वीरगञ्ज । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र चीनको स्वशासित क्षेत्र तिब्बतका कार्यकारी उपाध्यक्ष चेन योङचिबीच महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ । उक्त भेटवार्तामा नेपाल र चीनबीचको आपसी सहयोगलाई अझ सुदृढ बनाउन विभिन्न विषयमा छलफल भएको छ ।
भेटमा मन्त्री गुप्ताले नेपालको विकासमा चीनको सहभागीता थप बढाउन आग्रह गरेका थिए । उनको यो आग्रहलाई कार्यकारी उपाध्यक्ष चेनले स्वीकार गर्दै कुटनीतिक तवरबाट ती विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मन्त्री गुप्ताले नेपाल र चीनबीच शताब्दियौँ पुरानो मित्रता र विकास साझेदारी रहेको चर्चा गर्दै नेपाल एक चीन सिद्धान्तप्रति दृढ रहेको उल्लेख गरे । साथै, नेपाली भूमि कुनै पनि रूपमा चीनको हितविरुद्ध प्रयोग हुन नदिने नेपालको प्रतिबद्धता पनि उनले दोहोरÞ्याए ।
कार्यकारी उपाध्यक्ष चेनले चीन नेपाललाई असल मित्र र विश्वासिला विकास साझेदारको रूपमा लिएको बताउँदै आगामी दिनमा चीनको सहभागितालाई अझ प्रभावकारी बनाउने कुरामा जोड दिए ।