बीरगन्ज । नेपाली सेनाले पर्सा राष्ट्रिय निकुञ्ज भित्रबाट एक जनालाई १०३.९२ केजी गाँजासहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका–३ हाँडीखोला बस्ने २८ वर्षीय बुद्ध बहादुर व्लोन लामा रहेका छन् ।
पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको सिद्धिबक्स गठबाट निकुञ्ज प्रशासनका कर्मचारीसहित परिचालन भएको टोलीले उनलाई पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा निकुञ्ज भित्रको भैंसे खोलमा अवैध रुपमा गाँजा लैजादै गरेको अवस्थामा लामालाई सोमबार पक्राउ गरिएको नेपाली सेनाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ परेका लामालाई पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनलाई बुझाइएको सेनाले जनाएको छ ।