वीरगञ्ज ।पहिलो पाइला नेपाल नामक संस्थाद्वारा पर्सा प्रहरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । पहिलो पाइला नेपाल नामक संस्थाले जिल्ला प्रहरी कार्यालय पर्सालाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ ।कोरोनाभाइरस महामारीको समयमा अग्रपंतिमा खटेर काम गरिरहेका सुरक्षाकर्मीको स्वास्थ्यलाई ध्यानमा राखेर जिल्ला प्रहरी कार्यालय पर्सालाई संस्थाले स्वास्थ्य सुरक्षा सामग्री जस्तै मास्क, पञ्जा, सेनीटाईजर लगायत सामग्री हस्तान्तरण गरेको हो ।
संस्थाका संयोजक निश्चल प्रजापतिको नेतृत्वमा बिहिबार गएको टोलिले जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिलाई १६ सय ५० थान मास्क, १ सय थान पञ्जा र १० लिटर सेनीटाईजर हस्तान्तरण गरेको हियो ।
हस्तान्तरण कार्यक्रममा संस्थाको तर्फबाट मधु प्रजापति, कृति श्रेष्ठ, रोहित कलवार, रोहित गुप्ता, सानु गुप्ता, काजल पटेल, राहुल राज भर्दन, एमडी जियाउल हक, राज साह र पुष्पा कुमारी लगायातको सहभागिता रहेको थियो ।