वीरगन्ज ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, देशभर १४ हजार २४२ जनाको स्वाब परीक्षण गर्दा तीन हजार ३६५ जनामा कोरोना देखिएको हो।
जसमध्ये नौ हजार ५५५ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार ३३५ र चार हजार ६८७ जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार ३० जनामा कोरोना पुष्टि भएको छ।
त्यस्तै, आज कोरोनाबाट १६ जनाको मृत्यु भएको छ। बुधबार ३३ जनाको मृत्यु भएको थियो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार ८०७ पुगेको छ।पछिल्लो २४ घण्टामा देशभर एक हजार ३७३ जना निको भएका छन्। बुधबार एक हजार ९९३ जना निको भएका थिए।