Krishna Shrivastav
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई दमकमा कालो झण्डा
Krishna Shrivastav

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई झापाको दमकमा पहिचानपक्षधरले कालो झण्डा देखाएको छ। मंगलबार झापाको दमकस्थित कस्मिक पार्टी प्यालेसमा आयोजित लागुऔषधको नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा पहिचान पक्षधरले कालो झण्डा देखाउँदै नाराबाजी समेत गरेका छन्। कोशी नाम खारेज गर, पहिचान विरोधी होसियार भन्दै पहिचानपक्षधरले नारा समेत लगाएका थिए। फागुन १७ गते तत्कालीन प्रदेश १ ले कोशी नाम पाएसँगै पहिचानसहितको प्रदेशको नामकरणको माग राख्दै पहिचान पक्षधर निरन्तर आन्दोलनरत छन्।
भूकम्पपीडितलाई चिसोबाट जोगाउन आयोगको सुझाव
Krishna Shrivastav
वीरगंज |राष्ट्रिय मानवअधिकार आयोगले भूकम्पपीडितलाई चिसोबाट जोगाउन आवश्यक व्यवस्था मिलाउन कर्णाली प्रदेश सरकारलाई आग्रह गरेको छ । जाजरकोट र रुकुम पश्चिम पुगेर फर्किनुभएका आयोगका सदस्य मिहिर ठाकुरले त्रिपालमुनि बसेका ४३ जनाको चिसोबाट मृत्यु भइसकेको जनाउँदै उनीहरुलाई चिसोबाट जोगाउन तत्काल आवश्यक व्यवस्था गर्न जरुरी रहेको बताए । सोमबार आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीसँगको भेटमा आयोगका सदस्य ठाकुरले तत्काल चिसोबाट बचाउन नसकिए त्रिपालमुनि अझ धेरै ज्यान जान सक्ने बताए । “त्रिपालमुनि बसिरहेका दीर्घरोगी, सुत्केरी, गर्भवती, महिला र वृद्धवृद्धा धेरै प्रभावित भएको पाइयो, बिरामीको सङ्ख्या पनि अधिक छ । दाउरा वितरणदेखि न्यानो