• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रहरी समायोजन अनिश्चित

  • वीरगंज संजाल
  • १ आश्विन २०७८, शुक्रबार ०९:०८
  • ३११३

    वीरगन्ज । केन्द्र सरकारको अनिच्छाका कारण ढिलाइ भएको प्रहरी समायोजनको काम फेरि अन्योलमा परेको छ । नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) अध्यादेश, २०७८ निष्क्रिय भएसँगै समायोजनका कामसमेत रोकिएका छन् ।

    गत वर्ष असोजमा ल्याइएको सो अध्यादेशले केन्द्रीय राजधानीका तीन जिल्लालाई केन्द्रमातहत प्रहरी परिचालन गर्ने प्रावधान राखेपछि सोहीअनुसार संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेर दरबन्दी कायम गरेको थियो । अब अध्यादेश नै निष्क्रिय भएपछि उपत्यकाका तीन जिल्लासमेत प्रदेशमातहत हुने र नयाँ दरबन्दी संरचना नमिल्ने भएकाले समायोजनका काम रोकिने भएका छन् ।

    सरकारले गत वर्ष नै दरबन्दी तय गरी समायोजनको तयारी अघि बढाएको थियो । तर, प्रदेशलाई अधिकार दिन केन्द्र सरकार अनिच्छुक हुँदा यससम्बन्धी काम रोकिँदै आएको छ । अब गृहले अध्यादेशमा भएका प्रावधानअनुसारको विधेयक अघि बढाउने तयारी गरेको छ । छिटो गर्दा गृहकै अधिकार प्रदेशमा जाने भएकाले त्यसमा सरकारले चासो दिएको छैन ।

    जसकारण आगामी निर्वाचनअगाडि नै प्रहरी समायोजन हुने सम्भावना कमजोर रहेको गृह मन्त्रालय स्रोत बताउँछ ।
    यसअघि पनि राजनीतिक कारणले प्रहरी समायोजन रोकिएको थियो । गत पुसमा समायोजनको काम सुरु गर्ने तयारी अन्तिम चरणमा पुगेकोमा प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा भएपछि रोकिएको थियो । दोस्रोपटक प्रतिनिधिसभा विघटन भएपछि फेरि रोकिएकोमा अहिले कानुनी समस्या उत्पन्न भएको छ ।

    तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ र सामाजिक सुरक्षा अध्यादेशका प्रावधान भने समेटेर केही दिनमै विधेयक अघि बढाउने गृह मन्त्रालयको तयारी छ । तेजाबसम्बन्धी अध्यादेश निष्क्रिय हुँदा तेजाब आक्रमण गर्नेलाई सजाय कम हुने मात्र नभई आयात र बिक्री–वितरणसमेत प्रभावित हुने भएकाले विधेयक अघि बढाउन लागिएको छ । त्यस्तै, सामाजिक सुरक्षासम्बन्धी अध्यादेश रोकिँदा सामाजिक सुरक्षा भत्ता वितरण नै प्रभावित हुने अवस्था छ ।

    कुनै पनि अध्यादेश त्यसपछि सुरु संसद्को पहिलो बैठकमा पेस गर्नुपर्ने र त्यसको ६० दिनभित्र स्वीकृत नभएमा स्वतः निष्क्रिय हुने प्रावधान छ । सोहीअनुसार बिहीबारदेखि १० वटा अध्यादेश निष्क्रिय भएका छन् । संसद्मा दलहरूबीचको टकरावका कारण अत्यावश्यक प्रकृतिका अध्यादेशसमेत निष्क्रिय भएका हुन् । रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम
  • पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    News

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    News

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑