तयारी छाला र त्यसको बाइप्रडक्ट उत्पादनको अनुमति लिएको छ ।

    अनधिकृत व्यापार नियन्त्रण सम्बन्धी नेपाल र भारतबीचको सम्झौता अनुसार कोलकाता भन्सारले छाला रोेकेको बताइएको छ । सम्झौताको धारा २ मा कुनै पनि देशको निमयकानून उल्लंघनको रोकथाममा प्रभावकारी सहयोग, परामर्श, सोधपुछ र जानकारी आदानप्रदान गर्ने उल्लेख छ ।

    बन्दरगाह भन्सारका कर्मचारी आफैले जाँचपास गरेर पठाएको छाला फिर्ता गर्ने कि नगर्ने भन्ने द्विविधामा छन् । भारतीय महावाणिज्य दूतावासमार्फत आएको जानकारी भन्सार विभागमा पठाइएको र विभागले नै यसबारेमा निर्णय गर्ने प्रमुख भन्सार अधिकृत श्रेष्ठले बताए । ‘हाम्रो तहबाट भइसकेको निर्णय काट्ने विभागले नै हो । त्यसैले यहाँबाट गइसकेको छाला फिर्ता ल्याउने कि नल्याउने भन्नेबारे विभागबाटै निर्णय हुन्छ,’ श्रेष्ठले भने ।

    तर, भन्सार ऐन २०६४ को दफा ५७ (८) मा निकासीकर्ताले मालवस्तुको विवरण फरक पारी घोषणा गरेमा त्यस्तो मालवस्तु जफत गरी भन्सार अधिकृतले त्यस्तो निकासीकर्तालाई बिगोबमोजिम जरीवाना गर्नसक्ने व्यवस्था छ । उपदफा १० मा महसुल वा राजस्वमा हानिनोक्सानी र्पुयाएमा वा प्रयास गरेमा त्यो रकमको २०० प्रतिशतसम्म जरीवाना वा ६ महीनादेखि १ वर्षसम्म कैद वा दुवै सजाय हुने उल्लेख छ ।

    सरकारले निर्यात प्रवद्र्धनका लागि क्रस्ट छाला निकासीमा मूल्यको ५ प्रतिशत नगद अनुदान दिएको छ । गलत विवरण पेश गरेर उद्योगले यो सुविधा दुरुपयोगको प्रयास गरेको छ । छाला उद्योगले वेट ब्लु निकासीका लागि ३० प्रतिशत क्रस्ट र तयारी छाला निर्यात गर्नु पर्दछ । तर, कच्चा छालालाई क्रस्ट घोषणा गरेर त्यही निकासी परिमाणका आधारमा वेट ब्लु निर्यातको योजना बनाएको भेटिएको छ ।

    उद्योगले वीरगञ्जको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयबाट क्रस्ट छालाको निकासी अनुमति लिएको छ । यही विवरणका आधारमा वीरगञ्ज उद्योग वाणिज्य संघले उत्पत्तिको प्रमाणपत्र दिएको देखिन्छ । निकासीमा पेश भएका कागजातमात्र हेरिने भएकाले उद्योगले झुक्याएको भन्सार अधिकारीहरूको दाबी छ । छाला निकासीको कागजातलाई भारतीय सीमावर्ती रक्सौल भन्सारले पनि प्रमाणित गरेर पठाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भगवती टोल युवा क्लबको पुनर्गठन ,सुमित पटेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत
  • अलौंमा कब्रगाह वाउन्ड्रीवाल निर्माणको मेयर सिंहद्वारा शिलान्यास
  • गहवामाई रथ यात्रा’ आयोजनका लागि गठित धार्मिक समन्वय समिति विस्तार
  • नारायणी अस्पतालमा विधुत सेवा अवरुद्ध प्रकरण : गुप्ता निलम्बित,थप कारबाहीका लागि सिडिओमा पत्रचार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भगवती टोल युवा क्लबको पुनर्गठन ,सुमित पटेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत

    अलौंमा कब्रगाह वाउन्ड्रीवाल निर्माणको मेयर सिंहद्वारा शिलान्यास

    गहवामाई रथ यात्रा’ आयोजनका लागि गठित धार्मिक समन्वय समिति विस्तार

    नारायणी अस्पतालमा विधुत सेवा अवरुद्ध प्रकरण : गुप्ता निलम्बित,थप कारबाहीका लागि सिडिओमा पत्रचार

    पन्चगाँवा गोल्ड कप फुटबलको उपाधि वीरगन्ज युथ एकेडेमीले जित्यो

    शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै वीरगन्जका मेयर सिंह जनकपुरमा सम्मानित

    मुलुकलाई जोगाउँनका प्रधानमन्त्री ओलीको राजीनामा र अन्तरिम सरकार गठनको आवश्यक्ता छ : प्रभु साह

    समृद्ध नेपाल फाउण्डेसनद्वारा बाराको नकटुवामा निशुल्क आँखा शिविर

    सशस्त्र प्रहरी बल पर्साद्वारा १३,८०,९६० रुपैयाँ बराबरको सामान भन्सार दाखिला

    एलएस न्युरो अस्पताल द्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

    भगवती टोल युवा क्लबको पुनर्गठन ,सुमित पटेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत

    अलौंमा कब्रगाह वाउन्ड्रीवाल निर्माणको मेयर सिंहद्वारा शिलान्यास

    गहवामाई रथ यात्रा’ आयोजनका लागि गठित धार्मिक समन्वय समिति विस्तार

    नारायणी अस्पतालमा विधुत सेवा अवरुद्ध प्रकरण : गुप्ता निलम्बित,थप कारबाहीका लागि सिडिओमा पत्रचार

    पन्चगाँवा गोल्ड कप फुटबलको उपाधि वीरगन्ज युथ एकेडेमीले जित्यो

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भगवती टोल युवा क्लबको पुनर्गठन ,सुमित पटेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत

    News

    अलौंमा कब्रगाह वाउन्ड्रीवाल निर्माणको मेयर सिंहद्वारा शिलान्यास

    News

    गहवामाई रथ यात्रा’ आयोजनका लागि गठित धार्मिक समन्वय समिति विस्तार

    News

    नारायणी अस्पतालमा विधुत सेवा अवरुद्ध प्रकरण : गुप्ता निलम्बित,थप कारबाहीका लागि सिडिओमा पत्रचार

    News

    पन्चगाँवा गोल्ड कप फुटबलको उपाधि वीरगन्ज युथ एकेडेमीले जित्यो

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑