वीरगन्ज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणको आयोजनमा १ हप्ते विपद व्यवस्थापन सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ ।तराईमा वर्षायामको समयमा हुने डुबानलाई मध्यनजर गर्दै विपद्बाट बच्न गर्नुपर्ने उद्धारको बारेमा प्रशिक्षण दिइएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काको सभापतित्वमा सम्पन्न समापन समारोहलाई सम्बोधन गर्द वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले वीरगञ्जमा हुने डुबानबाट जोगिन प्रशिक्षण उपयोगी हुने विश्वास व्यक्त गरे ।
वर्षामा डुबानमा परेकाहरुको उद्धार कसरी गर्ने भन्ने विषयमा विपद व्यवस्थापन गुल्मलाई प्रशिक्षण दिएजस्तै अब आम नागरिकलाई पनि सिपमकुलक प्रशिक्षण दिनुपर्नेमा नगरप्रमुख सरावगीले जोड दिए ।
त्यसैगरी जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले विपद् बाजा बजाएर नआउने हुँदा पूर्व तयारीका लागि जिल्ला प्रशासन कार्यालय पनि तयार रहेको बताए । विगतका वर्षहरुमो हुन् धनजनको क्षतिलाई न्युनीकरण गर्नेतर्फ स्थानीय प्रशासन पनि सचेत रहेको घिमिरेको भनाई छ ।प्रशिक्षणको क्रममा गणकै परिसरमा रहेको पोखरिमा व्यावहारीक रुपमै अभ्यास गरेर देखाइएको थियो ।