वीरगन्ज । रक्त सञ्चार केन्द्र वीरगञ्जमा रगत अभाव लाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजन हुँदै छ। युवा वचन संस्थाद्वारा खुला रक्तदान र्यक्रमको आयोजना हुनलागेको छ। नेपाल रेडक्रस सोसाइटी पर्साद्वारा संचालित रक्त सञ्चार केन्द्र वीरगञ्जमा रगत अभाव भएको छ ।
कोरोनाका कारण बारा, पर्सामा रक्तदान कार्यक्रम प्रभावित भएको र अहिले निषेधाज्ञा जारी नरहेको कारण वीरगञ्ज सबैजसो निजी, सरकारी अस्पताल पूर्णरूपमा सञ्चालन भइसकेको अवस्थामा रगतको माग पनि बढेको छ ।
प्रमुख शर्माले रगतदान कार्यक्रमको संवेदनशीलता बुझेर पर्सा, बारा, रौतहट र सर्लाहीमा क्रियाशील सङ्घ, संस्थाहरूलाई रक्तदान कार्यक्रम आयोजना गरेर सघाउन आग्रह गरेका छन् ।
रक्त सञ्चार केन्द्र वीरगञ्जका प्रमुखले गरेको आग्रह लाई मधयनजर गर्दै युवा वचन संस्थाद्वारा खुला रक्तदान कार्यक्रमको आयोजना गर्नलागेको छ ।
युवा वचन संस्थाद्वारा हुने खुला रक्तदान कार्यक्रममा महिला रक्तदाताको लागि उपहारको समेत बेवास्ता मिलाइएको छ ।