वीरगञ्जमा ग्रीन सिटी सामुदायिकद्वारा सरसफाई र हरियालीका लागि जनचेतना कार्यक्रम

 Krishna Shrivastav

वीरगञ्ज | पर्सा जिल्लाको वीरगञ्ज स्थित हरि खेतान बहुमुखी क्याम्पसमा ग्रीन सिटी सामुदायिकको आयोजनामा सरसफाई र हरियालीका लागि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। वीरगञ्ज महानगरपालिका, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर, र ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको संयुक्त प्रयासमा कार्यक्रम गरिएको हो। कार्यक्रममा विद्यार्थीहरूलाई सरसफाई र हरियालीको महत्त्वबारे शिक्षा दिइएको थियो। यसले समाजमा सकारात्मक परिवर्तन ल्याउन सानै उमेरदेखि सरसफाई र हरियालीको महत्त्वलाई बुझ्नका लागि सचेतना फैलाउन आवश्यक रहेको सन्देश प्रवाह गर्‍यो। विशेष गरी, बालबालिका र किशोर-किशोरीहरूलाई आफ्नो भविष्य निर्माणको रूपमा सरसफाई र हरियालीमा योगदान पुर्याउन प्रेरित गरिएको थियो।

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

ब्राजिलमा प्लेन दुर्घटना हुँदा पाइलटसहित १० जनाको मृत्यु

 Krishna Shrivastav

वीरगंज | संपर्यटकमाझ लोकप्रिय ब्राजिलको ग्रामाडो शहरको एक बस्तीमा प्लेन दुर्घटना हुँदा पाइलटसहित १० जनाको मृत्यु भएको छ । एक दर्जन बढी घाइते भएका छन् । सुरक्षा अधिकारीहरुका अनुसार दुर्घटना भएको प्लेन निजी हो । सुरुमा एउटा घरको चिम्नीमा प्लेन ठोक्किएको थियो । त्यसपछि अर्को दुईतले घरमा ठोक्किएर मोबाइल फोनको पसलमाथि प्लेन खसेको थियो । प्लेन खसेपछि आगो लागेको थियो । प्लेन दुर्घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् । स्थानीय मिडियाहरुका अनुसार दुर्घटनामा मृत्यु हुनेमा एकै परिवारका चार जना सदस्यसमेत छन् । उनीहरु रियोग्राण्डे डो सुल राज्यको

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

रवि लामिछानेविरुद्ध मुद्दामा आजदेखि थुनछेक बहस हुने

 Krishna Shrivastav

वीरगंज | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध कास्की अदालतमा दायर सहकारी ठगी प्रकरण मुद्दामा आजदेखि थुनछेक बहस हुने भएको छ । अदालतमा आज गोला प्रथापछि न्यायाधीशको बेन्च तय हुनेछ । बेन्चले सुनुवाइ सकिएपछि लामिछाने लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ । सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने, पूर्व डीआईजी छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ । पाँच जनालाई बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको छ ।

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

जसका दुवै सन्तान ‘एनपीएलका’ विजेता र उपविजेता बने

 Krishna Shrivastav

वीरगञ्ज। वीरगञ्ज महानगर-१२ मुर्ली नयाँटोलका मोहम्मद सलाम शेख र समा प्रवीन त्यस्ता भाग्यमानी अभिभावक हुन्, जसका दुवै सन्तान प्रथम संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि चुम्ने जनकपुर बोल्ट्सका टिमका सदस्य आसिफ शेख र उपविजेता बन्ने सुदूरपश्चिम रोयल्स टिमका सदस्य आरिफ शेखका बुबाआमा हुन्। काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएका आरिफ शेख र आसिफ शेख भने फरक-फरक टिमबाट प्रतिनिधित्व गर्दै उपाधि होडका लागि प्रतिस्पर्धामा उत्रिएका थिए । त्यस्तै खालको फरक दृश्य संघीय राजधानीभन्दा दुई सय ७० किलोमिटर टाढा रहेको वीरगञ्जको मुर्ली नयाँटोलस्थित दुवै

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” नाराका साथ चौथो गोल्ड कप सखुवा प्रसौनीमा उद्घाटन

 Krishna Shrivastav

वीरगञ्ज । पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरस्थित फुटबल मैदानमा चौथो गोल्ड कप फुटबल प्रतियोगिताको उद्घाटन भएको छ। श्री बनशक्ति युवा क्लब सिद्धपुरको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन सखुवा प्रसौनी गाउँपालिका–६ लखनपुर निवासी नेकपा (माओवादी केन्द्र) पर्साका नेता तथा पर्सा क्षेत्र नं. ३ (क) का प्रदेश सभा सदस्य प्रत्याशी शिवकुमार साह तेलीले गरेका हुन्। उद्घाटन समारोहमा प्रमुख अतिथि साहले खेलकुद मनोरञ्जन र अनुशासनका लागि मात्र नभई शारीरिक तथा मानसिक स्वास्थ्यका लागि महत्वपूर्ण रहेको बताए। उनले भने, “खेलले हाम्रो जीवनशैलीलाई अगाडि बढाउनुका साथै हामीलाई स्वस्थ राख्न मदत गर्दछ। खेलकुदको प्रवर्द्धनका लागि स्थानीय

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

NPL मा जनकपुर बोल्टसका समर्थकहरुमाथि आक्रमण गर्ने दुई युवक पक्राउ, अन्यको खोजी हुँदै

 Krishna Shrivastav

वीरगंज | नेपाल प्रिमियर लिग (NPL)को अन्तिम खेलमा जनकपुर बोल्टसका समर्थकहरुमाथि आक्रमण गर्ने दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ। शनिबार सम्पन्न सुदुरपश्चिम रोयल्स र जनकपुर बोल्टसबीचको खेलमा जनकपुर बोल्टसको जितपछि सुदुरपश्चिमका समर्थकहरूले विवाद उत्पन्न गर्दै मधेशी समुदायका युवकहरुमाथि आक्रमण गरेका थिए। आक्रमणकारीको रूपमा बैतडी जिल्लाका २१ वर्षका अशोक साउद र गणेश साउदलाई किर्तिपुर प्रहरीले पक्राउ गरेको हो। उनीहरूलाई आइतबार नै किर्तिपुरबाट पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। यस घटनामा केही उच्छृंगल र अराजक फ्यानहरूले साम्प्रदायिक तवरले आक्रमण गरेका थिए, जसको भिडियो पनि सामाजिक सञ्जालमा फैलिएको छ। प्रहरी

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

राष्ट्रिय बैश्य महासंघ नेपालको बारा जिल्ला सम्मेलन सम्पन्न

 Krishna Shrivastav

बारा । बैश्य समुदायको पहिचान र सम्मानका लागि आयोजित राष्ट्रिय बैश्य महासंघ नेपालको पहिलो बारा जिल्ला स्तरीय अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। यस कार्यक्रममार्फत श्री शिवकुमार सर्राफलाई सर्वसम्मतिबाट बारा जिल्ला अध्यक्षमा चयन गरिएको छ। साथै, सम्पूर्ण कार्यसमिति पनि सर्वसम्मत निर्णयबाट गठन गरिएको छ। कार्यक्रम बारा बैश्य कल्याण समाजको आयोजनामा २०८१ पुष ६ गते शनिबारका दिन सम्पन्न भएको थियो। यस अवसरमा समुदायका अग्रजहरू, स्थानीय प्रतिनिधिहरू, र समाजका सदस्यहरूको उल्लेखनीय उपस्थिति थियो। नवनिर्वाचित अध्यक्ष श्री सर्राफ र कार्यसमितिका सम्पूर्ण सदस्यहरूलाई सफल कार्यकालका लागि हार्दिक शुभकामना व्यक्त गरिएको छ। कार्यक्रममा समुदायको एकता

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

ज्ञानदा एकेडेमीको सहयोग फेयर: व्यवसायिक सीप र सामाजिक उत्तरदायित्वको संगम

 Krishna Shrivastav

वीरगञ्ज। वीरगञ्जस्थित ज्ञानदा एकेडेमीले आयोजना गरेको सहयोग फेयरले विद्यार्थीहरूलाई व्यावसायिक सीप र बजारको वास्तविक अनुभव प्रदान गरेको छ। ४४ वटा स्टलहरूमा खाना, लत्ताकपडा, सवारी साधन, र अन्य सामग्रीका उत्पादन र बिक्री गरिएको थियो। यी सबै स्टलहरू विद्यार्थीहरूले सञ्चालन गरेका थिए, जसले उनीहरूलाई व्यावसायिक सीप सिक्न मद्दत पुर्यायो। कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कोइरालाले भने, “विद्यार्थीहरूले व्यापारिक सोच र व्यवहारिक शिक्षा पाएका छन्।” सहप्रधानाध्यापिका जागृती मिश्रले यो कार्यक्रमले विद्यार्थीहरूलाई आत्मनिर्भर र नवप्रवर्तनशील बनाउन प्रेरित गरेको बताइन्। फेयरमा आधुनिक कपडाहरू, इलेक्ट्रिक सवारी साधनहरू, र दैनिक जीवनका सामानहरूको प्रदर्शनी गरियो। फेयरका अन्य

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

नेपालको पश्चिमी भू-भागमा पुनः चिसो बढ्ने , हिमपातको सम्भावना

 Krishna Shrivastav

वीरगंज | नेपालको पश्चिमी भू-भागमा पुनः चिसो बढ्ने , हिमपातको सम्भावना चितवन। नेपालको पश्चिमी भू-भागमा अबको केही दिन पुनः चिसो बढ्ने भएको छ। पश्चिमी न्यूनचापीय प्रणालीका कारण नेपालको पश्चिमी क्षेत्रमा बदलीको अवस्था रहने, बादल लाग्ने र हल्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार आइतबारदेखि पश्चिम नेपाल विशेषगरी कर्णाली क्षेत्रमा यसको केही असर देखिने छ। सोमबार भने अझै बढ्ने देखिएको उनले बताइन्। त्यसको असर लुम्बिनी प्रदेशसम्म नै पर्ने र केही असर काठमाडौंसम्म आइपुग्ने उनले बताइन्। मौसमविद्

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

महागढीमाईमा स्वास्थ्य शिविर सम्पन्न, ७ सय भन्दा बढीले पाए सेवा

 Krishna Shrivastav

वीरगञ्ज । नेपाल मेडिसिटी वयोधा अस्पताल र छिमेक लघुवित्त वित्तीय संस्थाको सहकार्यमा महागढीमाई नगरपालिका-७, दहियारमा आयोजित स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा ७ सय भन्दा बढी स्थानीयले स्वास्थ्य परीक्षण गराएका छन्। शिविरमा नेपाल मेडिसिटी वयोधा अस्पतालका डा. मनबोध शाह, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. रुबिना ताम्राकार गुरुङ, हड्डी रोग विशेषज्ञ डा. सन्तोष साह र डा. प्रकाश यादवको नेतृत्वमा सेवा प्रदान गरिएको थियो। सहभागी बिरामीहरूलाई निःशुल्क औषधि वितरण गरिएको छ। शिविरमा रक्तचाप र सुगर परीक्षणजस्ता आवश्यक स्वास्थ्य जाँच नेपाल मेडिसिटीका नर्सिङ स्टाफ अलिम मियाँ र सुजाता चौधरीले सञ्चालन गरेका थिए। डा.

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान

 Krishna Shrivastav

वीरगंज | प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडी तथा व्यवस्थापकलगायतलाई बधाईसहित सम्मान गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शनका साथ नेपाली क्रिकेटको स्तर उकास्न भूमिका निर्वाह गर्ने उक्त टोलीका खेलाडी, नेपाल क्रिकेट सङ्घका पदाधिकारी र व्यवस्थापकलाई बधाई दिएका हुन्। शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि हात पारेको थियो। प्रधानमन्त्री ओलीले आगामी दिनमा अझ ठूलो सफलता हासिल गर्न शुभकामना दिँदै विश्वमा ख्यातिप्राप्त ब्याटर नेपाली पनि हुन सक्छन् भन्ने

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

ख्रीष्टमसको अवसरमा वीरगञ्ज वडा नम्बर ११ मा सरसफाइ जनचेतना कार्यक्रम सम्पन्न

 Krishna Shrivastav

वीरगञ्ज । ख्रीष्टमस पर्वको अवसरमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ मा सरसफाइ जनचेतना कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजना तथा वीरगञ्ज ख्रीस्टियान चर्च र आराधना चर्चको सक्रिय सहभागितामा वडा नम्बर ११ को कार्यालय प्राङ्गणबाट सुरु भएको कार्यक्रम फूलबारी टोल, रानिघाट हुँदै ॐ आश्रमस्थित बिरगंज चर्चमा पुगेर समापन गरिएको थियो । कार्यक्रममा वडा नम्बर ११ का वडा अध्यक्ष अजय कुमार चौरसिया, वडा सदस्यहरू, वडा सचिव तथा चर्चका धर्मगुरु एल्डर एम.सी. मेथ्यु, एल्डर प्रेम घिमिरे, आराधना चर्चका निरज आचार्य, चर्चका युवाहरू, र वडा कार्यालयका सरसफाइ कर्मचारीहरूको सहभागिता रहेको थियो ।

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

सरकारले तोकेको पारिश्रमिक नपाए आन्दोलन गर्ने ल्याब स्वास्थयकर्मीहरुको चेतावनी

 Krishna Shrivastav

वीरगञ्ज । वीरगञ्जका ल्याबमा कार्यरत स्वास्थ्यकर्मीहरूले पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा मेडिकल कलेज र निजी स्वास्थ्य संस्थाहरूले नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक र सुविधामा भइरहेको अन्याय समाधानका लागि नेपाल सरकारको सचिवस्तरीय बैठकले २०८१ मंसिर २७ गते गरेको निर्णय अनुसार कदम चाल्न आग्रह गरिएको छ । नेपाल सरकारको निर्देशन अनुसार सबै मेडिकल कलेज र निजी स्वास्थ्य संस्थाहरूलाई पत्राचार गरिएको जानकारी दिँदै, ती संस्थाहरूले निर्देशनको अवज्ञा गरेको भन्दै ज्ञापनपत्रमार्फत स्वास्थ्यकर्मीहरूले गुनासो गरेका छन् । स्वास्थ्यकर्मीहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन कार्यान्वयन नभए आन्दोलन गर्न बाध्य हुने

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

रविविरुद्ध आज कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुँदै

 Krishna Shrivastav

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध आज जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता हुने भएको छ । सहकारी ठगी अपचलन प्रकरणमा कास्की जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार जिल्ला अदालतमा रवि लामिछानेविरुद्ध मुद्दा दर्ता गर्न लागेको हो । यस अघि शुक्रवार पोखराको सूर्य दर्शन सहकारी ठगी प्रकरणमा मुछिएका १९ जनाविरुद्ध मुद्दा दायर भएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले शुक्रवार पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछाने र नेपाल प्रहरीका पूर्व डिआइजी छविलाल जोशीबाहेक १९ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । बाँकी प्रतिवादी विरुद्ध आज मुद्दा गराउने तयारी गरिएको हो ।

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

खुला आकाशमुनि बोरा बिछ्याएर दलित बालबालिका पर्साको गाउँपालिका र महानगर पढ्दै ट्युशन

 Krishna Shrivastav

वीरगञ्ज । बालविकासदेखि कक्षा पाँचसम्मका दलित बालबालिकाहरूलाई शिक्षामा सहयोग पुर्‍याउन ‘पिस फर दलित्स फाउन्डेशन नेपाल पर्सा’ ले दुई पालिकाका पाँच स्थानमा निश्शुल्क ट्युशन सञ्चालन गरिरहेको छ। जाडो मौसममा पनि बिहान र बेलुका दुई/दुई घण्टाको ट्युशन जारी छ। तर, उचित स्थानको अभावमा बालबालिकाहरूले चिसोमा खुला आकाशमुनि सडकमा बोरा बिछ्याएर ट्युशन पढ्नुपर्ने बाध्यता रहेको छ। पाँच स्थानमा निश्शुल्क ट्युशन सखुवाप्रसौनी गाउँपालिकाका चार स्थान र वीरगञ्ज महानगरपालिकाको एक स्थानमा मुसहर, चमार, दुसाध, र मुस्लिम समुदायका बालबालिकाहरूले ट्युशन लिइरहेका छन्। अमेरिकामा र अस्ट्रेलियामा रहेका नेपालीहरूको आर्थिक सहयोगमा सञ्चालन हुने यो ट्युशन कार्यक्रममा हालसम्म स्थानीय

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

जनकपुर बोल्ट्सको ऐतिहासिक जितको खुसीयालीमा सखुवा प्रसौनी गाउँपालिकाले सार्वजनिक बिदा

 Krishna Shrivastav

वीरगंज | जनकपुर बोल्ट्सको ऐतिहासिक जितको खुसीयालीमा सखुवा प्रसौनी गाउँपालिकाले सार्वजनिक बिदा वीरगञ्ज। जनकपुर बोल्ट्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जितेको खुसीयालीमा पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिकाले आइतवार सार्वजनिक बिदा दिएको छ। मधेस प्रदेशको प्रतिनिधित्व गर्दै जनकपुर बोल्ट्सले एनपीएलको उपाधि जितेर ऐतिहासिक उपलब्धि हासिल गरेकाले गाउँपालिकाले आजको दिनलाई विशेष रूपमा मनाउने निर्णय गरेको हो। गाउँपालिकाले एक सूचना जारी गर्दै, आज स्वास्थ्य चौकीका अत्यावश्यक सेवा बाहेक पालिका अन्तर्गतका सबै कार्यालय बन्द रहने जानकारी दिएको छ। यसअघि, हिजो भएको एनपीएलको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुर बोल्ट्सले

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

नेपाल टेलिकमले सेयरधनीलाई कर सहित ३० प्रतिशत नगद लाभांश वितरण गर्ने

 Krishna Shrivastav

वीरगंज | नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई कर सहित ३० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । यस कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैंठकले लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृति भएपछि साधारण सभामा पेश हुनेछ । साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण हुनेछ । कम्पनीले गएको वर्ष ४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १८ गतेदेखि पुस २८ गतेसम्म बुकक्लोज गर्ने जनाएको छ । यस अनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भइ

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

लायन्स क्लब द्वारा आँखा शिविर तथा स्वास्थ शिविर सम्पन्न

 Krishna Shrivastav

वीरगञ्ज । लायन्स क्लब द्वारा आँखा शिविर तथा स्वास्थ शिविर पर्सा जिल्लाको बिन्दवासिनि गाउँपालिका वडा नम्बर २ गर्दौल स्थित श्री भगवती नेपाल रास्ट्रिय बागडमैना यादव बिधालय गर्दौलमा सम्पन्न भएको थियोे। लायन्स क्लब वीरगञ्ज, वीरगञ्ज सेंट्रल, वीरगञ्ज क्यूरेटिव को सयुंक्त आयोजनामा सम्पन्न भएको थियो। सो कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ भूत पुर्व डिस्ट्रिक्ट गवर्नर सीनियर पैथोलॉजीस्ट डा.आर पी खेतान, बीरगंज का अध्यक्ष सुनील गुप्ता, सेन्ट्रल की अध्यक्ष रेखा वैद, क्यूरेटिव का अध्यक्ष डा. बिरेन्द्र प्रधान सहितकाहरुको गरिमामय उपस्थिति रहेको थियो। चिकित्सक वर्ग डा. राधा भट्टराई, डा. अभिषेक अर्याल,डा. कीर्ति अग्रवाल, डा. संजय

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

समाचार
News

अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

News

संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

News

सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

News

नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

News

कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न