४४ सशस्त्र समूहमध्ये अब एउटा मात्रै समूह अस्तित्वमा

 Krishna Shrivastav

वीरगञ्ज ।देशमा हिंसा विसर्जनको अवस्थामा छ। तीन वर्षअघि ४४ सशस्त्र समूह देखिएको थियो। गृह मन्त्रालयका अनुसार अब एउटा मात्रै समूह अस्तित्वमा छ। मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले सबै सशस्त्र समूह सकिन लागेको बताए। प्रवक्ता बुढाका अनुसार गोइत समूह मात्रै मूलधारमा आउन बाँकी छ। सरकारले ०७५ भदौ ८ गते राजनीतिक वार्ता टोली बनाएर हिंसाको बाटोमा रहेका समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन पहल थालेको थियो। त्यस क्रममा अस्तित्वमा देखिएका ४४ वटा सशस्त्र समूहमध्ये १६ वटाको गतिविधि नै पाइएन। बाँकी २८ मध्ये २६ समूहसँग वार्ता गरी सम्झौता भएको थियो। तत्कालीन वार्ता टोली संयोजक सोमप्रसाद पाण्डेले

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

प्रधानमन्त्री ओली र विप्लवले आज संयुक्त सम्बोधन गर्दै

 Krishna Shrivastav

वीरगञ्ज ।प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आज संयुक्त रुपमा विशेष समारोहलाई सम्बोधन गर्दैछन् । सरकारी वार्ता टोली र विप्लव समूहबीच बिहीवार ३ बुँदे सहमति भएसँगै सोही विषयमा विस्तृत जानकारी दिन आज विशेष समारोहको आयोजना गर्न लागिएको हो । राष्ट्रिय सभागृहमा आज प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले दिउँसो २ बजे संयुक्त रुपमा सम्बोधन गर्नेछन् । बिहीवार भएको सहमतिअनुसार विप्लव नेतृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा संचालन गर्ने र नेपाल सरकारका तर्फबाट लागइएको पार्टीमाथिको प्रतिबन्ध

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

आज शुक्रवार – २१ फाल्गुण २०७७ को राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अनावश्यक ठाउँमा धन खर्च होला । आफ्नो विचार विपरित निर्णय हुनेछ । कामहरु अधुरै रहलान् । वैदेशिक क्षेत्र कमजोर रहला । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । आफन्तको सहयोग प्राप्त हुनेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । बित्तिय संस्था बाट सहयोग

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन

 Krishna Shrivastav

वीरगञ्ज । चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन गरिएको छ । रेडियो वीरगञ्जकी कार्यक्रम संयोजक निलिमा पौडेको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । बिहिवार एक कार्यक्रमका बिच गठित कार्यसमितिको उपाध्यक्षमा विवेक कर्ण, सचिबमा सूर्यनारायण वि.क., सहसचिबमा प्रणय साह, कोषाध्यक्षमा समिना रञ्जितकार, सदस्यहरुमा क्रमश सोनम गौतम, रश्मिराज भण्डारी, शम्भु कुमार सुमन, जय यादब, रन्जित यादब र एञ्जल चौधरी रहेका छन् । चलचित्र पत्रकार संघ नेपाल पर्सा शाखा गठन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि चलचित्र पत्रकार संघ नेपालका केन्द्रिय महासचिब समिर बलामीले वीरगञ्जमा नेपाली चलचित्रको बजार अन्य

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

महोत्तरीको जंगलमा एकैसाथ ५ दर्जन नीलगाई फेला

 Krishna Shrivastav

काठमाडौं । भारतीय सीमा नाकासँग जोडिएको महोत्तरीको मनराशिस्वा नगरपालिकामा एकैसाथ पाँच दर्जन बढी नीलगाई फेला परेका छन् । मनराशिस्वा नगरपालिकाको वन क्षेत्रमा केही दिनदेखि एक्कासि लोपोन्मुख वन्यजन्तु नीलगाई देखा परेको स्थानीयवासीले बताएका छन् । विभिन्न उमेर समूहका पाँच दर्जनभन्दा बढीको संख्यामा रहेका नीलगाई नगरपालिकाको वन क्षेत्रमा देखिएको मनराशिस्वा नगरपालिका–२ का वडाध्यक्ष विनोदकुमार सिंहले बताए । नीलगाईले आसपासका खेतीबारीमा लगाइएको दलहन, तेलहन र तरकारीबाली खाएर किसानहरुलाई क्षति पु¥याउन सक्ने उनको भनाइ छ । दर्जनाै‌ संख्यामा रहेका नीलगाई र तिनका बाछो वन क्षेत्रको खर र झारीमा लुकेर बस्ने गरेका छन् । मानिसलाई

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

प्रधानमन्त्रीले प्रदेश २ का मुख्यमन्त्रीलाई भने–केपी ओलीलाई रोकेपनि पानी चाहिँ नरोक्नुहोला

 Krishna Shrivastav

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मधेस विरोधी भनेर रोकेपनि सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको पानी नरोक्न आग्रह गरेका छन् । बिहीबार आयोजनाको शिलान्यास गरेका प्रधानमन्त्री ओलीले मञ्चमा रहेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई भने, ‘म मुख्यमन्त्रीमार्फत तराई मधेसमा खबर पठाउन चाहन्छ, मधेसमा केपी ओलीलाई पस्न नदिए हुन्छ, तर पानी पस्न नरोक्नु होला ।’ विगतमा केपी ओली मधेस विरोधी भनेर मधेसमा पस्न नदिने भन्दै उनले केपी ओली नपेसपनि पानी पठाउन लागेको बताए ।


प्रधानमन्त्रीलाई किन राखिन्छ विमानको अन्तिम सिटमा ?

 Krishna Shrivastav

वीरगन्ज । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली यति एयरलाइन्सको एटीआर–७२ विमानबाट पोखरा गए । त्यसक्रममा उनी जहाजको अन्तिम सिटमा बसेको तस्वीर भाइरल भएको छ । कतिपयले जनतालाई अगाडि राखेर अन्तिम सिटमा बसेको भन्दै प्रधानमन्त्रीको प्रशंसा गरिरहेका छन् भने कतिपयले चर्चाका लागि प्रधानमन्त्रीले त्यस्तो गरेको भन्दै ब्यंग्य गरेका छन् । के साँच्चिकै सर्वसाधारणलाई अगाडि राखेर प्रधानमन्त्रीले स्वेच्छिक रुपमा अन्तिम सिटमा बसेका हुन् ? उड्डयन र सुरक्षा मामिलाका जानकारहरुका अनुसार त्यसो होइन ।  सुरक्षाका कारण नै प्रधानमन्त्रीलाई अन्तिम सिटमा राखिएको हो । बुद्ध एयरका निर्देशक रुपेश जोशीका अनुसार एटीआर जस्ता मध्यम आकारका

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

प्रचण्ड–माधव समूह र कांग्रेसको निर्णय कुर्दै जसपा

 Krishna Shrivastav

वीरगन्ज । प्रतिनिधि सभाको बैठक आउन तीन दिन बाँकी छ, तर त्यहाँ के भूमिका खेल्ने भन्नेमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसजस्तै तेस्रो ठूलो राजनीतिक दल जनता समाजवादी पार्टी (जसपा) पनि अनिर्णीत छ । सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने फैसला गर्दा पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई भारतमा थिए । भट्टराई बुधबार उपचार गराएर फर्किएकाले अब अनौपचारिक छलफल हुने पार्टीका नेताहरु बताउँछन् । भारतबाट आएलगत्तै भट्टराईले राजनीतिक सहमति गरेर चुनावी सरकार बनाउन प्रस्ताव गरेका छन् । भट्टराईको भनाइलाई पार्टीका अन्य नेताले कसरी लिन्छन् यकिन छैन, तर जसपाका केही नेताहरु भने

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

विप्लव समूहले हिंसा छोड्यो, सरकारसँग ३ बुँदे सहमति

 Krishna Shrivastav

वीरगन्ज । प्रतिबन्धित नेकपा विप्लव समूहले हिंसा छोडेको छ । बिहीबार सरकारसँग तीन बुँदे सहमति भएपछि यो समूहले हिंसा छोड्ने भएको हो । सरकारले यो समूहमाथिको प्रतिबन्ध समेत हटाउने भएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए । वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा र विप्लव समूहले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो । सम्पूर्ण बन्दी रिहाई गरिने सहमतिसँगै पक्राउ परेका सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने सहमति भएको छ । नेकपा विप्लव समूह आफ्ना सम्पूर्ण राजनीतिक विषयहरूको समाधान संवादका माध्यमबाट गर्न

Breaking News, देश, मुख्य समाचार, राजनीति, समाचार  संग सबंधीत छ |

प्रधानमन्त्री र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

 Krishna Shrivastav

वीरगन्ज । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् । फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्न लागेका हुन् । सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईका अनुसार राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना हुने छ ।


ग्रिनसिटि सामुदायिक सेवा केन्द्रद्वारा १८ औं चरणको वृक्षारोपन कार्यक्रम सम्पन्न

 Krishna Shrivastav

बिरगंज । समुदाय- प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रिनसिटि सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा आदर्शनगर -१० पर्साको आयोजना र बिरगंज महानगर पालिकाका नगर प्रमुख बिजय कुमार सरावगीको प्रमुख आतिथ्य तथा जयप्रकाश खेतानको अध्यक्षतामा बिरगंज वडा न.१० आदर्शनगरस्थित नेपाल राष्ट्र बैंकको उतरपट्टि बाटो किनारमा १८औं   चरणको वृक्षारोपन कार्यक्रम सम्पन्न भएको छ । सो वृक्षारोपन कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ , पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पान्डे , प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल , भारतिय महाबाणिज्य दूतावास बिरगंजका नितेश कुमार , सशस्त्र प्रहरी बल नेपाल गण हेड क्वाटर पर्सा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

देशैभरका कुखुरामा रानिखेत रोगको प्रकोप, के हो रानिखेत रोग ?

 Krishna Shrivastav

काठमाडौं । देशैभरका कुखुरामा यति बेला रानिखेत रोगको प्रकोप बढिरहेको छ । रोगले कुखुरापालक किसानलाई हालसम्म केकति क्षति भयो भन्ने बारेमा यकिन तथ्यांक भने आउन सकेको छैन । काठमाडौंको तारकेश्वर नगरपालिकामा किसानले पालेका हाँस र टर्कीमा बर्ड फ्लू रोगको संक्रमण पुष्टि भएपछि पशुसेवा विभागले देशैभरि व्यापक रूपमा गरेको नमूना परीक्षणका क्रममा रानिखेत रोगको संक्रमण देखिएको हो । आफ्ना मातहतका पाँचओटै प्रयोगशालामार्फत गरेको नमूना परीक्षणमा रानिखेत रोगको संक्रमण अन्य रोगभन्दा बढी देखिएको विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले आर्थिक अभियान दैनिकलाई बताए । उनका अनुसार संक्रमण यसरी व्यापक रूपमा फैलनुका कारण

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

दिवा खाजाको समितिबाट श्रीमतीकाे नाम हटाइएको भन्दै प्रधानाध्यापकमाथि हातपात

 Krishna Shrivastav

महोत्तरी | महोत्तरीको गौशाला नगरपालिका ६ मा रहेकाे श्री माध्यमिक विद्यालय भेडियाही फुलकाहाका प्रधानाध्यापक शैलेन्द्र कुमार ठाकुरमाथि स्थानीयले हातपात गरेका छन् । विद्यालयमा सञ्चालित दिवाखाजा समितिको नामबाट श्रीमतीको नाम हटाएको निहुँमा स्थानीय रामबाबु यादव उर्फ जहराले प्रधानाध्यापक ठाकुरमाथि हातपात गरेका हुन् । मंगलबार कक्षा सकिएर कार्यालयमा आउनुभएका प्रधानाध्यापकमाथि यादव र उनका छोरा मनोहर यादवले गाली गलौज गर्दै हातपात गरेका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्र राय यादवले सम्झाउदा समेत मानेन् । गएकाे माघ ५ गते विद्यालयमा गठित दिवा खाजा व्यवस्थापन समितिको नाममा रहँदै आएको श्रीमती शान्तिदेवी यादवलाई एकाएक हटाएको

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

प्यालेस्टाइन क्षेत्रमा भएको युद्ध अपराधबारे अनुसन्धान सुरु

 Krishna Shrivastav

काठमाडौं । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)का प्रमुख अभियोजनकर्ताहरुले प्यालेस्टाइन क्षेत्रहरुमा भएको युद्ध अपराधको औपचारिक अनुसन्धान थालेका छन् । मुख्य अभियोजनकर्ता फत्तू बेनसौदाले सन् २०१४ मा इजरायलले कब्जा गरेको पश्चिम तटीय क्षेत्र, पूर्वी जेरुसेलम र गाजापट्टीमा भएका घटनाबारे छानविन हुने बताएका हुन् । । गत महिना अन्तर्राष्ट्रिय फौजदारी अदालत हेगले सो क्षेत्रमा भएका आपराधिक गतिविधिहरुको थप अनुसन्धान गर्न आदेश दिएसँगै सो प्रक्रिया अघि बढाइने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । आईसीसीसँग नरसंहार, मानवता विरुद्धको अपराध र युद्ध अपराधसम्बन्धी अभियोजनमा मुद्दा दायर गर्ने अधिकार छ । इजरायलले रोम विधान अनुमोदन नगरेपनि सोसम्बन्धी

Breaking News, विश्व, समाचार  संग सबंधीत छ |

सुगौली सन्धिको २०५ वर्ष : नेपालको भूगोल र स्वाभिमान खुम्च्याउने सन्धिको सक्कल प्रति नै छैन

 Krishna Shrivastav

वीरगन्ज । नेपाल र तत्कालीन इस्ट इन्डिया कम्पनी सरकारबीच सुगौली सन्धि भएको आज ठ्याक्कै दुई सय पाँच वर्ष पुगेको छ । नेपाललाई मेची र कालीबीच सीमित गर्ने यो संवेदनशील सन्धिको सक्कल प्रति नै नेपालसँग छैन । सुगौली सन्धिका आधारमा नेपालले ४० हजार वर्गकिलोमिटर (करिब एकतिहाइ) भूभाग गुमाएको छ । तर, बचेको भूभागमा पनि स्पष्ट सीमांकन नहुँदा नेपाल र भारतबीच सीमा समस्या तरल अवस्थामा छ । एकीकरण गर्दैै फैलिएको गोर्खाली सैनिक र भारतमा उपनिवेश बलियो बनाउँदै लगेको ब्रिटिस सैनिक आमनेसामने भएपछि सुगौली सन्धिको पृष्ठभूमि बनेको थियो । खासगरी गोर्खा राज्य विस्तार रोक्न सन् १८१४ नोभेम्बर १

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

दुबईमा सय नेपालीले ८ महिनादेखि तलब पाएनन्

 Krishna Shrivastav

वीरगन्ज । रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) को दुबई पुगेका सयभन्दा बढी नेपाली बेखर्ची भएका छन् । दुबईको सिल्यन ग्रुप अफ कम्पनीले आठ महिनादेखि पारिश्रमिक नदिएपछि बेखर्ची भएको सुर्खेतको गुर्भाकोट ८ मेहलकुनाका रमेश बस्स्यालले बताए । ‘पर्खदापर्खदै खाठ महिना बित्यो’, उनले भने, ‘जति आग्रह गर्दा पनि कम्पनी मालिकले पारिश्रमिक दिन मान्दैनन् ।’ पारिश्रमिक नपाएपछि उनले युएईस्थित नेपाली दूतावासमा जानकारी दिन खोजे पनि दूतावासका कर्मचारीले सहयोग नगरेको गुनासो गरे । ‘गुनासो लिएर अबुधाबीस्थित नेपाली राजदूतावासमा पुग्दा कर्मचारीले कोरोना भाइरसको समस्या भन्दै लाइन बस्न दिदैनन्’, उनले भने, ‘युएईबाट सहयोग हुन नसकेपछि

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

३३ महिनामा साढे ४७ अर्बको आर्थिक अपराध

 Krishna Shrivastav

वीरगन्ज ।विभिन्न उपाय अपनाएर राजश्व छल्नेले बितेको ३३ महिनामा करिब साढे ४७ अर्ब रुपैयाँ राजश्व छलेर आर्थिक अपराध गरेको पाइएको छ । राजश्व अनुसन्धान विभागले विभिन्न बहाना बनाएर सरकारी निकायका कर्मचारीहरूसँग कै मिलेमतो तथा सेटिङ मिलाएर यसरी अर्बौं राजश्व छलेको पाइएको हो । मुलुकलाई ठूलो घटना पुर्याउन खोज्ने आर्थिक अपराधको जालो तोड्दै बितेको दुई वर्ष नौ महिनाको अवधिमा झण्डै साढे ४७ अर्ब रुपैयाँ राजश्व छल्नेलाई धमाधम कानुनी दायरामा ल्याइएको हो । राजश्व अनुसन्धान विभागले सो अवधिमा राजश्व चुहावट र विदेशी विनिमय अपचलन गर्नेहरुको संख्या सबैभन्दा धेरै रहेको जनाएको छ ।

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

अब मोबाइल बैंकिङबाट २ लाख र इन्टरनेट बैंकिङबाट २० लाख कारोबार गर्न पाइने

 Krishna Shrivastav

वीरगन्ज । विद्युतीय भुक्तानीलाई उच्च प्राथमिकता दिएको नेपाल राष्ट्र बैंकले मोबाइल तथा इन्टरनेट बैंकिङमार्फत हुने दैनिक कारोबार सीमा बढाएको छ भने धितोपत्रको कारोबारका लागि तोकिएको सीमा नै हटाएको छ । केन्द्रीय बैंकले बुधवारदेखि लागू हुने गरी मोबाइल बैंकिङको कारोबार प्रतिदिन रू.२ लाखसम्म गर्न पाउने व्यवस्था गरेको छ । यसअघि यस्तो सीमा दैनिक रू. १ लाखसम्म मात्र गर्न पाइन्थ्यो । त्यस्तै अब अनुमतिप्राप्त धितोपत्र दलालहरूसँग धितोहरूको कारोबारबापत तोकिएको बैंक खातामा जति रकम पनि भुक्तानी गर्न सकिने भएको छ । यसअघि धितोपत्रको कारोबार गरेबापत प्रतिभुक्तानी कारोबार अधिकतम मोबाइल बैंकिङतर्फ रू. १ लाख

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

समाचार
News

अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

News

संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

News

सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

News

नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

News

कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न