काठमाडौं । सरकारले नीति तथा कार्यक्रममार्फत नै नागरिकता विधेयक अघि बढाउने घोषणा गरेको छ ।
सरकारको आर्थिक वर्ष ०७९-८०को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्या भण्डारीले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा यस्तो घोषणा गरेकी हुन् ।
“नागरिकता विधेयकलाई सहमतिका आधारमा अघि बढाई कार्यान्वयन गरिनेछ,” सरकारको नीति तथा कार्यक्रममा भनिएको छ ।