वीरगञ्ज | वीरगञ्जस्थित नारायणी अस्पतालको फार्मेसी अधिकृत नियुक्तिमा राजनीतिक हस्तक्षेपको आरोप उठेको छ। लिखित र मौखिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने परीक्षार्थीलाई बेवास्ता गर्दै एक मन्त्रीका आफन्तलाई नियुक्त गरिएको दाबी गरिएको छ। श्रोतका अनुसार, रुचि कुमारी पर्साका एक मन्त्रीका साढुको छोरी हुनुहुन्छ र उहाँ यसअघि दुई महिना नारायणी अस्पतालमा करार सेवामा कार्यरत थिइन्। यद्यपि, यस नियुक्तिका लागि विशेष रूपमा रुचि कुमारीकै नाम खुलाइएको भन्ने दाबी पनि गरिएको छ।
मंसिर ७ र १० गते भएको परीक्षामा ११ जना परीक्षार्थी सहभागी थिए। तीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने परीक्षार्थीहरूले मन्त्री, मेसु (मेडिकल सुपरिटेन्डेन्ट) र विकास समितिको मिलेमतोमा नियुक्ति गरिएको भन्दै गुनासो गरेका छन्। एक परीक्षार्थीले भने, “यो सरासर अन्याय हो।”
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले भने, आरोपको खण्डन गर्दै सबै प्रक्रिया पूरा गरेर र समितिको सिफारिसमा नियुक्ति गरिएको जानकारी दिएका छन्। उनले थपे, “कसैमाथि विभेद नगरी समितिको निर्णयअनुसार नै नियुक्ति गरिएको हो।”
यस विवादले नारायणी अस्पतालको विश्वसनीयतामाथि प्रश्न उठाएको छ, र यस प्रकरणमा निष्पक्ष अनुसन्धानको माग गरिएको छ।