पर्सा । राजन बानिया । पर्साको पोखरिया नगरपालिकाको आर्थिक वर्ष ०७८/०८९ को पाचौं नगरसभा नीति तथा कार्यक्रम पोखरिया नगरपालिकाको सभा हलमा आज भएको पाँचौ नगरसभा लाई प्रमुख अतिथी को रुपमा रहेको जेस्टनागरिक महिला सदस्य रब्या खातुनले उद्घाटन गर्नु भएको थियोे । नगरसभा बाट ४६ करोड ३० लाख ८२ हजार बराबर को अनुमानीत बजेट नगर उपप्रमुख सलमा खातुन ले प्रसतुत गर्नु भएको थियोे । नगर सभा कार्यक्रममा पोखरिया नगरपालिका मेयर दिपनारायण रौनियारले जनताहरु सँग गरेको बाँचा अहिले पनि अधुरै नै रहेको छ। हामी हरु जनप्रतिनिधि भएर अाएको बेला देखि बिकास निर्माण लगायत को काम अाफु सके अनुसार बाकी छोडेका छैन। अझै बाकी रहेको काम छ महिना मा जनता हरुसँग गरिएको बचा पूरा गरिने बताए । उनले भने, ‘राजनीतिक खिचातानी का कारण पोखरिया नगरपालिकाको बिकासमा समस्या भए पनि संघर्ष गरि नगरपालिकाका जनप्रतिनिधिहरु एक जुट भएर अगाडि बढने नगर प्रमुख जनाएका छ।उनले जनप्रतिनिधि र कर्मचारीहरु वीच समन्वय गरि अगाडि बडेको ले अहिले हामी हरु धेरै नै बिकास निर्माण लगायत को काम अगाडि बढेका छौ।
पोखरिया जिल्लाकै दोस्रो सदरमुकामको रूपमा रहेको पोखरियाको समग्र विकासको लागि एकजुट भई अगाडि बढ्न आग्रह गरे। नगरसभाबाट कार्यक्रम बजेटमा पोखरिया नगरपालिकाको ४६ करोड ३० लाख ८२ हजारको बजेट नीति तथा कार्यक्रममा प्रस्तुत गरिएकोमा अान्तरिक स्रोत ५करोड । समानिकरण अनुदान ११ करोड ७५लाख । सशर्त १९करोड ८९ लाख ,राजस्व बाडफाड ७ करोड १५ लाख, प्रदेश सरकार बाट बितिय समानिकरण ८० लाख ४४ हजार ,विशेष अनुदान ३० लाख ,सम्पुर्क २० लाख,राजस्व बाडफाड ४० लाख ५२ लाख रहेको छ। नगर सभा कार्यक्रममा स्वास्थ्य , शिक्षा, कृषि , पशु , पर्यटन, भौतिक पुर्वधार विकासमा , महिला बालबालिका उत्वथान , ग्यास चुलो ,ग्यास सलेन्डर बितरण लगायत मा विशेष जोड नगर प्रमुख रौनियारले दिए ।
नगरसभा कार्यक्रममा नगर उपप्रमुख सलमा खातुनले नगरपालिकाको विकासमा सबै जनप्रतिनिधिहरु मिलेर अगाडि बढन आग्रह समेत गरिन । नगरपालिकाको प्रमुख प्रसाशकीय अधिकृत अशोक कोईराला जनताहरु को काम छिटो र छरितो हुने दाबी गरे । जनता हरुको कामकाजमा ढिलाई गर्ने कर्मचारीहरु लाई कार्वाही गर्ने बताए ।आउदो दिनमा जनप्रतिनिधिहरुको समन्वय र सहयोग भए पोखरिया नगरपालिको बिकासको गति लिने अधिकृत कोईराला ले बताए ।
नगरसभा कार्यक्रममा वडाध्यक्ष बंका राउत कुर्मी, सुरेन्द्र यादव, अजय कुमार गुप्ता, लक्षमण साह कानु, उमाकान्त साह, शियानन्द चौहान, नन्दलाल पटेल, किशोरी साह, रामबाबु चौहान, सोनालाल साह गोढ, नगरकार्यपालिकाका सदस्य, अधिकृत बिजय झा, स्वास्थ्य संयोजक कौसलेन्द्र झा, आईटी अफिसर अरबिन्द दुबेदी, संदिप साह, बैजनाथ चौधरी, राजु रौनियार, कर्मचारीहरु, पत्रकार, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो । नगरसभा कार्यक्रम पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियारको अध्यक्षतामा सम्पन्न भएको थियोे ,।कार्यक्रम नगरपालिकाको सह लेखापाल मनोज तिवारीले सञ्चालन गरेका थिए ।