वीरगंज । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की उमेर हदका कारण अवकाश हुँदैछन् । उमेर हदका कारण उनले अवकाश लिने भएका हुन् ।
उनी असोज १६ गते स्वत: अवकाश हुँदै थिए । भाेलिबाट सर्वाेच्च अदालत बन्द हुँदैछ, साेहीकारण उनी आजै अवकाश हुँदैछन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा महाभियोग लागेर निलम्बनमा परेपछि गत फागुन १ गतेदेखि कार्कीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए ।
जबराविरुद्धको महाभियोग समयमै नटुंगिता कार्की कामुबाटै अवकास हुन लागेका हुन् । चोलेद्न शमशेर जबराको महाभियोग यसअघि नै टुंगो लागेको भए उनी केही समयका लागि भए पनि प्रधानन्यायाधीश भएर अवकाश लिन पाउने थिए । उनकाे बिदाइकाे कार्यक्रम आज दिउँसाे ३ बजे राखिएकाे छ ।