Krishna Shrivastav
स्वास्थ्यकर्मी रित्तै, मन्त्रीका आसेपासेलाई लाखौँ जोखिम भत्ता
Krishna Shrivastav

वीरगन्ज ।स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्को आदेशविपरीत पहुँचका आधारमा जोखिम भत्ता वितरण गरेको पाइएको छ । कोरोना संक्रमितको पहिचान, नियन्त्रण र उपचारमा संलग्नले नपाएको अवस्थामा तत्कालीन स्वास्थ्यमन्त्री र राज्यमन्त्रीको सचिवालय सदस्यहरुलाई जोखिममा काम गरेसरह सबै दिनको भत्ता उपलब्ध गराइएको हो । मन्त्रालय, यूएन एजेन्सी र अन्य अन्तर्राष्ट्रिय संस्थाबाट तलब बुझ्ने गरी सचिवालयमा रहेका कर्मचारीलाई समेत कोरोना अवधिमा जोखिम मोलेर काम गरेको भन्दै भत्ता दिइएको छ । मन्त्रालयले गत चैत ११ देखि कात्तिकसम्म २३० लिनको जोखिम भत्ता वितरण गरेको थियो । यसमा चैतदेखि असारसम्म १ सय १० दिनको पहिलो चरण, साउनदेखि असोजसम्म ९०