वीरगन्ज | बाराको महागढीमाई नगरपलिका वडा नम्बर १ बरियारपुर बजारमा आगलागी भएको छ । सोमबार बिहान १ः२० बजे उपेन्द्रकुमार गुप्ताको टायलले छाएको घरमा बिजुलीको तार सर्ट भई अचानक आगलागी भएको थियो आगलागी हुँदा दुई लाख ४० हजार मूल्य बराबरको क्षति भएको छ ।
आगलागीबाट उपेन्द्रसहित तीन जनाको पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । तीन वटै पसलमा गरी अन्दाजी दुई लाख ४० हजार मूल्य बराबरको समान जलेर नष्ट भएको अनुमान प्रहरीले गरेको छ ।