वीरगन्ज । मनसुनी वायुको प्रभाव देशैभर रहेकाले शुक्रबार अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका अधिकांश स्थानमा वर्षा हुने महाशाखाको भनाइ छ । महाशाखाकाअनुसार प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ ।
आज राति पनि देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानमा राति पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले वर्षाको कारण नदीको बहाव बढेर बाढी आउने सम्भावना देखाउँदै सावधानी अपनाउन आग्रह गरेको छ ।