वीरगञ्ज । प्रदेश नम्बर २ का जनता कारोना संक्रमण र निषेधज्ञाको कारणले समस्यामा भईरहेका छन । बेरोजगरी बढि रहेको छ भने प्रदेश सरकारले बजेट कार्यान्वयनको लागि जथाभावि रुपमा जनतामा करको बोझ थोपारिदै गएका छन ।
सवारी साधनको नविकरणमा सरकारले कर थपेको छ । हरेक सवारी सधानको नविकरणमा कर थपिएका छन । एका तिर पेटिलियम पदार्थमा भईरहेको मुल्यवृद्धिको कारणले जनतालाई समस्या भईरहेको छ भने अर्को तर्फ सरकारले सवारी सधानमा कर थपिदै गएका छन । यसले जनतालाई झनै समस्या हुने देखिएको छ ।
प्रदेश सभामा प्रस्तुत गरेको आर्थिक विधेयकमा सरकारले अधिकांस सवारी सधानमा कर थपरेका छन । करिब २ सय देखि ५ हजार सम्म कर थपेका छन । नयां थपिएका कर अनुसार १२५ सिसि सम्मको मोटरसाईकलको कर २७सय रुपैया,१२६ देखि १६० सिसि सम्मको मोटरसाईकलमा ४हजार ५सय,१६१ देखि २५० सिसि सम्मका लाई ६ हजार, २५१ देखि ४ सय सिसिसम्म १० हजार,४ सय १ देखि सो भन्दा माथिका सिसि १७ हजार निर्धारण गरिएको छ ।