आज:
  • होमपेज / Breaking News

    बारा प्रहरीद्वारा झन्डै ६७ लाख बराबरको अवैध सामानसहित ट्रक नियन्त्रण

  • वीरगंज संजाल
  • २५ माघ २०८१, शुक्रबार १७:४५
  • १२५७

    वीरगञ्ज । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराले अवैध रूपमा भन्सार छली गरी ल्याइएका करिब ६६ लाख ४७ हजार ९५० रुपैयाँ मूल्य बराबरका विभिन्न सामानसहित एक ट्रकलाई नियन्त्रणमा लिएको छ ।

    बारा प्रहरीका अनुसार, बिहीबार बिहान करिब पौने ७ बजे जीतपुर सिमरा उपमहानगरपालिका – १ पथलैया चोकमा प्रहरी चौकी पथलैयाबाट प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) रोशन अधिकारीको कमान्डमा खटिएको टोलीले गौरबाट काठमाडौँ जाँदै गरेको ना ८ ख ४५६३ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्दा बिल भरपाईभन्दा बढी र स्रोत खुलाउन नसकिएका करिब ६५ लाख २९ हजार ९५० रुपैयाँ मूल्यका कस्मेटिक, जुत्ता, कपडा, औषधि, हार्डवेयर लगायतका अन्य खुद्रा सामानहरू फेला पारेको थियो ।

    ट्रकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको छ ।

    त्यसै गरी, सोही दिन दिउँसो करिब डेढ बजे कलैया उपमहानगरपालिका – १० शनिचरा मठस्थित प्रहरी चौकी मटिअर्वाबाट प्रहरी हवलदार प्रितम पटेलको कमान्डमा खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ टाउकोमा बोकी ल्याउँदै गरेको करिब १ लाख १८ हजार रुपैयाँ मूल्य बराबरका कपडाहरू लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा फेला पारेको थियो ।

    गस्ती टोलीलाई देखेर सामान फालेर फरार भएकाले उक्त सामानहरू नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

    जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश सापकोटाका अनुसार, अवैध सामानहरूको ओसारपसार र भन्सार छलीको गतिविधि नियन्त्रण गर्न प्रहरीले सक्रिय रूपमा काम गरिरहेको छ ।

    डिएसपी सापकोटाले स्थानीय बासिन्दालाई यस्ता अवैध क्रियाकलापबारे जानकारी भएमा तुरुन्तै प्रहरीलाई सूचित गर्न आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑