मोबाइलबाट उत्कृष्ट फोटो खिच्न जान्नुहोस् यी ८ क्यामेरा मोड

 Krishna Shrivastav

। अहिलेको समयमा सबैको हात हातमा स्मार्टफोन पुगेको छ । जतिखेर जहाँ जाँदा पनि स्मार्टफोन साथमै हुनेभएपछि फोटो पनि यसैबाट खिच्ने कुरा भई नै हाल्छ । राम्रो फोटोको लागि तपाईंसँग प्रोफेसनल क्यामेरा नै हुनुपर्छ भन्ने पनि छैन । स्मार्टफोनकै क्यामेराबाट पनि प्रोफेसनल स्तरको फोटोग्राफी गर्न सकिन्छ । तर यसका लागि क्यामेराको फिचर र प्रविधिको बारेमा जानकारी भने आवश्यक पर्दछ । आज हामी तपाईंलाई यस्ता क्यामेरा मोडको बारेमा बताउँदै छौं, जसको सहयोगमा तपाईं परिवेश अनुसारको सही मोडमा चयन गरी राम्रो फोटो खिच्न सक्नुहुनेछ । एचडीआर मोड आजकलका सस्ता स्मार्टफोनमा समेत एचडीआर

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

डार्क वेब र डिप वेबमा नझुक्किनुहोस्, यस्तो छ फरक

 Krishna Shrivastav

वीरगंज | डार्क वेब हजारौं वेबसाइटहरुको कलेक्सन हो । यहाँ भएका सम्पूर्ण वेबसाइटहरुले आफ्नो आईपी एड्रेसलाई लुकाउन टोर र आई टु पी जस्ता एनाेनिमस (अज्ञात) टुलहरुको प्रयोग गर्दछन् । डार्क वेबलाई लागू औषध र चाइल्ड पाेर्नाेग्राफी बिक्री वितरणका लागि कालोबजारको रुपमा समेत प्रयोग गर्ने गरेकाे पाइन्छ । यसले गोप्य विसलब्लोइङ अर्थात् खराब कार्यको सूचना गोप्यरुपमा गर्न र प्रयोकगर्तालाई निगरानी र सेन्सरसिपबाट सुरक्षा दिन्छ । कुनै समय डार्क वेबलाई एउटा गहिरो र गोप्य साइबर भूमिगत विश्वका रूपा चिनिन्थ्याे । जहाँ इन्टरनेटको ९० प्रतिशत विश्व लुकेर बस्ने बताइन्थ्यो । तर, आज यो

Breaking News, Mobile Phones, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

सामाजिक सञ्जालको विगत, वर्तमान र भविष्य

 Krishna Shrivastav

मैले सुरुवाती समयमा प्रयोग गर्ने सामाजिक सञ्जालमा याहू म्यासेन्जर च्याट रुम थियो । त्यसमा मैले देशबाहिरका थुप्रै साथीहरु भेटेँ । म उनीहरुसँग कुरा गर्थेँ । हामी आफू र आफ्नो देशको बारेमा एक अर्कोलाई बताउँथ्यौं । जब मेरो कलेजको पढाइ सुरु हुँदै थियो, मैले मेरf शिक्षकलाई मिडियाहरु निरन्तर उद्विकास भइरहेको कुरा बताएको थिएँ । त्यो माइक्रोब्लगिङको युग थियो । जुन फोटो ब्लगिङदेखि भिडियो ब्लगिङको रुपमा विकास भइरहेको थियो । त्यतिखेरका ब्लगहरु निकै रोचक चिज हुने गर्थे । वर्डप्रेस नयाँ थियो । जसले निःशुल्क ब्लग साइटहरु अफर गर्दै थियो । ब्लगस्पोट त्यसको

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

तालिम दिँदै एप्पल, यसरी बन्नुहोस् सहभागी

 Krishna Shrivastav

वीरगंज। एप्पलले आईफोन, आईप्याड लगायतका आफ्ना डिभाइसहरुको मर्मतका लागि विश्वव्यापी रुपमा तालिम प्रदान गर्ने भएको छ । कम्पनीले इन्डिपेन्डेन्ट रिपेयर प्रोभाइडरका रुपमा यो कार्यक्रम अघि बढाएको हो । यसमार्फत कम्पनीले आफ्नो डिभाइस मर्मतका लागि आधिकारिक तालिम प्रदान गर्नेछ । यो कार्यक्रम सन् २०१९ मै सुरु भएपनि विश्वव्यापी रुपमा विस्तार भएको थिएन । अमेरिकाबाट सुरु भएको यो कार्यक्रम गत वर्ष क्यानडा र युरोपमा विस्तार गरिएको थियो । तर, अब भने कम्पनीले यो कार्यक्रम विश्वव्यापी रुपमै अघि बढाएको हो । यसको उद्देश्य आफ्नो डिभाइसमा वारेन्टी सकिएपछिको मर्मतका लागि प्रयोगकर्तालाई सहजता होस् भन्ने हो

Breaking News, Mobile Phones, Tech News, देश, मुख्य समाचार, विश्व, समाचार  संग सबंधीत छ |

प्रदेश २ मा बढ्दै कोरोनाका सक्रिय संक्रमित

 Krishna Shrivastav

वीरगंज | प्रदेश २ मा  कोरोनाका सक्रिय संक्रमित बढ्दै छ |  पर्सा र बारामा बुधबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वीरगंजस्थित नारायणी अस्पताल प्रयोगशालामा गरिएको ३८ जनाको स्वाब परीक्षणमा पर्साका ६ र बाराका २ गरी ८ जनामा संक्रमण पुष्टि भएको डा. सरोजरोशन दासले जानकारी दिए। वीरगंजका ६ जना नै २० देखि ५१ वर्षभित्रका पुरुष हुन्। उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।नयाँ संक्रमित थपिएसँगै प्रदेश २ मा सक्रिय संक्रमितको संख्या ४१ पुगेको छ। समाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयका अनुसार सक्रिय संक्रमितमध्ये पर्सामा २४, बारामा ७, सर्लाही र सिरहामा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

प्रदेश नम्बर २ र बाग्मती प्रदेश स्तरीय नेपाली सेनाको भूतपूर्व सैनिक सम्मेलन-२०७७ सम्पन्न

 Krishna Shrivastav

वीरगंज । प्रदेश नम्बर २ र बाग्मती प्रदेश स्तरीय नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन २०७७ महोत्तरीमा सम्पन्न भएको छ ।सैनिक कल्याणकारी बोर्डको संयोजकत्व तथा नेपाली सेनाको व्यवस्थापनमा प्रदेश नं. २ र बाग्मती प्रदेशका भूतपूर्व सैनिक र निवृत्तभरणमा रहेका परिवारजनको सहभागितामामा कार्यक्रम सम्पन्न भएको हो । महोत्तरीको मध्य पूर्वी पृतना हे.क्वा.मा आयोजना भएको कार्यक्रमको नारा शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार-आत्म सम्मान तथा समृद्धिको आधार थियो । कार्यक्रम राष्ट्रिय गान, विरगति प्राप्त गर्नेहरुको सम्झनामा मौनधारण, कल्याणकारी बोर्डका कार्यकारी अधिकृतबाट स्वागत मन्तव्य तथा प्रधान सेनापतिबाट दीप प्रज्वलन गरी कार्यक्रमको सुरुवात भएको थियो । कार्यक्रममा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

महिला अधिकारको संरक्षणमा आयोगको भूमिका

 Krishna Shrivastav

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले महिला अधिकारको क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थामा आबद्ध महिला अधिकारकर्मीहरुसँग महिला अधिकारको अवस्था सम्बन्धमा छलफल गरेको छ ।आयोगको छैठौँ रणनीतिक योजना निर्माणको सन्दर्भमा आयोगले विभिन्न क्षेत्र र समुदायसँग छलफल तथा सुझावहरु लिने क्रममा आज महिलाको अधिकार संरक्षणमा आयोगबाट निर्माण भइरहेको रणनीतिक योजनामा समावेश गर्नुपर्ने विषयमा सुझाव लिने उद्देश्यले उक्त छलफलको आयोजना गरेको हो । छलफलको क्रममा अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाहरु तथा घरेलु कामदारको रुपमा कार्यरत महिलाहरुको अधिकार उपभोगको अवस्था, यौन हिंसामा परेका महिलाहरुको न्यायमा पहँुचका साथै जीवन सुरक्षाको अवस्था, जलवायु प्रदूषणले महिलाको प्रजनन् अधिकारमा

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

भारतको राजस्थानबाट धुलोसहितको प्रदूषित वायु नेपाल भित्रियो

 Krishna Shrivastav

वीरगंज | बुधबार बिहान आकाश खुलेपछि प्रदूषण घट्ने आशा पलाएको थियो तर अपराह्नतिरबाटै फेरि तुवाँलो बढेको छ । यो अवस्था अझै केही दिन रहने मौसमविद्ले जनाएका छन् । भारतको राजस्थानबाट धुलो सहितको प्रदूषित वायु नेपाल भित्रिसकेकाले बिहीबार देखि काठमाडौँसहित विभिन्न क्षेत्रको जनजीवन थप प्रभावित हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । डढेलो पूरै नियन्त्रणमा नआएकाले वायुमा धुलो र धुवाँ थपिने क्रम जारी छ ।मौसमविद् शान्ति कँडेलले भनिन्, “आज कम भयो भनेर खुसी हुने अवस्था देखिँदैन, बिहीबार देखि उस्तै गाढा प्रदूषणले आकाश ढाकिने छ ।” यो समाचार आजको गोरखापत्र दैनिकमा छ

Breaking News, देश, मुख्य समाचार, विश्व, समाचार  संग सबंधीत छ |

कोरोनाको हटस्पट बन्दै स्कुल र कलेज

 Krishna Shrivastav

वीरगंज | कोरोना भाइरस संक्रमणको हटस्पटका रुपमा स्कुल र कलेज देखिन थालेका छन् । पोखरा लामाचौरस्थित पश्चिमाञ्चल क्याम्पसमा हालै चार दिनमा ७० विद्यार्थीमा कोरोना देखिएको छ । इन्जिनियरिङको स्नातक तह पहिलो, दोस्रो र तेस्रो वर्षको परीक्षा स्थगित गरिएको छ । यस्तै, भक्तपुरस्थित वीरेन्द्र सैनिक आवासीय महाविद्यालयका १० विद्यार्थीलाई पनि कोरोना संक्रमण भएको छ । स्वास्थ्य सेवा विभागअन्तरगत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले सम्भावित हटस्पटका रुपमा विद्यालय पनि परेको बताए । ‘भक्तपुरमा पनि एक्कासि धेरै विद्यार्थीमा संक्रमण भएको केसहरु देखिएका छन् । ८–१० जना विद्यार्थीलाई कोरोना संक्रमण

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साको ३ सय २६ स्थानमा भारतीयले नेपाली भूमि प्रयोग गर्दै

 Krishna Shrivastav

वीरगंज |पर्साको ३ सय २६ स्थानमा भारतीयले नेपाली भूमि प्रयोग गर्दै छन् | वारिपारि खेत छन्, खोलानाला र बाटो मात्रै होइन कतिपय ठाउँ दशगजामै मान्छेले बसोबास गरेको झुप्रा पनि छन्। नेपाल–भारत सीमाका धेरै ठाउँमा दशगजा कहाँ छ भनेर पत्ता लगाउन नै गाह्रो पर्ने अवस्था छ । प्रदेश २ का आठवटै जिल्ला भारतसँग सीमा जोडिएका छन् । सशस्त्र प्रहरीले गरेको सर्वेक्षणका अनुसार प्रदेश २ का विभिन्न जिल्लाका ५ सय ४९ स्थानमा भारतीयले नेपाली भूमिमा बलमिचाइँ गरेका छन्। सप्तरीमा ११, सिरहा २९, धनुषा ३९, महोत्तरी २५, सर्लाही १ सय २, रौतहट ६,

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आज अप्रिल फुल्स डे : यसरी सुरु भयो मूर्ख बनाउने चलन

 Krishna Shrivastav

संसारभर १ अप्रिललाई मूर्ख बनाउने दिनका रुपमा मनाइन्छ । आजका दिन धेरैले एकअर्कालाई झुक्याउँछन् र जिस्क्याउँछन्, तर अन्य दिन जसरी मजाक गर्ने वा झुक्याउने व्यक्तिसँग आज कोही रिसाउँदैन । यही नै यस दिनको विशेषता हो । किंवदन्तीअनुसार प्राचिन युरोपमा नयाँ वर्ष १ अप्रिलमा मनाइन्थ्यो । १५८२ मा पोप ग्रेगोरी तेह्रौले १ जनवरीलाई नयाँ वर्ष मान्ने गरी नयाँ क्यालेन्डर जारी गरे । रोमका कतिपय मानिसले यस नयाँ क्यालेन्डर अपनाए । तर कतिपयलाई नयाँ वर्ष परिवर्तन भएको थाहै भएन र उनीहरु १ अप्रिललाई नै नयाँ वर्ष मनाउथ्ये । त्यसैले यस्ता मानिसलाई मूर्ख

Breaking News, देश, मुख्य समाचार, विश्व, समाचार  संग सबंधीत छ |

भारतको सितामढी पुर्‍याइएका महोत्तरीका किशोरी र बालिकालाई नेपाल ल्याइँदै

 Krishna Shrivastav

जनकपुर । महोत्तरीको भंगाहा नगरपालिकाबाट भातर पुर्याइएका ७ जना बालिका र किशोरीलाई भारतीय प्रहरीको सहयोगमा उद्धार गरिएको छ । घाँस काट्न जाँदा भारत पुर्याइएका ती बालिका तथा किशोरीहरु समाचार तयार गर्दासम्म नेपाल–भारत सिमानाको भिट्टामोडमा छन् । बिहारको सीतामढीमा फेला परेका उनीहरुलाई बुधवार राती नै नेपाल ल्याउन लागिएको सशस्त्र प्रहरी बल महोत्तरीका एसपी सुरेश सापकोटाले रातोपाटीलाई जानकारी दिए । भंगाहा नगरपालिका वडा नम्बर–८ धर्मपुरा घर भएका किशोरीहरुलाई अपरिचित महिलाले ललाई–फकाई सीतामढी पुर्याएका थिए । चउरमा घाँस काट्न जाँदा ती महिलाले ‘गायिका बनाइदिन्छु’ भनेर बम्बई लैजान खोजेको बताइएको छ । नेपाल ल्याउने

Breaking News, देश, मधेश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा हल्का बर्षा

 Krishna Shrivastav

काठमाडौं । बुधबार साँझ काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा हल्का बर्षा भएको छ । शुक्रबारदेखि बाक्लो तुवाँलोले ढाकेको उपत्यकामा बर्षा भएसँगै राहत महसुस गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकाका साथै प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा वर्षा भएको छ । मौसमविदहरुले बाक्लो तुवाँलो हट्न अझै केही दिन लाग्ने र त्यसका लागि बर्षा हुनुपर्ने बताउँदै आएका छन् ।


वैकल्पिक सरकार निर्माणबारे बाबुराम-उपेन्द्र र देउवाबीच भेटवार्ता

 Krishna Shrivastav

वीरगंज । वर्तमान राजनीतिक परिस्थितिबारे प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । जसपा संघीय परिषद अध्यक्ष भट्टराई र अध्यक्ष यादव देउवालाई भेट्न बुधबार बूढानीलकण्ठ पुगेका थिए । बूढानीलकण्ठ स्रोतका अनुसार भेटमा वर्तमान राजनीतिक परिस्थितिका विषयमा देउवा, भट्टराई र यादवबीच करिब एक घण्टा छलफल भएको थियो । मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवा र भट्टराईसँग छुट्टाछुट्टै भेटेपछि बुधबार उनीहरुबीच छलफल भएको हो । भेटमा वर्तमान केपी ओली नेतृत्वको सरकारको विकल्प दिने विषयमा देउवालाई अग्रसरताका लिन

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, समाचार  संग सबंधीत छ |

महोत्तरीमा अज्ञात समूहको गोली लागेर युवक घाइते

 Krishna Shrivastav

महोत्तरी । महोत्तरीको औरहीमा अज्ञात समुहको गोली लागेर एक युवक घाइते भएका छन् । औरहीको बैरियामा अज्ञात समूहले चलाएको गोली लागेर बर्दिवास नगरपालिका १ निवासी ३० बर्षीय रोशन कोइराला घाइते भएका छन् । उनलाई उपचारका लागि बर्दिबासस्थित जनसेवा हस्पिटलमा राखिएको र थप उपचारका लागि काठमाडौं लग्ने तयारी भईरहेको बर्दिवास नगरपालिका १ का वडाध्यक्ष चुडामणी पोखरेल (श्रृषि)ले जानकारी दिए । घाइते कोइरालाको अवस्था सामान्य रहेको र घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । ‘घाइतेको हातमा चोट लागेको छ, अवस्था सामान्य नै छ । घट्ना गौशाला इलाका क्षेत्रमा हो

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

वीरगञ्जको सिमाना सहज हुँदा स्वदेशी उद्योगीलाई असहज !

 Krishna Shrivastav

वीरगञ्ज ।वीरगञ्जको सिमाना सहज हुँदा स्वदेशी उद्योगीलाई असहज बढेको छ । कोरोना महामारीले थलिएको उद्योग व्यवसाय लयमा फर्किने क्रममा छ । महामारीमा चरम संकट सहेका अधिकांश उद्यम स्वाभाविक गतिमा अघि बढ्ने प्रयास गरिरहेकै बेला बन्दाबन्दीका बेला राम्रै आर्जन गरेका उद्योगका सञ्चालकलाई भने असहज भएको छ ।यस्ता उद्योगलाई अन्य उत्पादन र बजारले गति लिँदा समस्या भएको होइन, भारतसँगको सिमाना खुलेसँगै आफ्नो उत्पादनको विक्री घट्ने चिन्ताले सताएको हो । कोरोना संक्रमण नियन्त्रणका लागि भारतीय सीमा बन्द गरिँदा मौलाएका उद्योगका लागि अहिले बजार गुम्ने जोखिम बढेको छ । सरकारले कोरोना महामारी नियन्त्रणका लागि

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

विश्व बैंकको प्रक्षेपण : चालू आवमा सरकारी अनुमानभन्दा ४.३% बिन्दु कम आर्थिक वृद्धिदर

 Krishna Shrivastav

। चालू आर्थिक वर्ष (आव) २०७७/७८ मा सरकारले अनुमान गरेको भन्दा ४ दशमलव ३ प्रतिशत बिन्दु कम आर्थिक वृद्धिदर प्राप्त हुने प्रक्षेपण विश्व बैंकले गरेको छ ।साउथ एशिया इकोनोमिक फोकस : साउथ एशिया भ्याक्सिनेट्स रिपोर्ट सार्वजनिक गर्दै विश्व बैंकले उक्त प्रक्षेपण गरेको हो । सरकारले चालू आवमा ७ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि हुने दाबी गरे पनि विश्व बैंकको नयाँ रिपोर्टले चालू वर्षमा २ दशमलव ७ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको छ । २०२१ को जनवरी र २०२० को अक्टोबरको प्रक्षेपणमा विश्व बैंकले अहिले संशोधन गरेर सार्वजनिक गरेको प्रतिवेदनमा आगामी आवमा

Breaking News, देश, मुख्य समाचार, समाचार, स्वास्थ्य  संग सबंधीत छ |

केराउ, सुपारी, छोकडा र मरीच आयातका लागि व्यवसायीले तोकिएभन्दा अत्यधिक परिमाण माग

 Krishna Shrivastav

वीरगंज। परिमाणात्मक बन्देजसहित आयात खुला गरिएका केराउ, सुपारी, छोकडा र मरीच आयातका लागि व्यवसायीले तोकिएभन्दा अत्यधिक परिमाण माग गरेका छन् । सरकारले पूर्ण प्रतिबन्ध हटाएर परिमाणात्मक बन्देज लगाएपछि व्यवसायीले ठूलो परिमाणमा आयातको माग गर्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा निवेदन दिएका छन् । चालू आर्थिक वर्ष (आव) २०७७/७८ का लागि केराउ, सुपारी, छोकडा र मरीच आयातमा तोकिएको परिमाणभन्दा अधिक परिमाणको माग आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिए । तोकिएको परिमाणभन्दा माग बढी भएपछि यस वर्षका लागि छुट्ट्याइएको सबै कोटा वितरण हुने भएको छ

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

समाचार
News

अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

News

संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

News

सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

News

नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

News

कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न