आज:
  • होमपेज / Breaking News

    खानेपानी तथा सरसफाइ नियमावली, २०८१ को कार्यान्वयन र भविष्यतर्फको कार्यदिशा सम्बन्धी अन्तरक्रिया कार्यक्रम

  • वीरगंज संजाल
  • १५ माघ २०८१, मंगलवार १८:०३
  • १२७३

    वीरगञ्ज । खानेपानी तथा सरसफाइ नियमावली, २०८१ को कार्यान्वयन र क्षेत्रगत लक्ष्य प्राप्तिका लागि आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल सरकारका जलस्रोत तथा सिचाई मन्त्री प्रदीप यादवले दातृ निकाय र विकास साझेदार संस्थाहरूसँग वाश क्षेत्रका लागि अधिकतम लगानी गर्न आग्रह गरेका छन्।

    मन्त्री यादवले कार्यक्रममा आफ्नो धारणा प्रस्तुत गर्दै भने, “नेपालको संविधानले स्वच्छ खानेपानी र सरसफाइको पहुँचलाई नागरिकको मौलिक हकको रूपमा सुनिश्चित गरेको छ। यसका आधारमा, २०७९ मा खानेपानी तथा सरसफाइ ऐन लागू भएको थियो र माघ १० गतेदेखि खानेपानी तथा सरसफाइ नियमावली पनि कार्यान्वयनमा आएको छ।”

    कार्यक्रममा उनले, खानेपानी तथा सरसफाइ क्षेत्रको बजेट घट्दो क्रममा रहेको र २०३० सम्म सबैको पहुँचमा स्वच्छ खानेपानी र सुरक्षित सरसफाइ पुर्याउने दीगो विकास लक्ष्य (SDG) नं. ६ प्राप्त गर्न चुनौतीपूर्ण रहेको उल्लेख गरे। उनले भने, “यसका लागि आवधिक योजनामा तोकिएका लक्ष्यहरू कहिल्यै पूर्ण रूपमा हासिल गर्न नसकिएको छ। २०८५/८६ सम्म पूरा गर्नुपर्ने सोह्रौं योजनाको लक्ष्य पनि चुनौतीपूर्ण छ, तर नेपाल सरकार यसका लागि लागिरहेकाछ।”

    मन्त्री यादवले दातृ निकाय र विकास साझेदारलाई वाश क्षेत्रमा उच्चतम लगानी गर्न आवश्यकताको महत्त्वपूर्ण सन्देश पनि दिएका छन्। “नेपाललाई २०७६ मा खुला दिसामुक्त राष्ट्र घोषणा गर्न हामी सबैले हातेमालो गरेका जस्तै, अब गुणस्तरीय खानेपानी र सुरक्षित सरसफाइको पहुँच पुर्याउन पनि त्यस्तै प्रतिबद्धता आवश्यक छ। यसका लागि नेपाल सरकार अभियानको नेतृत्व गर्न तयार छ,” उनले थपे।

    कार्यक्रममा संघ, प्रदेश र स्थानीय तहहरूको समन्वयलाई प्रभावकारी बनाउन र सबै नेपालीको घरघरमा स्वच्छ खानेपानी र सुरक्षित सरसफाइ पुर्याउने अभियान सफल बनाउन आवश्यक कदमहरू उठाइने बताए। यस उद्देश्यलाई पुरा गर्न दातृ निकाय र विकास साझेदार संस्था समेतको सहयोग अत्यन्त आवश्यक रहेको मन्त्री यादवले जोड दिए।

    यस कार्यक्रममा विकास साझेदार संस्थाहरूले आगामी वर्षहरूमा वाश क्षेत्रमा उच्चतम लगानीका लागि छलफल गर्न सन्देश पठाएका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑