वीरगंज । वीरगञ्ज रक्सौललाई जोड्ने मितेरी पुलमा ट्रकले किचेर एक भारतीय नागरिकको मृत्यु भएको छ ।
भारतबाट नुन बोकेर नेपालतर्फ आउँदै गरेको ना. ३ ख ९५९८ नम्बरको ट्रकले भारततर्फ पर्ने दशगजा क्षेत्रमा कच्दा भारतीय नागरिकको मृत्यु भएको हो । घटनास्थलमै ट्रकको टायरले किचिएर भारतीय नागरिकको मृत्यु भएको हो ।
ट्रकलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ भने ट्रकका चालक फरार रहेको वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्लले जानकारी दिए । मृतकको परिचय खुलीसकेको छैन । थप विवरण आउन बाँकी