वीरगन्ज | बैंकिङ कसुर मुद्दामा तीस लाख जरिवाना पाएका व्यक्ति पक्राउ परेका छन्।महानगरीय अपराध महाशाखाले सिन्धुपाल्चोक घर भई कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ७ काँडाघारी बुने ३९ वर्षीय दीपक कार्कीलाई पक्राउ गरेको हो।
उच्च अदालत पाटनले गत फागुन १८ गते कार्कीलाई बैंकिङ कसुरको मुद्दामा तीस लाख रूपैयाँ जरिवाना र सात दिन कैद सजाय तोकेको थियो। तर उनी फरार थिए। प्रहरीले उनलाई खोजी गरी सोमबार पक्राउ गरेको महाशाखाले जनाएको छ। उनलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ।