जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले धान दिवस मनाएको छ । ‘अन्नबाली जनकपुरधामको रखवाली’ भन्ने मूल नाराका साथ बुधबार जनकपुरधामस्थित नोचा पोखरीमा उपमहानगरपालिकाले धान दिवस मनाएको हो ।
दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले आगामी आर्थिक वर्षदेखि कृषि क्षेत्रलाई प्राथमिकता दिँदै उपमहानगरपालिकाले कृषि उत्पादन बढाउन विभिन्न कार्यक्रमहरु कार्यान्वयनमा ल्याउन लागेको जानकारी दिए ।
साथै कृषि उत्पादकत्व बढाउन माटो परिक्षण, जैविक मलको उत्पादनमा जोड, यान्त्रिकीकरण, सिचाईको सहज उपलब्धता र कृषि मिटरमा छुट, चौपाया गाईवस्तुमा अनुदान लगायतका कार्यक्रम ल्याउन लागेको मेयर साहले बताए ।
उपमहानगरपालिकाको कृषि शाखाद्वारा आयोजित सो कार्यक्रममा मेयर साह र प्रमुख प्रशासकीय अधिकृत उपाध्याय सहित वडा नम्बर १०, १५ र २० अध्यक्ष, उपमहानगरपालिकाका कर्मचारी सो क्षेत्रका एक दर्जनभन्दा बढी किसानहरुले धान रोपेका थिए ।