वीरगंज । पर्साको वीरगञ्ज महानगरपालिका–१७ बाट प्रहरीले ४ जना जुवाडेलाई पक्राउ गरेको छ । गएराती वीरगञ्जको अलौमा कोडी खेलिरहेको अवस्थामा आरोपीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पक्राउ पर्नेमा २८ वर्षीय लक्ष्मी सहनी, ३० वर्षका अनिल प्रसाद शाह, ४० वर्षका मुकेश गुप्ता र ३९ वर्षीय जाकिर मिया छन् ।
आरोपीहरु विरगञ्ज–१७ का स्थानिय हुन् । जुवाखालबाट १ लाख १८ हजार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दिपक गिरीले बताए ।