वीरगञ्ज,९ जेठ । बाराको पचरौता नगरपालिकाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाजा बरामद गरेको छ । सशस्त्र प्रहरीले पचरौता नगरपालिका वडा नम्बर ९ बलधुसुवाबाट ६० केजी गाजा बरामद गरेको हो । विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट पचरौताबाट खटिएको सशस्त्र प्रहरीको टोलीले चार वटा पोकामा रहेको गाजा बरामद गरेको हो ।
चार जना व्याक्तिले गाजाको पोका टाउकोमा बोकर भारत तर्फ जादै गरेको अअवस्थामा सशस्त्र प्रहरीको गस्ती टोली पुग्दा गाजा फयाकेर ती व्याक्तिहरु फरार भएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गाजा इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।