Krishna Shrivastav
सरकारमा जानेबारे काँग्रेसमा दुई धार
Krishna Shrivastav

वीरगन्ज ।सरकारमा जाने कि नजाने भनेर नेपाली काँग्रेसमा दुई धार देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले एकै मञ्चबाट फरक–फरक धारणा अभिव्यक्त गरेका छन् । सभापति देउवा सरकारको नेतृत्व गर्नुपर्ने अवस्थामा त्यसबाट भाग्न नहुने पक्षमा देखिए । प्रतिपक्षमै रहेर अगाडि बढ्नुपर्ने पक्षमा देखिए वरिष्ठ नेता पौडेल । देउवाले आफूले प्रधानमन्त्री पद नखोजेको तर काँधमा आएको जिम्मेवारीबाट पछि नहट्ने बताए । देउवाले आफू प्रधानमन्त्री हुने कुरामा चिन्ता नगर्न पौडेललाई आग्रह गरे । ‘चिन्ता नगरे हुन्छ रामचन्द्रजी तपाईंले, म प्रधानमन्त्री भए पार्टीकै बन्ने हो । अरु पार्टीभन्दा