अनिल साह
वीरगञ्ज १० मंसिर । लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको क्रममा आज वीरगञ्ज महानगरपालिका वडा नं २६ सुगौलि विर्तामा सम्पन्न भएको छ । वीरगञ्ज महानगर वडा नं २६ को आयोजना तथा जिल्ला प्रहरीकार्यालय पर्सा र लैंगिक हिंसा नियन्त्रण संजाल समितीको समन्वयमा लैंगिक हिंसा घरबाट समाप्त गरौं भन्ने मुलनाराका साथ कार्यक्रम सम्पन्न भएको छ ।
वीरगञ्ज महानगर पालिकाको २६ का वडा अध्यक्ष सम्भु मिश्रको सभापतित्व तथा प्रमुख जिल्ला अधिकारी रमेश कुमार ढकालको प्रमुख अतिथ्यमा सम्पन्न भएको कार्यक्रममा बोल्दै अभियान्ताहरुले समाजमा हुनेगरेको महिला र पुरुष मात्र नभई बालबालिका वृद्ध वृद्धा लगायत समाजको हरेक क्षेत्रमा हिंसा बडदै गएको र यसको अन्तको लागी हरेक क्षेत्रमा १६ दिने यो अभियानको सम्बन्धी जानकारी हुन त्यतिनै आवश्यक हुनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा समाजमा देखा पर्ने लैंगिक हिंसा विरुद्ध जनचेतना मुलक नाटक प्रस्तुत गरीएको थिया । बाल विवाह तथा बहुविवाह, दाईजोप्रथा, आत्महत्या दुरुत्साहन, छुवाछुत, बोक्सी, कुरीती, जेष्ठनागरीक विरुद्ध हुने दुरव्यहार, साईबर अपराध, समाजिक संजालदुरुपयोग लगायतका सम्बनधी स्कुलका विद्यार्थी र स्थानिय द्धारा स्टेजनाटकहरु देखाइएको थियो । प्रदषर्ण गरीएको नाटकले उपस्थित स्थानियहरु निकैप्रभावित भएका थिए ।
सम्पन्न कार्यक्रमा पर्सा प्रहरी निरीक्षक रमेश कुमार बस्नेत, पोखरीया नगरपालिका उपमेयर सलमा खातुन , दलित महिला संघका पर्साका अध्यक्ष निला राम, आफन्त नेपाल पर्साका प्रतिनिधी कविता यादव, लगायत स्थानिय जनप्रतिनिधी समाजसेवीहरुको सहभागीता रहेको थियो ।