वीरगन्ज । नेपाली चेलीहरु भारतको बिभिन्न शहरमा बेचिने क्रम रोकिएको छैन । पछिल्लो समय भारतको सीमावर्ती शहररुमा सञ्चालन भइरहेका अर्केष्ट्रा, मुजुरालगायत डान्सबारहरुमा पनि नेपाली चेलीहरु बेचिने क्रम तीब्र बनेको छ ।बिभिन्न प्रलोभनमा सीमा पारि पु¥याइएका चेलीहरु बेचिने क्रम तीब्र बनेपछि यसतर्फ बिभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले पनि निगरानी बढाउन थालेका छन् । यही क्रममा बीरगञ्जस्थित माइती नेपालले भारतीय शहरहरुबाट १ सय १० किशोरीको उद्दार गरेको छ ।
पछिल्लो समय उद्दार गरिएका दुई किशोरीहरुबाट नयाँ रहस्यहरु पनि पत्ता लागेको छ । गत मंगलबार झापाकी २० र १६ वर्षीय २ जना किशोरीहरुलाई भारतको छौडादानोबाट उद्दार गरिएको छ । माइती नेपाल, नेपाल प्रहरी एवं भारतीय प्रहरीको सहयोगमा बेचिकी ति दुई किशोरीलाई उद्दार गरेर माइती नेपालको संरक्षणमा राखिएको छ ।
सोही किशोरीहरुको बेचबिखनमा संलग्न आरोपमा पर्सा प्रहरीले दुई जनालाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेमा झापाकै विर्तामोड नगरपालिका – ९ की २० वर्षीया लक्ष्मी दास र सुनसरीको इटहरी उपमहानगरपालिका – १२ की १९ वर्षीया खुश्बु विश्वकर्मा रहेकी छिन् ।यी दुबै किशोरीहरुलाई बिक्री गर्नका लागि भारत पु¥याइएको थियो । दुईजना किशोरीलाई भारत बिहारको छौंडादानो भन्ने स्थानमा पु¥याई बेचबिखनको प्रयास भइरहेको प्राप्त सूचनाको आधारमा प्रहरीले मंगलबार भारतीय प्रहरीको सहयोग समन्वय गरी उनीहरुको उद्दार गरेको थियो ।
छौंडादानोमा पुगिसकेपछि मोबाइल फोन खोसेर एउटा कोठामा राखेर भारतकै अन्य स्थानमा पठाउने तयारी भइरहेको समयमा उनीहरुको उद्दार गरिएको थियो । उद्दार गरिएकाहरुबाट वेचविखनको नयाँ गन्तव्य सीमावर्ती शहरलाई नै बलाउन थालिएको रहस्य पनि खुलेको छ ।दलालहरुले जागिरको प्रलोभन देखाई अर्केष्ट्रा नाच, मुजुरा, डान्सबारमा बेचेर यौन व्यवसाय धेकेल्ने गरेका छन् । पूर्वी तराईका जिल्लादेखि एवं पहाडी क्षेत्रका गरीब, असहाय परिवारका किशोरीहरुलाई राम्रो जागिर लगाइदिने वहाना बनाएर नजिकका र चिनेजानेकाहरुले बेचविखन गर्ने क्रम बढेको छ ।
यसरी नै बेचिएकाहरुको उद्दार गर्ने क्रममा वीरगंज स्थित ‘माइती नेपाल’ले पछिल्लो समय १ सय १० जना किशोरीहरुको उद्दार गरेको छ । पर्सा लगायत नेपाल भारत सीमा क्षेत्र एवं भारतको विभिन्न शहरहरुमा अलपत्र परेका तथा मानव बेचबिखनको शिकार बनेकाहरुको उद्दार गरिएको हो । उद्दार गरिएकाहरु बढी जसो १२ वर्षदेखि २५ वर्ष उमेर समूहका छन् ।यो समाचार न्यूज२४ बाट साभार गरिएको छ।