वीरगंज । धनुषास्थित सीमा प्रहरी चौकी जटहीमा कार्यरत सई देवकी लाल घुससहित पक्राउ परेका छन् ।
जिल्लाको नगराइन नगरपालिका-२ जटहीस्थित एक पसलका संचालकसँग महिनावारी रूपमा रकम नदिए पसल संचालन गर्न नदिने भनी घुस/रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा उनलाई चार हजार रुपैयाँसहित अख्तियार अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।