वीरगंज । गौर भन्सार कार्यालय नजिकै नालामा एक युवकको शव फेला परेको छ। युवकको शव मंगलबार बिहान फेला परेको हो।
गौर नगरपालिका १ स्थित गौर भन्सार कार्यालयको छेउमा रहेको सुरक्षा चौकीको अगाडीको नालामा अन्दाजी २४/२५ वर्षीय युवकको शव फेला परेको हो ।
मदिरा सेवन गरेका कारण नालामा लडेर मृत्यु भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । शवलाई नाला बाहिर निकालेर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।