• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रेस सेन्टर नेपाल २१ औँ वर्षमा, यस्तो छ इतिहास

  • वीरगंज संजाल
  • १५ माघ २०८१, मंगलवार ११:१३
  • ५९३

    वीरगंज | क्रान्तिकारी पत्रकारहरूको संस्था प्रेस सेन्टर नेपाल आजबाट २० वर्ष पूरा जरी २१ औँ वर्षमा प्रवेश गरेको छ । माओवादी जनयुद्धको क्रममा २०६१ साल माघ १५ गते स्थापना भएको अखिल नेपाल क्रान्तिकारी पत्रकार सङ्गठन विभिन्न आरोह अवरोह तथा सङ्गठनहरूबिच एकता, विभाजनका प्रक्रियाहरूपछि अहिले प्रेस सेन्टर नेपालको रूपमा क्रियाशील छ । प्रेस सेन्टर नेपालले स्थापना दिवसको अवसरमा देशव्यापी कार्यक्रमहरूसहित मनाउन लागेको छ ।

    सो अवसरमा सङ्घीय राजधानी काठमाडौँमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ भने विभिन्न जिल्लाहरूमा रक्तदान, अन्तरक्रिया, सहिद परिवार भेटघाट, सरसफाइ लगायतका गतिविधि र कार्यक्रमहरू आयोजना गरिएको केन्द्रीय महासचिव सन्तोष पौडेलले जानकारी दिए । उनले स्थापना दिवसकै सन्दर्भमा केन्द्रीय समिति बैठक आयोजना गरिएको पनि बताए । केन्द्रीय समिति बैठकले सङ्गठनको पाँचौँ राष्ट्रिय महाधिवेशनको बारेमा ठोस निर्णय र कार्यतालिका सार्वजनिक गर्ने पनि उनले बताए ।

    २०७३ असोज १३ र १४ गते काठमाडौँमा प्रेस सेन्टर नेपालको एकताको राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो । सङ्गठनका संयोजक गोविन्द आचार्यको अध्यक्षता र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा भएको एकताको महाधिवेशनले महेश्वर दाहालको अध्यक्षतामा ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्‍यो । उक्त महाधिवेशनलाई प्रेस सेन्टर नेपालको दोस्रो महाधिवेशन मानिएको छ ।

    २०७६ पुस १२ गते प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालको एकताको भेला भयो । दुई सङ्गठनको एकतापछि सङ्गठनको नाम प्रेस सङ्गठन नेपाल रह्यो । प्रेस सङ्गठन नेपालको एकताको प्रथम राष्ट्रिय भेलाबाट प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहालको संयोजकत्वमा २४९ सदस्यीय केन्द्रीय समिति र लेखा तथा अनुशासन आयोग गठन गर्‍यो । सङ्गठनको सहसंयोजकमा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत रहे ।

    प्रेस सङ्गठन नेपालको प्रथम एकता भेला प्रेस सेन्टरका अध्यक्ष दाहालको अध्यक्षतामा भएको र सो भेलाबाट दाहाल संयोजकमा चुनिएकोले उक्त भेलालाई प्रेस सेन्टर नेपालको तेस्रो महाधिवेशनको रूपमा लिइएको छ ।

    प्रेस सङ्गठन नेपालको गठन भएको एकवर्षपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ गते प्रतिनिधिसभाको विघटन गरे । उक्त विघटनलाई प्रेस सङ्गठन नेपालले असंवैधानिक र प्रतिगामी भएको ठहर गर्‍यो । र, प्रेस सङ्गठनले प्रतिगमनको विरुद्धमा सबै प्रकारको सङ्घर्ष गर्‍यो ।

    प्रेस सङ्गठनभित्रको सानो समूहले प्रतिनिधिसभा विघटनलाई सही भन्यो । सोही एजेन्डामा सङ्गठनका सहसंयोजक गणेश बस्नेतले आफ्नो संयोजकत्वमा सानो समूह लिएर प्रेस सङ्गठनको घोषणा गरे । र, उनले प्रेस सङ्गठनमा विभाजन ल्याए । सङ्गठनबाट बस्नेतसहित केही बाहिरिएपछि २०७७ फागुन ११ गते प्रेस सङ्गठन नेपालको केन्द्र, प्रदेश र जिल्लाका सबै समितिहरूको पुनर्गठन भयो ।

    २०७७ फागुन २३ गते सर्वोच्च अदालतले नेकपालाई भङ्ग गर्दै नेकपा (माओवादी केन्द्र) र नेकपा एमाले पुनस्र्थापित गरिदिएपछि प्रेस सङ्गठन नेपालको पुनर्गठित समितिमा रहेका तत्कालीन प्रेस चौतारी नेपालबाट एकतामा जोडिएकाहरू प्रेस सङ्गठन नेपालबाट अलग भए । नेकपा माओवादी केन्द्रको पुनर्स्थापना भएपछि पनि सङ्गठनको नाम प्रेस सङ्गठन नेपाल नै कायम गरेर सङ्गठनात्मक गतिविधि अगाडि बढ्यो ।

    सङ्गठनको महाधिवेशन तयारीका सम्बन्धमा प्रेस सङ्गठन नेपालको केन्द्रीय समितिको बैठक २०७८ असोज १६ गते काठमाडौँमा बस्यो । बैठकले सङ्गठनको केन्द्रीय समितिलाई चौथो महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्दै प्रेस सङ्गठन नेपालको नामलाई परिवर्तित गरी पुनः प्रेस सेन्टर नेपाल रहने गरी सङ्गठनको अन्तरिम विधान पारित गर्‍यो । महेश्वर दाहालको संयोजकत्वमा आयोजक समिति गठन गरियो ।

    सङ्गठनको चौथो महाधिवेशन २०७८ मङ्सिर १८ देखि १९ सम चितवनको भरतपुरमा सम्पन्न भयो । महाधिवेशनले विष्णु सापकोटा जुगलको नेतृत्वमा १ सय ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्‍यो । त्यसैगरी सङ्गठनको २०७९ साउन १३ र १४ गते काठमाडौँमा सम्पन्न दोस्रो पूर्ण बैठकबाट महासचिवमा सन्तोष पौडेल सहित १ वरिष्ठ उपाध्यक्ष, १९ उपाध्यक्ष, १० उपमहासचिव, २६ सचिव, १ कोषाध्यक्ष र एक सह कोषाध्यक्ष रहेको ६१ सदस्यीय पदाधिकारी चयन गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न
  • वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश
  • चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना
  • नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

    आईपीएलको उपाधि बेंगलुरुलाई

    मुद्दा मिलाइदिन्छु भनी एक लाख ७० हजार ठगी गर्ने पक्राउ

    कस्तो रहला आजको मौसम?

    मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनलका बिजेताहरु थाईल्याण्ड जाँदै

    जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छ:प्रधानमन्त्री ओली

    आज बुधबारको राशिफल

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

    आईपीएलको उपाधि बेंगलुरुलाई

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    News

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    News

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    News

    नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

    News

    आईपीएलको उपाधि बेंगलुरुलाई

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑