काेहली एक सय मिलियन फलाेअर्स हुने पहिलाे क्रिकेटर

 Krishna Shrivastav

बीरगन्ज ।भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली इन्टाग्राममा एक सय मिलियन फलोअर्स पुर्याउने पहिलो क्रिकेटर बनेका छन ।साथै उनी सोसियल मिडियामा एक सय मिलियन फलोअर्स हुने पहिलो एशियन सेलिब्रेटी बनेका छन । यसअघि पनि कोहली ७५ मिलियन फलोअर्स इन्स्टाग्राम हुने पहिलो एशियन सेलिब्रेटी थिए ।यसका साथै उनले पप स्टार मिडी लोभाटोलाई पनि पछि पारेका छन । उनको ९९ मिलियन फलोअर्स छन । यतिमात्र होइन, कोहलीको इन्स्टामा फलोअर्स रियाल मड्रिड र बार्सिलोना भन्दा धेरै भएको छ । रियालको ९५ मिलियन फलोअर्स छन भने बार्सिलोनाको ९४ मिलियन फलोअर्स छन ।


जनताको सहानुभूति बटुल्न ओलीले दिएको अभिव्यक्तिले सुरक्षा निकाय असन्तुष्ट

 Krishna Shrivastav

बीरगन्ज ।चारवटै सुरक्षा निकायका तीन सयभन्दा धेरै सुरक्षाकर्मीको घेरामा रहने प्रधानमन्त्री केपी ओलीले आफू असुरक्षित रहेको बताएका छन्। देशको सुरक्षा व्यवस्थाको कमान सम्हालिरहेका गृहमन्त्री रामबहादुर थापा बादल मञ्चमै रहेको कार्यक्रममा सोमबार उनले आफूमाथि भौतिक हमला हुन सक्ने बताए । यो खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।


आज मंगलवार – १८ फागुन, २०७७ – को राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनुहारमा कान्ति र मनमा शान्ति छाउला । शुभकार्यको चर्चा चल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आम्दानी प्रशस्तै बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योगछ । सद्विचारले अभिप्रेरित

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

के तपाईं शरीरमा यस्ता ‘स्कीन ट्याग’ आएर चिन्तित हुनुहुन्छ ?

 Krishna Shrivastav

बीरगन्ज । मान्छेको शरीरमा स-साना डल्ला जुनसुकै ठाउँमा पनि हुनसक्छ । कसैकोमा एउटा मात्र होला भने कसैकोमा सयवटा डल्ला होलान् । यी डल्ला हेर्दा डरलाग्दा देखिन्छन् तर यीनले खासै हानि गर्दैनन् । सौन्दर्यलाई भने यिनीहरूले बिगार्छन् । सौभाग्यवश, यस्ता डल्ला घरै बसेर हटाउन सकिन्छ । चुक अमिलोले यी डल्ला हटाउन मद्दत गर्छन् । एप्पल साइडर भिनेगर (स्याउबाट बनेको चुक अमिलो) ले सजिलै डल्ला हटाइदिन्छ । यसका लागि तपाईंले कपास चुक अमिलोमा डुबाउनुस् । त्यसपछि यसलाई छालाका डल्लामा दिनको दुई-तीन चोटि घोट्नुस् । यो प्रक्रिया दिनदिनै दोहोर्‍याउनु भयो भने डल्लाको रंग परिवर्तन

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजीलाई ३ वर्ष जेल

 Krishna Shrivastav

पेरिस | फ्रान्सको एक अदालतले पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई घूससम्बन्धी मुद्दामा दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाएको छ ।सार्कोजीले न्यायाधीशलाई एउटा फौजदारी मुद्दाबारेको सूचना दिए मोनाकोमा आकर्षक जागिर दिने लोभ देखाएकोमा दोषी ठहर गर्दै सजाय सुनाइएको हो ।यद्यपि उनले जेलमा भने समय बिताउनु नपर्ने जनाइएको छ । उनको दुई वर्षको सजाय निलम्बन गरिएको र उनलाई एक वर्षसम्म हातमा विद्युतीय बाला लगाएर घरमै बस्न दिन सकिने न्यायाधीशले जनाएकी छन् । तर यसबारे अर्का न्यायाधीशले अन्तिम फैसला सुनाउने जनाइएको छ । सार्कोजीविरुद्धको मुद्दालाई फान्समा निकै महत्त्वका साथ हेरिएको थियो । उनी

Breaking News, मुख्य समाचार, विश्व, समाचार  संग सबंधीत छ |

चीनले नेपाललाई थप ३ लाख भ्याक्सिन दिने

 Krishna Shrivastav

बीरगन्ज । चीनले नेपाललाई थप ३ लाख डोज भ्याक्सिन दिने प्रतिबद्धता जनाएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार ट्वीट गर्दै नेपाललाई थप ३ लाखसहित जम्मा ८ लाख डोज भ्याक्सिन अनुदान सहयोग गर्न लागेको प्रष्ट पारेकी हुन् । यसअघि चीनका स्टेट काउन्सिलर तथा परराष्ट्र मन्त्री वाङ यीले नेपाललाई चीनले ५ लाख कोरोना भाइरसविरुद्धको भ्याक्सिन दिने प्रतिबद्धता जनाएका थिए । माघ २३ गते नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग टेलिफोनमा वार्ता गर्दै वाङले उक्त प्रतिबद्धता गरेका थिए । राजदूत होउले सोमबार आफ्नो ट्वीटमा लेखेकी छन्,‘कोभिड–१९ विरुद्ध लड्नको

Breaking News, देश, मुख्य समाचार, विश्व, समाचार  संग सबंधीत छ |

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

 Krishna Shrivastav

बीरगन्ज । नेपाल आयल निगमले सोमबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर रु दुईका दरले मूल्यवृद्धि गरिएको छ । नयाँ मूल्यअनुसार पेट्रोल अब प्रतिलिटर रु ११६ कायम भएको छ । यस्तै, डिजल र मट्टितेल प्रतिलिटर रु ९९ कायम भएको छ । यस्तै हवाई इन्धन आन्तरिक उडानतर्फ साविकको प्रति लिटर बिक्री मूल्यमा रु पाँचले वृद्धि गरी रु ७२ कायम गरिएको निगमले जनाएको छ । यस्तै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २५ अमेरिकी डलरले वृद्धि गरी ८९३ प्रतिकिलोलिटर

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोनाविरुद्धको खोप

 Krishna Shrivastav

भारत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । उनले आज बिहान एम्स अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएका हुन् । समाचार एजेन्सी एएनआईका अनुसार मोदीले स्वदेशमै उत्पादित कोभ्याक्सिन खोपको पहिलो डोज लिएका हुन् । कोभ्याक्सिन भारतीय कम्पनी वायोटेकले उत्पादन गरेको हो । भ्याक्सिन लगाएपछि प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन्, ‘आउनुहोस् मिलेर भारतलाई कोभिड-१९ बाट मुक्त बनाऔं ।’ दीले भारतका डाक्टर र वैज्ञानिकहरुले कोभिड-१९ विरुद्धको लडाइँलाई मजबुत बनाउन तीव्र रुपमा काम गरिरहेको भन्दै प्रशंसा पनि गरेका छन् ।


धनुषाका १२४ दलित परिवारलाई पक्की घर हस्तान्तरण

 Krishna Shrivastav

धनुषा । धनुषाका १ सय २४ दलित घरविहीन परिवारलाई कोठाको पक्की घर हस्तान्तरण गरिएको छ । जनता आवास कार्यक्रम अन्तर्गत सोमबार नेपाल सरकारको आर्थिक लगानीमा प्रदेश २ सरकारले निर्माण गरेका दुई कोठे पक्की घर हस्तान्तरण गरिएको हो ।घर हस्तान्तरण प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले गरेका छन् । वर्षौँदेखि वर्षा तथा हावा हुरीमा निक्कै समस्यामा परेका जनकपुरधाम उपमहानगरपालिका-२३ लादोवेला, विन्धी तथा बसहीयाका मुसहर जातिलाई घर हस्तान्तरण गरिएको छ । घर पाएर निक्कै खुसी भएका लादो बेलाका मुसहर समुदायले एक अर्कालाई अबिर दलेर खुशीयाली साटासाट गरेका छन्

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

अवैध लागुऔषध सहित पर्सामा मकवानपुरका सुकराम र अस्मिता पक्राउ

 Krishna Shrivastav

बीरगन्ज । पर्साको पर्सागढी नागरपालिकाबाट अवैध लागुऔषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्सागढी नगरपालिका वडा नं ९ बाट २ किलो लागुऔषध गाँजासहित मकवानपुरका २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मकवानपुरको राक्सीराङ्ग गाउँपालिका वडा नं ८ निवासी १८ वर्षिय सुकराम तामाङ्ग र १९ वर्षिया अस्मिता तामाङ्ग रहेको जनाइएको छ । विशेष सुचनाका आधारमा खटीएको प्रहरीको टोलिले पर्सागढीको बडेर्वाबाट एकटांगा जाने कच्ची सडकमा चेकजाँच गर्दा उनीहरुलाई लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई आर्थिक प्रलोभन दिई गाँजा ल्याउन लगाउनेको पहिचान भइसकेको र खोजीकार्य भईरहेको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

अवैध हुण्डीको ३ लाख १२ हजार रुपैयासहित बिहार सुगौलीका सोनु साह पक्राउ

 Krishna Shrivastav

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको ३ लाख १२ हजार रुपैयासहित १ भारतीय नागरिकलाई पक्राउ गरेको छ ।वीरगञ्ज महानगरपालिका वडा न. १६ रजतजयन्ची चोकमा चेकजाँचको क्रममा भारतको रक्सौलबाट नेपालतर्फ बिआर २२ एआर ३६८ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकलमा आउँदै गरेका पुर्वी चम्पारण मोतिहारी थाना सुगौली बस्ने २५ वर्षिय सोनु साहलाई प्रहरीले पक्राउ गरेको हो । अवैध हुण्डीको कारोवार भइरहेको सुचनाको आधारमा शंका लागी चेकजाँच गर्दा स्रोत नखुलेको ५ हजार २ सय भारतीय रुपैया र ३ लाख १२ हजार नेपाली रुपैया फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रबक्ता ओमप्रकाश

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

राजस्व छलीको घटना धमाधम बाहिर आउँदै

 Krishna Shrivastav

वीरगन्ज ।संसद् विघटन तथा पुनस्र्थापनासँगै राजनीतिक संक्रमणको मौका छोपेर राजस्व छलीमा संलग्न भएकाहरूको कर्तुत धमाधम बाहिरिन थालेको छ । राजस्व छल्नेहरू विरुद्ध आक्रामक रूपमा अघि बढेको राजस्व अनुसन्धान विभागले पछिल्लो समय राजस्व छलीको घटना फेला पारी धमाधम बाहिर ल्याउन सफल भएको छ । राजस्व अनुसन्धान विभागले आइतबार चारवटा फर्मविरुद्ध करिब ४० करोड रूपैयाँभन्दा बढी राजस्व छली गरेको अभियोगमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले राजस्व चुहावट गरेको अभियोगमा विराटनगर–९ स्थित बाबा फ्लोर मिल्सका मुख्य कारोबारी सुरेशकुमार राठीसहित तीन जना र वीरगन्ज उपमहानगरपालिका–१० स्थित रजनीश ट्रेडिङ कन्सर्न तथा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

थप ५० लाख खोप किनिँदै

 Krishna Shrivastav

वीरगन्ज ।सरकारले कोरोनाभाइरसविरुद्धको कोभिसिल्ड खोप थप ५० लाख डोज खरिद प्रक्रिया अगाडि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले खरिद प्रक्रिया सुरु गरिएको जानकारी दिए । त्यसपछि कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त हुने खोप उपलब्ध गराइनेछ । त्यसले २० प्रतिशत जनसंख्यालाई पुग्ने जनाइएको छ । दोस्रो पटक कति मूल्यमा खोप खरिद गर्न लागिएको भन्ने यकिन भइसकेको छैन । ‘सेयरजस्तै उत्पादन कम्पनीले खोप मूल्य बढाउन पनि सक्छन् । तर, हामीले बजारको मूल्यभन्दा सस्तोमा पनि खरिद गर्न सक्छौँ,’ सचिव अर्यालले भने । यसअघि भारतको सेरम इन्स्टिच्युटसँग चार डलरका दरमा २० लाख

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

अब यात्रा गर्दा ‘भ्याक्सिन पासपोर्ट’ !

 Krishna Shrivastav

वीरगन्ज ।कोरोनाविरुद्धको खोप लगाइसकेपछि परिचयपत्र अथवा कतिपय देशमा चर्चा र तयारीको अवस्थामा रहेको ‘भ्याक्सिन पासपोर्ट’ को व्यवस्था समग्र विश्वले अवलम्बन गर्ला ? खोप लगाएका र नलगाएकालाई पहिचान गर्ने विधि र हेर्ने दृष्टिकोण के होला ? खोपलाई स्वेच्छाको विषय मात्र बनाउँदा यसले महामारी नियन्त्रणलाई के प्रभाव पार्ला भन्नेमा मात्र होइन, विश्वभरि चासो छ । नेपालमा खोप लगाइसकेपछि खोप सर्टिफिकेट दिने भनिएको छ तर अन्यत्रजस्तो खोप लगाएका व्यक्तिको जानकारीसहित मोबाइल एपको विकास गरिएको छैन । अन्तर्राष्ट्रियरुपमा सर्वमान्य विधि तथा मापदण्ड नभए पनि केही देशले कोरानविरुद्ध खोप लगाएको प्रमाणपत्रको तयारी गरिसकेका छन् ।

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

लाइसेन्स छपाइको काम रोकियो

 Krishna Shrivastav

वीरगन्ज । खाली कार्ड अभाव भएपछि यातायात व्यवस्था विभागले अत्यावश्यक बाहेकका स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम रोकेको छ । विभागले मङ्सिरपछि आवेदन दिइएका कार्ड छपाइको काम रोकेको हो । मङ्सिरसम्मका कार्ड छपाएर यातायात कार्यालयमा पठाइसकेको विभागसँग अब ४० हजार थान मात्र खाली कार्ड बाँकी छन् । कार्ड सकिएपछि अत्यावश्यक बाहेकका कार्ड छपाइको काम रोकिएको विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए । ‘पुराना बाँकी रहेका, विदेश जाने लगायत अत्यावश्यक परेका व्यक्तिलाई वितरण गर्ने गरी बाँकी कार्ड छापिरहेका छौं,’ उनले भने ।कार्ड अभाव भएपछि विभागले दुई साताअघि फ्रान्सेली कम्पनी स्मार्ट

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

सफाइ अभियानले फेरियो हलखोरिया दहको मुहार

 Krishna Shrivastav

सिमरा | पर्सा राष्ट्रिय निकुञ्जभित्रको सबैभन्दा ठूलो प्राकृतिक पानीको स्रोेत हलखोरिया दहको सफाई तथा संरक्षणमा निकुञ्ज जुटेको छ। दुर्लभ वन्यजन्तु तथा विभिन्न प्रजातिका चराचुरुङ्गीको बासस्थान रहेको हलखोरिया दह संरक्षणको अभावमा सुक्दै गएपछि निकुञ्जले सफाइ सुरु गरेको हो। बर्खायामको पानीलाई सञ्चित गर्ने र जमिनमुनिको पानीलाई समेत रिचार्ज गरी चराचुरुङ्गी तथा वन्यजन्तुका लागि पिउने पानीको व्यवस्था गर्न सफाइ सुरु गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत रमेशकुमार यादवले बताए। जलचर, चराचुरुङ्गी तथा वन्यजन्तुहरुलाई पानीको व्यवस्था गर्न मिचाहा प्रवृतिका झारहरु दहबाट निकालिएको यादवले जानकारी दिए। उनले भने, ‘हलखोरिया दह संरक्षण गर्न सके वन्यजन्तुलाई पानीको व्यवस्था

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

अब सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

 Krishna Shrivastav

वीरगन्ज । नयाँ सवारी साधन खरिद गर्दै हुनुहुन्छ भने सवारी दर्तादेखि नै इम्बोस्ड नम्बर प्लेट लिनुपर्ने हुन्छ । नम्बर प्लेटमा एकरूपता ल्याउन तथा सवारी साधनको वैज्ञानिक व्यवस्थापनका लागि नयाँ खरिद गरिने दुईपाङ्ग्रे, चारपाङ्ग्रेलगायत सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका महानिर्देशक गोगनबहादुर हमालले नयाँ खरिद गरिने सवारी साधनले दर्तादेखि नै अनिवार्य रूपले इम्बोस्ड नम्बर प्लेट लिनुपर्ने प्रावधान लागू गर्न लागिएको जानकारी दिए । उनका अनुसार विभागले यसै महिनादेखि नै यो प्रावधान लागू गर्न लागेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

बुधबारदेखि सांसदहरुलाई काेभिड १९ विरुद्धको खाेप दिइने

 Krishna Shrivastav

वीरगन्ज । सरकारले काेभिड १९ विरुद्धको दाेस्राे चरणाकाे पहिलाे खाेप संघीय संसदका सांसदहरुलाई दिने निर्णय गरेकाे छ । २३ गतेदेखि ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खाेप दिने तालिका भए पनि सांसदहरुलाई १९ गतेदेखि नै खाेप दिइने भएकाे हाे । १९ गतेदेखि खाेप लागाउनेमा राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य तथा संसद सचिवालयका कर्मचारी र मर्यादापालक गरि जम्मा १ हजार ५ सय जनाकाे सूची तयार पारिएकाे छ । उनीहरुलाई काठमाडौंको सिभिल हस्पिटलबाट ३ दिनभित्रमा खाेप दिइसक्ने स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


समाचार
News

अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

News

संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

News

सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

News

नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

News

कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न