महँगियो सुन, चाँदी स्थिर

 Krishna Shrivastav

वीरगञ्ज । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ६ ले बढेको छ र आज तोलामा एक लाख ५० हजार ३०० मा कारोबार भइरहेको छ । बुधवार सुन तोलामा एक लाख ४९ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य तोलामा १८०० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


भारतीय ट्रकको ठक्करबाट किशोरको मृत्यु, ट्राफिक प्रहरीले बेवास्ता गर्दा ट्रक फरार

 Krishna Shrivastav

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका ड्राइपोर्ट बहुवरी नजिक लक्ष्मी पेट्रोल पम्प अगाडि बुधवार बेलुकी भारतीय ट्रकको ठक्करबाट १६ वर्षीय किशोरको मृत्यु भएको छ। साथै, मोटरसाइकल चालक सामान्य घाइते भएका छन्। दुर्घटना बारा जिल्लाको कवहीगोठका १६ वर्षीय किशोर र मोटरसाइकल चालक सन्दीप पाण्डे सवार मोटरसाइकललाई भारतीय नम्बर प्लेटको तीव्र गतिमा चलिरहेको ट्रकले ठक्कर दिएको हो। ठक्करबाट किशोरको घटनास्थलमै मृत्यु भएको छ भने घाइते चालकलाई नारायणी अस्पताल लगिएको छ र उनको अवस्था सामान्य रहेको छ। घटनास्थलमा रहेका प्रत्यक्षदर्शीहरूले ट्राफिक प्रहरीको भूमिका माथि गम्भीर प्रश्न उठाएका छन्। घटनास्थलबाट मात्र एक सय मिटरको दूरीमा ट्राफिक

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

सिरियामा बसर समर्थित समूहको आक्रमण १४ सुरक्षाकर्मीको मृत्यु

 Krishna Shrivastav

वीरगंज | सीरियामा पूर्वराष्ट्रपति बसर अल असद समर्थक समूहले नयाँ सरकारका अधिकारी लक्षित आत्मघाती आक्रमण गरेको छ। विद्रोही समूहको आक्रमणमा १४ सुरक्षाकर्मी मारिएका छन्। आक्रमणमा अरु १० जना घाइते भएका छन्। असद समर्थक समूहले तार्तुस पोर्ट क्षेत्रमा आक्रमण गरेको हो। सीरियाको कुख्यात सैदनाया जेलसँग सम्बन्धित एक अधिकारीलाई गिरफ्तार गर्न गएका गृह मन्त्रालयका सुरक्षाकर्मीलाई लक्षित गरी आक्रमण भएको हो। सीरियामा दुई हप्ताअघि विद्रोही समूह हयात अल–तहरीरले असदको शासन अन्त्य गराएको थियो। यसैबीच, रुसले युक्रेनका ऊर्जा केन्द्रहरुलाई लक्षित गरी भीषण आक्रमण गरेको छ । युक्रेनमा क्रिसमस मनाइरहेका बेला रुसले १ सय ८४

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

जाजरकोटको नायकवाडा आसपास ४.२ म्याग्निच्यूडको भूकम्प

 Krishna Shrivastav

वीरगंज । जाजरकोटको नायकवाडा आसपास केन्द्र बनाएर चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गएको छ । बिहान ६ बजेर ३३ मिनेमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का जाजरकोट र आसपासका जिल्लामा पनि महसुस भएको छ । पछिल्लो समयमा पश्चिम नेपालमा भूकम्प जाने क्रम बढेको छ । २०८० साल कात्तिक १७ गते जाजरकोटकै बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव चार म्याग्निच्यूडको भूकम्प जाँदा एक सय ६० जनाको ज्यान गएको थियो । गएको शनिवार बाजुराको जगन्नाथ गाउँपालिका–५ गोत्री क्षेत्रमा ५ दशमलव

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

महिला टिमको बन्द प्रशिक्षण चितवनमा

 Krishna Shrivastav

वीरगंज | महिला यू-१९ विश्वकपको लागि नेपाली क्रिकेट टिमको बन्द प्रशिक्षण चितवनमा शुरु भएको छ। भरतपुर महानगरपालिका-१५ स्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमुना खेल मैदानमा बुधबार प्रशिक्षण सुरु भएको हो। आगामी माघ ५ गतेदेखि मलेसियामा महिला यू-१९ विश्वकप प्रतियोगिता आयोजना हुँदैछ। यसको तयारीमा जुटेका नेपाली टिमले पुस २२ गतेसम्म चितवनमा बन्द प्रशिक्षण गर्ने योजना बनाएको छ। महिला यू-१९ टिमका प्रमुख प्रशिक्षक महेशप्रसाद रिजालका अनुसार, बन्द प्रशिक्षणमा मुख्यत: ‘ब्याटिङ, बलिङ र फिटनेस’ मा ध्यान केन्द्रित गरिनेछ। नेपाली टोलीका व्यवस्थापक विनोद दासले चितवनको क्रिकेट मैदान अन्तर्राष्ट्रियस्तरको रहेको कारण यहाँ प्रशिक्षणको व्यवस्था

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

सर्वसाधारणका लागि पुस २१ बाट आइपीओ जारी गर्दै गार्डियन माइक्रो लाइफ

 Krishna Shrivastav

वीरगंज | गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले पुस २१ गतेदेखि सर्वसाधारणमा आईपीओ बिक्री गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १८ लाख ४५ हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो। यसबाट कम्पनीले १८ करोड ४५ लाख रुपैयाँ संकलन गर्नेछ। आईपीओ खरिदका लागि आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १ लाख कित्तासम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था गरिएको छ। यसमा पुस २४ गतेसम्म आवेदन दिन सकिनेछ। तर उक्त अवधिमा पर्याप्त आवेदन नपरेको खण्डमा आवेदन प्रक्रिया माघ १० गतेसम्म लम्बिनेछ। कम्पनीले आफ्नो जारी पूँजी ७५ कराड

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

५ महिनामा चोभार सुक्खा बन्दरगाहबाट ४७ करोडको आयात

 Krishna Shrivastav

वीरगंज | काठमाडौं चोभारस्थित सुक्खा बन्दरगाहबाट ४७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यस अवधिमा निर्यात भने शून्य रहेको भन्सार विभागले जनाएको छ । भन्सार विभागकाअनुसार मंसिरसम्म ६ खर्ब ६१ अर्ब रुपैयाँ बराबर वस्तु आयात भएको थियो । जसमध्ये चोभार सुक्खा बन्दरगाहबाट भएको आयात हिस्सा ०.०७ प्रतिशत हो । हालै सरकारले यो बन्दरगाहमा चिनियाँ नाकाबाट समेत सामान ल्याउन पाउने गरी खुला गरेको छ ।


अजरबैजान एयरलाइन्सको विमान दुर्घटनाग्रस्त, जहाजमा सवार ६७ मध्ये २५ जना बाँच्न सफल

 Krishna Shrivastav

वीरगंज | कजाखस्तानको अक्ताउ सहरमा बुधबार एउटा यात्रुवाहक विमान दुर्घटना भएको छ । स्थानीय अधिकारीका अनुसार विमानमा ६७ जना सवार थिए । कजाखस्तानको आपतकालीन मन्त्रालयका अनुसार विमानमा सवार २५ जना यात्रुहरू जीवितै बाँच्न सफल भएका छन् । जसमध्ये २२ जनालाई अस्पताल लगिएको छ। अवतरण गर्ने क्रममा विमानमा आगो लागेको थियो । दुर्घटनामा परेको एम्ब्रेयर १९० विमानमा ६२ यात्रु र पाँच जना चालक दलका सदस्य थिए । समाचार एजेन्सी रोयटर्सले रुसी समाचार एजेन्सीहरूलाई उद्धृत गर्दै यो विमान अजरबैजान एयरलाइन्सको रहेको बताएको छ, जुन बाकुबाट रुसको चेचन्याको ग्रोज्नी जाँदै थियो। तर, बाक्लो

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

पत्रकार सम्मेलनमा गोली चल्दा २ पत्रकारसहित ३ जनाको मृत्यु

 Krishna Shrivastav

वीरगंज | हाइटीको राजधानी पोर्ट ओ प्रिन्समा आयोजित एक पत्रकार सम्मेलनमा गोली चल्दा दुई पत्रकारसहित तीन जनाको मृत्यु भएको छ । देशकै ठूलो सरकारी अस्पताल स्टेट युनिभर्सिटी अफ हाइटी अस्पताल फेरि खोल्न लागिएको विषयमा आयोजित पत्रकार सम्मेलनमा गोली चलेको हो । गोली लागेर दुई पत्रकार र एक प्रहरीको मृत्यु भएको बीबीसीले जनाएको छ । उक्त अस्पताल हिंस्रक समूहले कब्जामा लिएको थियो । उक्त अस्पताल फेरि सरकारले खोल्न लागेको भनेर पोर्ट ओ प्रिन्सको डाउनटाउन क्षेत्रमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री उपस्थित हुने भनिएको थियो । पत्रकार सम्मेलन

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

आजको राशिफल:

 Krishna Shrivastav

मेष : दिन सामान्य छ। अचानक सञ्चित धन खर्च हुनेछ। साथीबाट धोका हुनसक्छ। स्वास्थ्यले भने साथ दिनेछ। शिक्षाको क्षेत्रमा जोश जाँगर बढ्ने दिन रहेको छ। वृष : आज तपाईंले गरेका कार्यमा उन्नति हुने दिन छ। वैदेशिक रमझमले मन तान्न सक्छ, लगानी भए फाइदा हुनेछ। राजनीति संगठनमा गरेको प्रयास सफल हुनेछ। परिवारमा घुमघामको तय हुनेछ। मिथुन : दिन सहज रहेको छ। रोगसँग लड्ने क्षमता बढ्नेछ। आफन्तले भन्दा अपरिचित व्यक्तिबाट साथ र सहयोग मिल्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ सहयोग मिल्नेछ। कर्कट : महत्वकांक्षी योजना अपूरा हुनसक्छन्। मनमा अशान्ति बढ्नेछ।

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

हनी ट्रयापमा मुछिएकी प्रहरी निरीक्षक शाही ५ लाख धरौटीमा रिहा

 Krishna Shrivastav

काठमाडौँ | भैंसेपाटी हनिट्र्याप काण्डमा संलग्न रहेको अभियोग लागेकी प्रहरी निरीक्षक बिनुकुमारी शाही पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएकी छन्। उनलाई ललितपुर जिल्ला अदालतले ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। यद्यपि उनको प्रहरी निलम्बन भने निरन्तर रहनेछ। आइतबार बयानका निम्ति उनी ललितपुर जिल्ला अदालत गएकी थिइन् । बयान नसकिएपछि उनलाई ललितपुर प्रहरीले हिरासतमा राखेको थियो। सोमबार भएको थुनछेक बहसमा उनलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो। अब उनले थुनाबाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्न पाउनेछिन्। यही मुद्दामा प्रतिवादी बनाइएका प्रहरी सहायक हवल्दार महेन्द्र हमाल

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

बिदुर नगरपालिकामा खानेपानी संरचनाको निरीक्षण, समस्या समाधानमा प्रतिबद्धता

 Krishna Shrivastav

वीरगंज | खानेपानी मन्त्री प्रदीप यादवले आज नुवाकोट जिल्लाको बिदुर नगरपालिकामा रहेका विभिन्न खानेपानी आयोजना तथा संरचनाहरूको निरीक्षण गरेका छन्। उनले बिदुर साना शहरी खानेपानी तथा सरसफाई आयोजना, बेलावती खानेपानी आयोजना र पहिरोले क्षति पुर्याएका संरचनाहरूको अवलोकन गर्दै ती आयोजनामा रहेका समस्याहरू समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए। मन्त्री यादवले नगर प्रमुख र अन्य सरोकारवालासँग बैठक गरेर समस्याहरूको प्रभावकारी समाधानका लागि मन्त्रालयले आवश्यक पहल गर्ने कुरा प्रष्ट पारे। उनले भने, “स्वच्छ र सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्न मन्त्रालय योजनाबद्ध रूपमा काम गर्दैछ र बिदुरका बासिन्दालाई उत्तम सेवा पुर्‍याउने लक्ष्य राखिएको

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

वीरगन्जमा श्री शंकरलाल केडिया मेमोरियल अन्तर विद्यालय फुटबल सुरु

 Krishna Shrivastav

वीरगन्ज। वीरगन्ज महानगरपालिकामा आजदेखि तेस्रो संस्करणको श्री शंकरलाल केडिया मेमोरियल अन्तर विद्यालय फुटबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिता डीएभी रुकमिणी बनारसी केडिया स्कुलमा आयोजना गरिएको हो। डीएभी स्कुलका संस्थापक स्व. शंकरलाल केडियाको ८९औं जन्मजयन्तीको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिता १३ पुषसम्म सञ्चालन हुने कुरा डीएभी स्कुलका प्रधानाध्यापक राकेश मिश्रले जनाएका छन्। उनले भने, “खेलकुदको क्षेत्रलाई प्रोत्साहन र विद्यार्थीहरूको शारीरिक विकासका लागि यस प्रतियोगिताको आयोजना गरिएको हो।” प्रतियोगितामा वीरगन्ज महानगरका १२ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको छ। यी विद्यालयहरूमा डीएभी स्कुल, ज्ञानदा, साउथ जोन, मनकामना, कादम्बरी, दिल्ली पब्लिक स्कुल, मुन

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

मन्त्री गुप्ता सिभिल अस्पतालमा परम्परागत चिनियाँ चिकित्सा सेवा सुरू

 Krishna Shrivastav

वीरगंज । निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) ले परम्परागत चिनियाँ चिकित्सा सेवा सुरू गरेको छ । अस्पतालले आजदेखि सुरू गरेको ‘परम्परागत चिनियाँ चिकित्सा अन्तर्राष्ट्रिय निदान तथा उपचार केन्द्र’को सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र चिनियाँ राजदूत छेन सोङलगायतले संयुक्तरूपमा उद्घाटन गर्नुभयो । उद्घाटनपछि आयोजित सभालाई सम्बोधन गर्नुहुँदै मन्त्री गुप्ताले परम्परागत चिनियाँ चिकित्सा पद्धतिले आधुनिक उपचार प्रणालीलाई समृद्ध बनाएको बताउनुभयो । ‘मानव शरीर, प्रकृति र ऊर्जा (क्यूआई) को सन्तुलनमा यो विधि आधारित छ । एक्युपञ्चर, हर्बल मेडिसिन, मसाज (तुइना) र खानपानसम्बन्धी परामर्शलगायत विधिहरूले उपचार प्रणालीलाई नै समृद्ध बनाउँदै लगेको

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

आजको राशिफल:

 Krishna Shrivastav

मेष (Aries): कामको मेसो नमिल्दा केही अलमल हुनेछ। छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपरे पनि मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। समयतालिका नमिल्दा योजना अधुरै रहनेछ। साँझतिर आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। खर्चिलो काम थाल्नाले समस्या पर्न सक्छ। प्रतिस्पर्धीहरू सबल बन्नेछन्। वृष (Taurus): समयमा निर्णय नलिने बानीले अप्ठ्यारो पार्न सक्छ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। साँझतिर स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान दिनुहोला। मिथुन

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

वीरगञ्ज महानगरले रोक्यो लोककल्याणकारी विज्ञापन, पर्साका सञ्चारमाध्यम संकटमा

 Krishna Shrivastav

वीरगञ्ज। नेपाल पत्रकार महासंघ पर्साका सचिव विजय चौहानले वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई लोककल्याणकारी विज्ञापनको भुक्तानी रोकिएको विषयमा ध्यानाकर्षण गराउँदै तत्काल समाधानको माग गरेका छन्। वीरगञ्ज महानगरपालिकाले स्थानीय सञ्चारमाध्यमलाई प्रदान गर्ने लोककल्याणकारी विज्ञापनको भुक्तानी लामो समयदेखि रोक्का गरेको छ। यसका कारण स्थानीय सञ्चारमाध्यमहरूलाई आर्थिक संकटको सामना गर्नुपर्ने स्थिति आएको छ। महानगरपालिकाले उक्त विज्ञापनको विषयमा विभिन्न पत्रपत्रिकालाई अवगत नगराएको कारण सञ्चार क्षेत्र थप प्रभावित भएको छ। महानगरपालिकाले देशको पहिलो आमसञ्चार कानून लागू गरे पनि त्यसको प्रभावकारी कार्यान्वयनमा शिथिलता देखिएको छ। यसका साथै, वर्तमान आर्थिक समस्याका कारण सञ्चारमाध्यमहरूले थप कठिनाइ भोगिरहेका छन्।

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

पर्सामा गाँजाखेती पुनः व्यापक: तस्करीका कारण किसानको आकर्षण

 Krishna Shrivastav

वीरगञ्ज। पर्सा जिल्लामा लामो समयपछि गाँजाखेती पुनः फस्टाएको छ। करीब डेढ दशकदेखि नगन्यरूपमा भइरहेको गाँजाखेती यस वर्ष व्यापकरूपमा फैलिएको पाइएको छ। तस्करीका कारण किसानहरू गाँजाखेतीतर्फ आकर्षित भएको देखिन्छ, यद्यपि प्रहरीद्वारा छिटपुट रूपमा फँडानी गरिएको भए पनि खेती व्यापक रूपमा फैलिरहेको छ। स्रोतका अनुसार, किसानहरूले मकवानपुरबाट गाँजाको बीउ ल्याएर पर्साको विभिन्न गाउँपालिकामा खेती गर्दै आएका छन्। ठोरी गाउँपालिकाका विजयबस्ती, गोपीबस्ती, सुवर्णपुर लगायतका क्षेत्रहरूमा गाँजाखेती गरिएको छ। यस्तै, शङ्करसरैया, भलुवाही खोला, सखुवाप्रसौनी, जीराभवानी गाउँपालिका र पर्सागढी नगरपालिकामा पनि गाँजाखेती भएको छ। गाँजाको बीउ मकवानपुरबाट प्रतिकिलो १,००० रुपैयाँको दरमा ल्याएर किसानहरूले खेती गरेका

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

स्पेसएक्सले ब्यान्डवागन-२ राइडशेयर मिशनमा ३० स्याटेलाइट प्रक्षेपण

 Krishna Shrivastav

वीरगंज | स्पेसएक्सले शनिबार बिहान (डिसेम्बर २१) ३० उपग्रहलाई कक्षमा प्रक्षेपण गरेको छ। क्यालिफोर्नियाको भ्यान्डनबर्ग स्पेस फोर्स बेसबाट फाल्कन ९ रकेट प्रक्षेपण गरिएको थियो। यो प्रक्षेपण ६:३४ ईडीटी (११:३४ जीएमटी; क्यालिफोर्निया समय अनुसार बिहान ३:३४) मा सम्पन्न भएको हो। स्पेसएक्सले यस मिशनलाई “ब्यान्डवागन-२” नाम दिएको छ। ब्यान्डवागन-२ मिशनमा ३० वटा उपग्रह प्रक्षेपण गरिएको थियो। यसमा दक्षिण कोरियाको डिफेन्स डेभलपमेन्ट एजेन्सीका पेलोडहरू सहित “एरो साइन्स एण्ड टेक्नोलोजी, एक्सोलन्च, हकआई ३६०, म्याभरिक स्पेस सिस्टम्स, सिडस स्पेस, टुमरो कम्पनीज इन्क, ट्रु एनोमली र थिंक अर्बिटल” जस्ता कम्पनीहरूको उपग्रह समावेश थिए। यसअघि, स्पेसएक्सले ब्यान्डवागन-१

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

समाचार
News

अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

News

संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

News

सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

News

नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

News

कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न