Krishna Shrivastav
भौतिक पूर्वाधार मन्त्रालयलाई रू. १ खर्ब ४८ अर्बको बजेट सिलिङ
Krishna Shrivastav

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्ष (आव) २०७८/७९ का लागि रू. १ खर्ब ४८ अर्बको बजेट सिलिङ पाएको छ । यो चालू आव २०७७/७८ को भन्दा ६ दशमलव ७५ प्रतिशत अर्थात् रू. १० अर्बले मात्रै बढी हो । गत आर्थिक वर्षमा भने मन्त्रालयको बजेट घटेको थियो । माग गरेभन्दा कम बजेट सिलिङ पाएको मन्त्रालयले पहिलोपटक एयरमार्कसहित बजेट पाएको हो । अर्थात् मन्त्रालयले कुल बजेटको ७६ प्रतिशत अंश सिलिङबाहिर गएर थपघट गर्न पाउने छैन । राष्ट्रिय गौरवका आयोजना तथा प्राथमिकताप्राप्त आयोजनाहरू घोषणा गरिए पनि निर्धारित समयमै निर्माण