औरही । महोत्तरीको औरही नगरापलिकामा झडप हुँदा केहिबेरका लागि मतदान स्थगीत गरिएको छ ।
औरही नगरपालिका वडा नम्बर ३ स्थित सोन्फी दशै माध्यमिक विद्यालय श्रीपुरको मतदान केन्द्रमा दुईपक्ष बिच झडप भएको हो ।
मतदान केन्द्र भित्र बाहिरको व्यक्तिहरु पसेर मतदातालाई धम्काएको भन्दै झडप भएको थियो । झडप हुँदा केहिबेर रोकिएको मतदान पुन: सुरु भएको स्थानीयले बताए ।