लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस कार्यक्रम छपकैया-२ मा सम्पन्न
वीरगंज संजाल
१२ असार २०७८, शनिबार १६:३०
३५६९
बिरगंज । लागु औंषध दुरुपयोग ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस आज सम्पन्न भयो। समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ बिरगंज पर्साको आयोजनामा बिश्व अन्तर्राष्ट्रिय दिवस २६ जुन ( असार १२ गते ) मनाएको हो । बिश्व अन्तर्राष्ट्रिय दिवस हरेक बर्ष २६ जुन मा मनाउने भएकोले नेपालमा पनि यो दिवस असार १० गते देखि १२ गते ३ दिन सम्म मनाएको हो।
प्रहरी प्रधान कार्यालय लागु औंषध नियन्त्रण शाखा सिंहदरबाको च. न. ८४७ ( २०७८/०३/०३ ) गतेको पत्रादेशानुसार लागू औंषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस तीन दिन सम्म मनाउने कार्यक्रम रहेकोले सो सम्बन्धि अडियो , भिडियो र जनचेतना मुलक स्लोगन ( नाताहरु ) पर्चा , पम्पलेट बितरण समेत गरि मनाईएको थियो ।
सामुदायिक सेवा केन्द्र छपकैया-२ बिरगंज पर्साका अध्यक्ष हाजी श्री ग्यासुदिन ठकुराई ज्यू को अध्यक्षतामा आज शनिवार दिउसो १३:०० बजेको समयमा जिल्ला पर्सा बि.म.न.पा.वडा न. २ स्थित श्रीराम हल चौक देखि ईदगाह चौक सम्म पुगि लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस सम्बन्धि जनचेतनामुलक पर्चा पम्प्लेट वितरण कार्यक्रम सम्पन्न गरियो सो कार्यक्रममा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैयाका वरिष्ठ अउपाध्यक्ष मो. अब्दुल हक, कोषाध्यक्ष श्रीमति प्रेमा कुमारी सिंह, सचिव प्रविण विक्रम शाह, सदस्य जेयाउल हक समानी, अरुण कुमार गोयल, अजित कुमार भुजेल, टिका देवि प्रसाई, अब्दुल कैस मियाँ तेली, प्र.स.नि. सर्फलाल प्रसाद यादव र प्र.ज. राजकुमार तामाङ्ग लगायतको सहभागीता रहेको थियो ।