रौतहट । सिकेंद्र साह । रौतहटको परोहा नगरपालिका वडा नम्बर ९, रामपुर निवासी स्व. दसई लालले आफ्नो परिवारको भविष्य सुरक्षित गर्न हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा ५ लाख रुपैयाँको जीवन बीमा योजना लिएका थिए। खेतीपाती गर्दै जीवनयापन गर्ने दसई लालको दुर्भाग्यवश फाल्गुन २० गते सिचाइका क्रममा मोटरको तारबाट करेन्ट लागेर निधन भएको थियो।
उहाँको निधनपछि बीमा कम्पनीले उहाँकी श्रीमती सीता देवीलाई १५ लाख ७८ हजार ५०० रुपैयाँको बीमा दाबी रकम हस्तान्तरण गरेको छ। रकम हस्तान्तरण गौर शाखाका प्रमुख राहुल कुमार ठाकुर, मार्केटिङ म्यानेजर मदन कुमार शर्मा, बीमा अभिकर्ता, रौतहट नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष रविन्द्र साह र सञ्चारकर्मी सत्येन्द्र सिंहको उपस्थितिमा गरिएको थियो।
बीमा योजनाले स्व. दसई लालको परिवारको आर्थिक भविष्यलाई सुरक्षित गर्न ठूलो भूमिका खेलेको छ। यो घटना बीमाको महत्वलाई उजागर गर्दै अन्य व्यक्तिहरूलाई पनि प्रोत्साहित गर्ने उदाहरण बनेको छ।