वीरगन्ज । प्रदेश २ को कोरोना संक्रमितको संख्यामा कमी आएको छ।प्रदेशको ८ जिल्लामध्ये ६ वटा जिल्लामा कोरोनाको सक्रिय संक्रमितको संख्या ५ सयभन्दा कम भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निर्देशक विजय झाले जानकारी दिए।प्रदेशमा हाल २ हजार ५ सय ३४ जना कोरोनाको सक्रिय संक्रमित छन्।जसमध्ये १ सय १ जना विभिन्न अस्पतालमा उपचाररत छन् भने २ हजार ४ सय ३३ जना होम आइसोलेसनमा छन्।
कोरोनाको दोस्रो लहरमा संक्रमण दर घटेपछि सप्तरी, सिरहा, धनुषा, रौतहट, बारा र पर्सामा कोरोना सक्रिय संक्रमितको संख्या ५ सयभन्दा कम भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। पर्सामा अहिले सबैभन्दा कमी कोरोनाको सक्रिय संक्रमित छन्।पर्सामा अहिले ६० जना कोरोनाको सक्रिय संक्रमित रहेकामा २० जना विभिन्न अस्पतालमा र ४० जना होम आइसोलेसनमा छन्।त्यस्तै, रौतहटमा ८५ जना कोरोना सक्रिय संक्रमित छन्। संक्रमितहरू होम आइसोलेसनमै रहेको स्वास्थ्य निर्देशनलय प्रदेश २ का निर्देशक झाले जानकारी दिए। सिरहामा १ सय ६५ जना कोरोना सक्रिय संक्रमित छन्। जसमा १ सय ५३ जना होम आइसोलेसनमा र १२ जना अस्पतालमा उपचाररत छन्।
बारामा २ सय १२ जना, सप्तरीमा २ सय ४३, धनुषामा २५८, सर्लाहीमा ७ सय १४ र महोत्तरीमा ७ सय ९७ जना कोरोना सक्रिय संक्रमित रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।यस प्रदेशमा हालसम्म ३६ हजार ८ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९ सय ८२ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक छ।