धनुषा । धनुषामा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
धनुषाको हंसपुर नगरपालिका–२ ठन्काहास्थित शिधबाबा इँटा उद्योगमा काम गरी बस्ने सर्लाही बलरा नगरपालिका–४ घर भएका किसुन महतोकी २ वर्षीया छोरी पिंकी कुमारी महतोको इँटा भट्टा नजिकै खाल्डोमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ ।
खेल्ने क्रममा उक्त खाल्डोमा डुबेर अशक्त भएकी उनको स्थानीय मेडिकल तारापट्टीमामा उपचारको क्रममा मृत्यु भएको हो ।