भोलिदेखि नेपाली कामदारलाई ओमन प्रवेशमा रोक

 Krishna Shrivastav

काठमाडौं। कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि ओमन सरकारले नेपाललगायत अन्य देशका नागरिकलाई भोलिबाट अर्को निर्णय नहुन्जेलसम्म ओमन प्रवेशमा रोक लगाएको छ। “८ अप्रिल २०२१, बिहीबार मध्याह्न १२ बजेदेखि लागू हुने गरी ओमनी नागरिक तथा ओमनको आवासीय कार्डबाहकलाई मात्र प्रवेश खुला राख्दै विदेशी नागरिकलाई प्रतिबन्ध लगाएको छ,” ओमनस्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।


राति ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न मन्त्रालयको आग्रह, यी हुन् मन्त्रालयका १० बुँदे निर्णय

 Krishna Shrivastav

बीरगन्ज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रात्रिकालीन व्यवसायहरू ९ बजेपछि बन्द गर्न निर्देशन दिएको छ।देशभर कोभिड १९ सङ्क्रमणको जोखिम बढेको भन्दै मन्त्रालयले बुधवार विभिन्न १० बुँदे निर्देशन समेटिएको विज्ञप्ति जारी गर्दै रात्रिकालीन व्यवसायहरू रेष्टुरेष्ट, होटेल लगायत बन्द गर्न निर्देशन दिएको हो। त्यस्तै मन्त्रालयले ठुला सहरहरूमा एक हजार र साना सहरहरूमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित देखिएको खण्डमा आवागमनमा कडाइ गर्न निर्देशन समेत दिएको छ। घरबाहिर जाँदा अनिवार्यरुपमा मास्कको प्रयोग गर्न निर्देशन समेत दिइएको छ।   पछिल्लो २४ घण्टामा देश २ सय ९८  जना कोभिड सङ्क्रमित थपिएका छन्। दैनिक सङ्क्रमित

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

ओलीले विदेशी शक्तिसमक्ष ‘आत्मसमर्पण’ गरेको प्रचण्डको आरोप

 Krishna Shrivastav

काठमाडौँ | नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी शक्तिसामु ‘आत्मसमर्पण’ गरेको आरोप लगाएका छन् । सल्यानको सल्लीबजारमा बुधबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले ओलीले संसद् विघटन गरेर विदेशी शक्तिसमक्ष आत्मसर्पण गरेको आरोप लगाए । उनले प्रधानमन्त्री ओलीलाई रुसका अन्तिम कम्युनिस्ट प्रधानमन्त्री मिखाइल गोर्वाचोभ र जर्मनीका हिटलरसँग तुलना गर्दै ओली पनि सोही बाटोमा अघि बढेको टिप्पणी गरे । ‘विदेशी शक्तिको अगाडि आत्मसमर्पण गरेर देशलाई घात गर्नेहरू पनि देखिएका छन्,’ ओलीलाई लक्षित गर्दै प्रचण्डले भने, ‘गोर्वाचोभले कम्युनिस्ट पार्टी नै सकाए, हिटलरले आफूलाई

Breaking News, देश, मुख्य समाचार, राजनीति, समाचार  संग सबंधीत छ |

कोरोनाभाइरसबाट जोगिन विद्यालयमा सतर्कता अपनाउन निर्देशन 

 Krishna Shrivastav

वीरगंज | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट बच्न शैक्षिक संस्थाहरूमा उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। काठमाडौं, पोखरा लगायत शहरमा विद्यालय जाने उमेर समूह अधिक संक्रमित भएको भेटिएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो। शपिङ मल, नाचघर, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, मन्दिर लगायतका भीडभाड हुने धार्मिक क्षेत्रमा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने मन्त्रालयले बुधबार निर्णय गरेको सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।  “एन्टिजेन वा पीसीआर परीक्षण र कन्ट्याक्ट ट्रेसिङ बढाउन सम्बन्धित स्वास्थ्य कार्यालय र स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेका छौं,” डा. अधिकारीले भने। स्वास्थ्य मन्त्रालयले साना

Breaking News, देश, मुख्य समाचार, शिक्षा समाचार, समाचार  संग सबंधीत छ |

शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिन सरकारको ध्यानाकर्षण

 Krishna Shrivastav

वीरगंज । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले शैक्षिक प्रमाणपत्रका आधारमा शैक्षित तथा व्यवसायिक ऋण उपलब्ध गराउने सरकारको घोषणालाई कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको छ ।बुधबार अर्थमन्त्री विष्णु पौडेललाई १३ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै अनेरास्ववियुले बैंकका शाखाले न्यूनतम २० जना विद्यार्थीलाई सो प्रकृतिका ऋण उपलब्ध गराउन अनिवार्य व्यवस्था हुनुपर्ने माग समेत गरेको छ । त्यस्तै सो संगठनले सरकारी सेवा सुविधा र जागिरमा रहने सबैका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक सरकारी विद्यालयमा भर्ना गर्ने प्रबन्ध मिलाउन सरकार समक्ष माग गरेको छ । अनेरास्ववियुले आगामी बजेटका सन्दर्भमा शिक्षा क्षेत्रमा समेटिनुपर्ने विषयहरूलाई सुझावका रुपमा पेश

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, शिक्षा समाचार, समाचार  संग सबंधीत छ |

कोरोना संक्रमित बढ्दै, बुधबार ३३९ जनामा संक्रमण पुष्टि

 Krishna Shrivastav

वीरगंज । बुधबार थप ३३९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा चार हजार एक सय जनाको पीसीआर र एन्टिजेन्ट परीक्षण गर्दा ३३९ जनामा संक्रमण पुष्टि भएको हो । प्रवक्ता गौतमका अनुसार पीसीआर परीक्षणमा २९८ र एन्टिजेन विधिबाट ४१ जनामा संक्रमण पुष्टि भएको हो । अहिले देशभर दुई हजार २०१ जना संक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौं उपत्यकामध्ये काठमाडौंमा सबैभन्दा बढी १३२ जनामा संक्रमण देखिएको छ । ललितपुरमा २६ र भक्तपुरमा ५ जनामा संक्रमण पुष्टि

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

लगाउन थालियो चीनले अनुदानमा दिएको खोप ‘भेरोसेल’

 Krishna Shrivastav

काठमाडौँ | चीनले अनुदनमा दिएको कोरोना भाइरसविरुद्धको ८ लाख डोज खोप ‘भेरोसेल’ बुधबारदेखि लगाउन सुरु गरिएको छ ।यो चरणमा अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधि, फलफुल, तरकारी लगायतका व्यापारीले पनि खोप पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार यसअघि खोप लगाउन छुटेका अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई पनि यो खोप दिइने छ। खोप लगाउनका लागि मन्त्राललयले ७ जिल्लाका २३ स्थान तोकेको छ।काठमाडौँको निजामती कर्मचारी अस्पतालमा चिनियाँ खोप ।


दक्षिण एसियाका चार देशमा कोरोना संक्रमण तीव्र, भारतमा नयाँ रेकर्ड

 Krishna Shrivastav

बीरगन्ज । दक्षिण एसियाली देशहरूमा कोरोना संक्रमण फेरि तीव्र गतिमा फैलन थालेको छ । भारत, बंगलादेश र पाकिस्तानमा संक्रमणको दोस्रो लहर देखिएको छ भने नेपालमा पनि दोस्रो लहरको संकेत देखिएको छ । भुटान र अफगानिस्तानमा भने संक्रमण नियन्त्रणकै अवस्थामा छ । माल्दिभ्समा विगतमा भन्दा थोरै बढेको छ । भारतमा कोरोनाको दोस्रो लहर पहिलोभन्दा द्रुत रूपमा फैलिएको छ । महामारी सुरु भएयता भारतमा पहिलोपटक एकै दिन एक लाखभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । आइतबार एक लाख तीन हजार पाँच सय ५८ जनामा संक्रमण भएको पुष्टि भएको छ । कोरोना महामारी सुरु भएयता पहिलोपटक एकै दिन एक लाखभन्दा

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

आज पत्रकार महासंघको निर्वाचन : १३ हजार १२२ सदस्यले एकसाथ मतदान गर्दै

 Krishna Shrivastav

बीरगन्ज । ७७ जिल्लाको सम्बन्धित जिल्ला शाखामा, ४२ प्रतिष्ठानको विभिन्न १९ स्थानमा र एक एसोसियटको दशरथ रङ्गशालामा गरी कुल ९७ बुथमा निर्वाचन हुँदै  नेपाली सञ्चारकर्मीका लागि बहुप्रतिक्षीत नेपाल पत्रकार महासंघका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन आज एकसाथ हुँदैछ । पत्रकार महासंघ प्रत्यक्ष मतदान प्रणालीमा प्रवेश गरेपछि केन्द्रीय समितिको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीबाट हुन लागेको हो । महासंघको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि १३ हजार १२२ सदस्यले एकसाथ मतदान गर्दैछन् । बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदानको व्यवस्था

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

२४ घण्टामा ४२ वटा आगलागीका घटना

 Krishna Shrivastav

बीरगन्ज । गत २४ घण्टामा ४२ वटा आगलागीका घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार आगलागीमा परेर एकजनाले ज्यान गुमाए भने तीनजना घाइते भएका छन् भने ३७ वटा चौपाया जलेका छन्। आगलागीबाट ९९ लाख ४६ हजार ५०० क्षति भएको छ।


देशभर लागेको डढेलो नै वायु प्रदूषणको मुख्य कारक !

 Krishna Shrivastav

बीरगन्ज । विगतका वर्षहरु भन्दा यसबर्ष नेपालमा वायु प्रदूषण अत्यधिक बढेको वातावरण विभागले जनाएको छ । प्रदूषण बढेपछि काठमाडौँ संसारकै धेरै वायु प्रदूषण भएको शहरको सूचीमा पुनः पहिलो नम्बरमा परेको छ । नेपालमा १४ गुणा बढी डढेलो लागेको कारण प्रदूषण अत्यधिक बढेको विभागले जनाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार स्वास्थ्यको दृष्टिकोणले एयर क्वालिटी इन्डेक्स ५० भन्दा तल हुँदा मात्रै स्तरीय मानिन्छ । तर, यतिबेला नेपालको एयर क्वालिटी इन्डेक्स २ सय ६० भन्दा माथि छ । जुन वायु प्रदूषणको खतरनाक तह हो । गत महिनादेखिको तथ्याङ्क हेर्ने हो भने काठमाडौंमा वायुको गुणस्तर

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

प्रधानमन्त्रीको पत्रमा भाषाको दाहसंस्कार

 Krishna Shrivastav

बीरगन्ज ।अघिल्लो साता प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टीबाट ६ महिनाको निम्ति निलम्बन गर्नुभयो । नेता नेपाल र रावलको निलम्बन पत्रमा सही धस्काएपछि उहाँ दशरथ रंगशालामा जारी थ्री नेशन्स कपको फाइनल फुटबल खेल हेर्न रंगशाला पुग्नुभएको थियो । रंगशालामा खेलाडीहरूबाट ‘केपी बा,वी लभ यू’ को वाहवाही बटुल्नुभएका प्रधानमन्त्रीले त्यसअघि बालुवाटारमा तयार पारिएको निलम्बनपत्र नहेरी र रुजु नगरी सही धस्काउनुभएको स्वतः पुष्टि हुन्छ । देशको सर्वोच्च कार्यकारी प्रधानमन्त्रीमा रहनुभएका ओलीले चाहनुभएको अवस्थामा कुनै कुराको कमि होलाजस्तो देखिँदैन । तर,उहाँले हस्ताक्षर गर्नुभएको

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

वीरगञ्ज आयातनिर्यात र व्यापारको मात्र नभएर आर्थिक विकासकै प्रवेशद्वार

 Krishna Shrivastav

वीरगञ्ज । वीरगञ्ज आयातनिर्यात र व्यापारको मात्र नभएर आर्थिक विकासकै प्रवेशद्वार मानिएको क्षेत्र हो । यो क्षेत्र कुनै रणनीतिक योजनाका कारण अघि बढेको होइन, यसको भौगोलिक अवस्थितिले नै मुख्य नाका र औद्योगिक केन्द्र बनाएको हो । तर, सम्भाव्यता उपयोगमा सरोकारका पक्ष उदासीन देखिएका छन् । भौगोलिक विशिष्टता र सम्भावनाहरूले नै यो क्षेत्रलाई आर्थिक गतिविधिको आधारका रूपमा स्थापित गरेको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ता बताउँछन् । ‘औद्योगिक कच्चा पदार्थको सहज आपूर्ति, उत्पादनको आन्तरिक ढुवानीदेखि निकासीसम्म यहाँबाट सहज भएपछि वीरगञ्ज क्षेत्र औद्योगिक र व्यापारिक केन्द्र बन्न पुगेको हो,’ गुप्ताको भनाइ

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

व्यापार घाटा ८ खर्ब ६३ अर्ब

 Krishna Shrivastav

बीरगन्ज । गत फागुनसम्मको अवधिकमा कुल ९ खर्ब ४३ अर्ब ९८ करोड ८२ लाख ५० हजार रुपैयाँ बराबरको सामान आयात भएको छ । चालू आर्थिक वर्षको पहिलो ८ महिना अर्थात् साउनदेखि फागुनसम्ममा गतवर्षको तुलनामा २.१४ प्रतिशतले बढेर सामान आयात भएको हो । गतवर्षको सोही अवधिसम्ममा ९ खर्ब २४ अर्ब २४ करोड २६ लाख ३५ हजार रुपैयाँको आयात भएको थियो । आठ महिनामा निर्यात भने ७.८४ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार फागुनसम्ममा कुल ८० अर्ब ७७ करोड ८८ लाख ६१ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । गत वर्ष

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

आज बुधवार- २५ चैत्र २०७७ को राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज स्वादिष्ट भोजन पाईनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । शत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु नै उचित हुनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । मनमा दुविधा पनि उत्पन्न हुनसक्छ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ । व्यापार

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

शंकराचार्य गेटस्थित फ्लेग टावरको राष्ट्रिय झण्डा परिवर्तन सांसद् यादवको सक्रियता र पहलमा फ्लेग टावरको राष्ट्रिय झण्डा परिवर्तन

 Krishna Shrivastav

वीरगञ्ज, । नेपालको मूख्य प्रवेशद्वारको रुपमा चिनिने शंकराचार्य गेटमा अवस्थित फ्लाग टावरको नेपालको राष्ट्रिय झण्डा परिवर्तन गरिएको छ । यसअघि राखिएको राष्ट्रिय झण्डा खुल्ला स्थान र खराब मौसमका कारण च्यातिएपछि परिवर्तन गरिएको हो । पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवको संसदीय विकास कोष र तलव भत्ता वापत प्राप्त रकमबाट उक्त फ्लेग टावर गत साउन महिनामा स्थापना गरिएको थियो । नेपालमा पहिलो पटक अत्याधुनिक बत्ती जडान नेपालको राष्ट्रिय झण्डा सहित फ्लेग टावर स्थापना भएपछि स्थानीय खुसी भएका थिए । तर, सरोकारवाला निकायले ध्यान नदिँदा विगत केहि हफ्तादेखि

देश, मधेश, समाचार  संग सबंधीत छ |

पर्सामा १३ जना कोरोना संक्रमित पुष्टि

 Krishna Shrivastav

बीरगन्ज । बीरगन्जमा कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको छ । बीरगन्जस्थित नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणको क्रममा आज थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बीरगन्जकाे नारायणी अस्पतालमा ल्याइएको ३५ जनाको स्वाब परीक्षण गर्दा आज थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पताल बीरगन्जका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिनुभयो । संक्रमण पुष्टि हुनेहरूमा बीरगन्ज महानगरपालिका वडा नम्बर १३ मा २३, २५, २६, ३८ वर्षीय पुरुष, वडा नम्बर १० मा ३१ वर्षीय पुरुष, वडा नम्बर ६ मा २२, ४० वर्षीय पुरुष, वडा नम्बर ५ मा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

अन्तर्राष्ट्रिय नेपाली समाजको मलेसिया राष्ट्रिय ४५ सदस्य कार्यसमिति घोषणा तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न

 Krishna Shrivastav

मलेसिया । कृष्ण गुप्ता । अन्तर्राष्ट्रिय नेपाली समाजको मलेसिया राष्ट्रिय कार्यसमिति घोषणा तथा सपथ ग्रहण कार्यक्रम जुम भर्चुअल माध्यमबाट अप्रिल ४ तारिख सम्पन्न भएको छ । “जहिल्यै पनि नेपालका लागि, जहाँ पनि नेपालीको लागि” मुल नाराको लिएर स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली समाजको मलेसिया ४५ सदस्यीय राष्ट्रिय कार्यसमिति गठन भएको हो । अन्तर्राष्ट्रिय नेपाली समाज मलेसियाका कार्यसमितिमा मलेसियामा रहेका नेपाली कृयसिल १५ वटा भन्दा बढि संघसंस्थाका प्रतिनिधिहरु सम्मिलित समितिका अध्यक्ष राजु तामाङ, बरिष्ट उपाध्यक्ष समिर मल्ल, उपाध्यक्ष बिक्रम याक्खा, सोना मगर, हिरालाल दयाल, जगत दोङ तामाङ, पुर्ण लिम्बु, डेबिट घिमिरे, महासचिव

Breaking News, मुख्य समाचार, विश्व, समाचार  संग सबंधीत छ |

समाचार
News

अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

News

संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

News

सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

News

नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

News

कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न